March 29 - 2024, Friday१५ चैत्र २०८०, बिहीबार

छेडागाडको प्रशासनिक केन्द्र चंखिला

राजेन्द्र कार्की । जाजरकोट

नगरपालिका घोषणा भएको पाँच बर्षपछि छेडागाडले नगरपालिकाको स्थायी प्रशासनिक केन्द्र पाएको छ । नगर सभाले छेडागाड ५ चंखिलालाई स्थायी प्रशासनिक केन्द्र बनाउने निर्णय गरेको हो ।

शनिवार बसेको नगरसभाको बैठकले सर्वसहमतिमा चंखिलामा प्रशासनिक केन्द्र बनाउने निर्णय गरेको नगरप्रमुख रत्नबहादुर खड्काले बताए । हाल छेडागाड नगरपालिका १२ मनाघाटबाट अस्थायी रुपमा प्रशासनिक कामकाज हुँदै आएको छ । प्रशासनिक केन्द्र तोक्न नसक्दा भौतिक संरचना समेत बन्न सकेका छैनन् ।

यस अघिका जनप्रतिनिधीले नगरपालिकाको प्रशासनिक केन्द्र समेत तोक्न नसकेर कार्यकाल विताएका थिए । यस अघिका जनप्रतिनिधीको असक्षमताका कारण प्रशासनिक केन्द्रको निर्णयमा विवाद भएको सिर्जना भएको थियो । प्रशासनिक केन्द्रको टुङ्गो नलाग्दा भौतिक संरचना नबनेको र भौतिक संरचनाको अभावमा भाडाका घरमा कामकाजमा असहजता भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत गंगबहादुर रोकायले बताए ।

अर्निणयको बन्दी भएर कार्यकाल सकेका जनप्रतिनिधीको दाँजोमा हालका जनप्रनिधिले कुुशलतापुर्वक सहमतिमा निर्णय गर्न सफल भएको नेपाली काँग्रेसका क्षेत्रिय सभापति जनकराज शर्माले बताए । उनले प्रशासनिक केन्द्रमा आवश्यक भौतिक संरचना निर्माणमा तदारुपता देखाउन जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad