जथाभावी सडक खन्दा वन विनाश वन कार्यालय मौन

lagu ausadhi biruddha abhiyan jajarkot

बद्रीपन्त
जाजरकोट २६, फागुन

जाजरकोटको नलगाड नगरपालिकाको विभिन्न स्थानमा खनिएका ग्रामीन सडकहरु अलपत्र अबस्थामा छन । ती सडकमा गाडि गुडुने त परैको कुरा मान्छे हिड्नै कठिन अबस्था रहेको छ ।

नलगाड ४ को पिपलचौर घुवारा कल्लेरी गुना पानी खन्नेरी औल बास्ठाना रातामाटा न्यौरेपानी भेरी खर्क कोठीगाउँ सम्मको सडकमा सडक डिभिजन, प्रदेश सरकारको तीन करोड बजेट खर्चमा खनिएको सडक अहिले मान्छे नै हिड्न नमिल्ने अबस्थामा रहेको छ । बाउसे खोला खोलेथाना माइकादर्का खाल्चौर माझगाउँ मान्चौर हदै थाप्ला सडकमा एक करोड रकम खर्च भइसकेको छ । यी दुइदेउँता थान हुदै मायाडाडा मछरपानी खन्टाकुरा जोड्ने भन्दै सडक खन्नथालेको छ । जथाभावी सडक निर्माण गर्दा सामुदायिक वनका सयौं रुख नष्ट भएका छन । यति धेरै क्षतिपुगेको छ कि झण्डै एउटा सामुदायिक वन नै सखाप भएजस्तो देखिएको छ,’ स्थानीय गोविन्द्र वलीले बताए । ‘हामीले बोल्यो भने केहीलाग्दैन । यसरी सडक खन्दा कोही केही नबोले पछि हामीले आवाज उठायौ तर कसैले पनि सुनुवाइ गरेनन्, वलीले गुनासो गरे । वनकार्यालयलाई पनिगुहारेका छौ तर सुनुवाइभएन ।

चार गाउँको केहिजंगल क्षेत्र भनेको मछरपानीको जंगलथियो यो पनि रहेन । नगरपालिकाको चरम लापरवाहीको कारण वनक्षेत्र सखाप भएको स्थानीय बंमबहादुर रावलले बताए । यो सडक खनेर कुनै कामछैन पैसा खानालाई मात्र सडक खन्ने काम भएको छ, उनले बताए । लालीगुँरास लगाएत हजारौ बोटविरुवा नष्ट भएका छन तर वन कार्यालय मौन छ, उनको भनाइ छ । जथाभावी सडक खन्दा वनविनास एकातीर भएको छ भने अर्कोतीर पानीका मुहान, सिँचाइकुलो मासिने क्रममात्र छैन सडक आसपासका बस्तीमा पहिरोको जोखिममा परेको छ । वातावरणीय प्रभावमूल्यांकननगरी जथाभावी सडक निर्माण गरिदा नियमनमा डिभिजन वनकार्यालयको र सडक डिभिजनको बेवास्ताले गर्दा वन क्षेत्र सखापभएको छ ।

जिल्लाको अधिकांश भागमा समस्या छ । जथाभावीसडक खन्दा डिभिजन वनकार्यालयले ध्यान नदिएको स्थानीयको आरोप छ । स्थानीयतह, प्रदेश सरकार र संघीय सरकारको वजेटमा खनेका सडक बिकास तीर भन्दा विनास तीर गएको देखिन्छ । संघीय, प्रदेश र स्थानीय सरकारले प्रारम्भिक वातावरणीय परीक्षण र त्यसको प्रभाव मूल्यांकन नगरी जथाभावी सडक खन्ने प्रवृत्तिले वन क्षेत्रमा क्षति पुगेको छ । नगर÷गाउपालिकाको सबै जसो वडामा सडक खन्ने काम तीव्र रूपमा चलिरहेको छ । ती बाटो खन्ने काममा प्रयोग भएका डोजर (एस्काभेटर) मा जनप्रतिनिधिको मिलोमतोमा कमिसन खाने माध्यम भएको छ । उनीहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नता देखिएको छ । प्राविधीकले सर्भे, डिजाईन नगर्दै मनोमानी ढंगले सडक खन्ने कामभएको छ । त्यस्तै सडक निर्माणमा जथाभावी डोजरको प्रयोग गर्दा वनविनास, बाढी पहिरोको जोखिम बढ्ने र वेरोजगारी सृजना भएको छ । जिल्ला भर सडक अन्दाधुन्ध खन्ने काम भइरहेको छ । स्थानीय तहमा खनेका सडक गाडी गुडाउनलाई नभै कमाउनलाई भएका छन । सडक सञ्जालले छुदै नछोएका ठाउमा पनि सडक निर्माण थालिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad