नगर सभा सदस्य मृत्यु भएपछि शोकमा प्रस्ताव पारित गदै नगरसभा एक दिन स्थगित

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट


भेरी नगरपालिकाका नगर सभा सदस्यको केही दिन अघि असामयिक निधन भएको शोकमा नगरसभा एक दिन स्थगित गरिएको छ । एक साता अघि भेरी नगरपालिका वडा नम्बर २ कि वडा सदस्य शसिला नेपालीको वडा स्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन भेरी नगरपालिका २ डिंगाबाट बाहुनथाना जाने क्रममा लडेर मृत्यु भएको थियो । वडा सदस्य तथा नगरसभा सदस्यको मृत्यु भएको हुँदा शोक प्रस्ताव पारित गदै नगरसभा स्थगित गरिएको भेरी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले बताए ।
विहिवार आगामी आवको निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिने कार्यक्रम रहेको घर्तीले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad