अदालत परिसरबाटै भागेका लागु औषध कारोवारी पुनः पक्राउ

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट जिल्ला अदालत परिसरबाट भागेका लागु औषध कारोवारमा संलग्न एक अभियुक्तलाई नेपाल प्रहरीले पुनः पक्राउ गरेको छ । अदालत परिसरबाट भागेर दौडी रहेका थुनुवा अभियुक्तलाई लखेटेरै प्रहरीले पुनः पक्राउ गरेको थियो । पुनः पक्राउ भएका थुनुवालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न थालेको छ ।

लागु औषध कारोवारमा पक्राउ परेका पश्चिमरुकुम चौरजहारी नगरपालिका–३ निबासी २२ बर्षिय लक्ष्मण राना भनिने सन्चित रानालाई प्रहरीले म्याद थप गर्न बुधबार जिल्ला अदालतमा लिएको थियो ।  अभियुक्त दुवैलाई पाँच दिनको म्याद दिएर अनुसन्धान गर्न आदेश दिएको छ । प्रहरी अनुसन्धान गर्न म्याद थप गरीरहेको अबस्थामा अदालत परिसरबाटै भागेका रानालाई प्रहरीले लखेटी–लखेटी एक किलोमिटर टाढा फुलबारी नजिकको जंगलबाट पक्राउ गरिएको प्रहरी निरिक्षक यमबहादुर मल्लले बताए । पुनः पक्राउ भएका रानालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षक मल्लले बताएका छन् ।


रानासंगै पश्चिम रुकुम चौरजहारी नगरपालिका–३ स्यालखोला निबासी २१ बर्षिय एङगेस बस्नेतलाई लागुऔषध नाईट्रोभेट (नाईट्रो जाम) को २ सय ९३ ट्याब्लेट सहित मंगलबार जाजरकोट भेरी नगरपालिका–११ मटेलाबाट पक्राउ गरेको प्रहरी निरिक्षक मल्लले जानकारी दिए । नेपालगंज देखि लु.६२ प.०६८५ नम्बरको मोटरसाईकलमा लागु औषध नाईट्रो जाम ल्याई जिल्ला जाजरकोट भेरी नगरपालिका वडा नं.११ मटेला बजार स्थित सडक खण्डमा उक्त मोटरसाईकल पार्किङ्ग गरी सोही नजिक भएको तप्त जैसीको घरमा तिलक्ष्मी गौतमले संचालन गर्दै आएको होटल भित्र गएको भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट प्रहरी निरीक्षक याम बहादुर मल्लको कमाण्डमा प्रहरी टोली खटी गई उक्त घर तथा निजहरु एङगेस बस्नेत, लक्ष्मण भन्ने संञ्चित राना र निजहरुले झोला खानतलासी गर्दा एङगेस बस्नेतले बोकेको झोला भित्र नाईट्रोभेट (नाईट्रो जाम) को प्रत्यक पत्तामा ३० वटाको ट्यावलेट रहेको १० वटा पत्ता जस मध्य एक पत्तामा २ (दुई) वटा र अर्को पत्तामा ५ (पाँच) वटा ट्यावलेट नरहेकोले जम्मा २९३ वटा ट्यावलेट रहेको र ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी लेखेको ५० एमजी को ९८ वडा पत्ता रहेको जसमध्य एउटा पत्तामा एक क्यापसुल नरहेको जम्मा ९७९ ट्यावलेट, निजको शरिर खान तलासी गर्दा भिभो कम्पनिको ९८१२८२६२२८ र ९८२९८०६२१६ नम्वर सिम सहितको मोबाईल र अगाडी तर्फको दाहिने खल्तीमा बिभिन्न दरको नेपाली नगद रुपैया १,०३०।–(एक हजार तिस रुपैया) र लक्ष्मण भन्ने सञ्चित रानाको शरिर खान तलासी गर्दा च्भमmष् कम्पनिको ९८१२४९२६०७ नम्वरको सिम सहितको मोबाईल, बिभिन्न दरका नेपाली रुपैया ७२००।– (सात हजार दुई सय) फेला पारी निजहरुले चलाई ल्याएको लु.६२ प.०६८५ नम्बरको मोटरसाईकल समेत फेला पारी बरामदी गरी निजहरुलाई पक्राउ गरी लागुऔषध नाईट्रोभेट (नाईट्रो जाम) को २ सय ९३ ट्याब्लेट सहित मंगबार पक्राउ भएका राना र बस्नेतलाई प्रहरी अनुसन्धानको म्याद थप गर्न बुधबार जिल्ला अदालतमा लिएका थियौं प्रहरी निरिक्षक मल्लले भने–‘आदलत परिसरबाटै भागेका रानालाई प्रहरीले पक्राउ गरिसकेको छ, अदालतमा पनि म्याद थप भईसकेको छ, अब प्रहरीले अनुसन्धान गर्छ, अनुसन्धान पश्चात कानुन अनुसार प्रहरीले अदालतमा मुद्धा दर्ता गर्छ ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad