April 18 - 2024, Thursday६ बैशाख २०८१, बिहीबार

जाजरकोटका १५ जना उद्यमी सम्मानित

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटका १५ जना उद्यमी सम्मानित भएका छन् । सातौं राष्ट्रिय उद्योग दिवसको अवसर पारेर उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले जिल्लाका १५ जना उद्यमीलाई सम्मान गरेको हो ।

लामो समय देखि विभिन्न ब्यवसाय तथा उद्यम गरेर जिल्लाको आर्थिक विकासमा टेवा पुरयाएको भन्दै एक कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य कृष्णा शाहले उत्कृष्ट उद्यमीलाई खादा, कदरपत्र र नगद पुरस्कार प्रदान गर्नुभएको हो । प्रदेश सभा सदस्य शाहले आफ्नो उद्योग ब्यवसाय द्धारा जिल्लाको आर्थिक विकासमा टेवा पुरयाएकोमा उत्कृष्ट उद्यमी प्रति उच्च सम्मान प्रकट गर्नुभयो ।

कदर पत्र द्धारा सम्मानित हुनेहरुमा अमर फोटो स्टुडियोका अमर शाह, मालिका चाउमिन उद्योगका कमल चन्द, आरएलडी वेकरी उद्योगका कमल बुढाथोकी, विजयलक्ष्मी फर्निचर उद्योगका धिरेन्द्र पुन, नविना होजियारी उद्योगका सरीता टमटा, शिखर गार्मेन्ट उद्योगका शान्ता परियार, प्रकाश घडि रेडियो तथा मर्मत उद्योगका यमुना सुनार रहेका छन् । त्यस्तै सुप्रिया अल्मुनियम उद्योगका शुनिल सिंह, डाइमण्ड ब्युटिपार्लरका मधुमिता शाक्य, रुक्मेली आर.पी.मुस्कान टेलर्सका चन्द्रकला परियार, सविन टेलर्स कृष्ण बहादुर नेपाली, अमर फर्निचर उद्योगका अमर ब तिरुवा, विष्णु टेलर्सका विष्णु परियार र नविन फर्निचरका नविन न्यौपाने सम्मानित भएका छन् । २५ बर्षको ब्यवसाय पछि पहिलो पटक सम्मानित हुन पाउँदा निकै खुसी लागेको अमर फोटो स्टुडियोका अमर शाहले बताए । यो अवसर प्रदान गर्ने सम्बन्धित निकायलाई हार्दिक धन्यवाद दिन चाहन्छु । सम्मानले थप उर्जा र हौसला प्रदान गरेको छ उनले भने ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad