लोकप्रिय कार्यक्रम सहित कुशेले ल्यायो ४९ करोडको बजेट

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटले कुशे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि लोकप्रिय कार्यक्रम सहित ४९ करोड १६ लाख रुपैयाको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष देविका सिंहले शुक्रवार गाउँ सभामा प्रस्तुत गरेको बजेटमा पुर्वाधार विकासमा जोड दिइएको छ । बजेटमा सडक यातायातको स्तरोन्नती, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाइ, पर्यटन र कृषिमा विशेष जोड दिईएको छ । त्यसैगरी एम्बुलेन्स खरीद तथा ब्यवस्थापनका लागि एक करोड बढी, डाक्टर पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति कोषका लागि १० लाख, गर्भवती महिला तथा किशोरीसँग उपाध्यक्ष कार्यक्रम १५ लाख रकम विनियोेजन गरिएको छ ।

गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतको अध्यक्षतामा बसेको गाँउ सभाले हालै निधन भएका वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्ती प्रति शोक प्रस्ताव पारित गरेको थियो । १२ औ गाँउ सभाको उद्घाटन समेत अध्यक्ष बस्नेतले गरेका थिए ।

बजेटमा वितिय समानिकरण तर्फ ९ करोड ४९ लाख, ससस्त्र अनुदान तर्फ चालु २३ करोड ३७ लाख, ससस्त्र अनुदान पुँजीगत तर्फ ७७ लाख, राजश्व बाडफाँड तर्फ १० करोड ६ लाख, प्रदेश सरकार बाट प्राप्त अनुदान वितिय समानिकरण ९३ लाख १९ हजार, ससस्त्र अनुदान, ५४ लाख ३० हजार ,बिशेष अनुदान ५८ लाख ८७ हजार,समपुरक अनुदान ९१ लाख, प्रदेश राजश्व बाडफाँड ५ लाख रहेको बताइएको छ । आन्तरिक राजश्व अनुमानित ११ लाख १५ हजार, गत बर्षको अनुमान, १५ लाख ६९ हजार रहेको छ ।

bhumi-sanrakshyan

व्यय तर्फको बजेट अन्तर्गत वडा कार्यालयहरुको वार्षिक चालु प्रकृतिका कर्मचारीको पारीश्रमीक खर्च १० करोड ६ लाख, ससस्त्र अनुदान तर्फको खर्च शिक्षकको तलव चालू र पुँजीगत गरि २४ करोड १२ लाख बजेट रहेको छ । विशेष अनुदान रु ५८ लाख ८७ हजार, समपुरक अनुदान ९१ लाख र ससस्त्र अनुदान रु २ करोड ५४ लाख ३० हजार रहेको छ ।

सार्वजनिक निमार्ण खर्च १० करोड ९४ लाख ३ हजार, आर्थिक विकास तर्फ ७९ लाख, कृषि विकास तर्फ २० लाख, पशुपक्षी विकास तर्फ १५ लाख ५० हजार , पर्यटन तर्फ १२ लाख ५० हजार, सहकारी तर्फ १० लाख, सिँचाइ तर्फ ७९ लाख, सामाजिक विकास तर्फ कुल ५ करोड ६ लाख १५ हजार, शिक्षातर्फ रु २ करोड ७७ लाख २५ हजार, गर्भवती महिला तथा किशोरीसँग उपाध्यक्ष कार्यक्रम १५ लाख विनियोजन गरिएको छ ।
त्यस्तै स्वास्थ्य कार्यक्रम संचालन २५ लाख, लैगिक समानता तथा सामाजिक समावेशीकरण तथा महिला विकास कार्यक्रम तर्फ २६ लाख ५० हजार, वालवालिका तर्फ वालविकास तथा अन्य कार्यक्रम सचालन गर्न २७ लाख ८६ हजार, जेष्ठ नागरिक सहकार्यक्रम तर्फ रु ५ लाख , अपाङगता भएका वालवालिकाका परिवारलाई स्वास्थ्य विमा र अपाङगता स्वास्थ्य शिविर कार्यक्रममा ३ लाख ५३ हजार, खानेपानी तथा सरसफाइ तर्फ १ करोड ८ लाख, संस्कृति प्रवर्दन तर्फ २३ लाख, खेलकुद तथा मनोरञ्जन तर्फ १० लाख, पूर्वधार विकास तर्फ ३ करोड ४० लाख २० हजार, जसमध्ये स्थानीय सडक तर्फ २ करोड ५४ लाख ५० हजार, पुल तथा झुलुङगे पुल तर्फ रु २० लाख ७० हजार, भवन तथा सवारी विकास तर्फ २५ लाख विनियोजन गरिएको छ ।

त्यसैगरी संचार तर्फ रु १० लाख, सडक मर्मत तर्फ रु २५ लाख, विद्युत तर्फ ३४ लाख ५२ हजार, वातावरण तथा विपत व्यवस्थापन तर्फ वन तथा विपत व्यवस्थापन तर्फ कुल ३२ लाख, विपत राहत तथा उद्यार कोषमा रु १५ लाख , वन संरक्षरण तर्फ रु ३ लाख ,ढल निकास तर्फ रु ९ लाख र दलित तथा विपन्न परिवारलाई सुधारिएको चुलो वितरण कार्यक्रम ५ लाख, संस्थागत विकास सेवा प्रवाह तथा सुसाशन तर्फ रु १ करोड ३७ लाख ६९ हजार, एम्वुलेन्स खरिदको सामान्य सेवामा रु १ करोड १७ लाख ६९ हजार, सुरक्षा व्यवस्थापन तर्फ रु १० लाख र अध्यक्ष छात्रबृति कोषका लागि रु १० लाख रकम विनियोजन गरिएको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya