March 29 - 2024, Friday१५ चैत्र २०८०, बिहीबार

जुनीचाँदेको बजेट ः स्वास्थ्य, शिक्षा, कृषि र पुर्वाधार मुख्य प्राथमिकतामा

प्रवाह संवाददाता । जाजरकोट

जाजरकोटको जुनिचाँदे गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि प्रस्तावित बजेटमा स्वास्थ्य, शिक्षा, कृषि र पुर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ । गाँउपाललिकाले ४४ करोड ९८ लाख २२ हजार २ सय ४० बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको पाँचौं गाउँ सभामा कार्यवाहक अध्यक्ष शिवा आर्चाय बस्नेतले उक्त बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तावित बजेटमा चालुतर्फ रु ८ करोड ८५ लाख ४४ हजार तथा पूँजीगततर्फ रु १० करोड ९५ लाख ७८ हजार २ सय ४० र समपुरक अनुदान २ करोड ६९ लाख बिशेष अनुदान २ करोड ३० लाख शसर्त अनुदान २० करोड १८ लाख बजेट विनियोजित गरिएको छ ।

 

गाउँपालिकाले मुख्य गरी स्वास्थ्य कृषि, शिक्षा, उद्यमशीलता र पूर्वाधारमा केन्द्रित बजेट ल्याएको कार्यबाहक अध्यक्ष बस्नेत बताईन । गाउँपालिकाले हालको विषम परिस्थितीलाई मध्य नजर गदै स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याईएको उनको भनाइ छ ।

विश्व भरी फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले निति तथा कार्यक्रममा समेटेर स्वास्थ्यलाइ बिशेष प्रथामिक्ताका साथ अगाडी बढेको कार्यबाहक अध्यक्ष बस्नेतलको भनाइ छ । गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा स्वास्थ्य कृषि र शिक्षा लाई मुख्य प्राथामिक्तामा राखेको छ । स्वास्थ्य शिक्षा कृषि र रोजगारमा हाम्रो सरोकार ,कोभिड १९ बिरुद्ध लड्ने हाम्रो साझा कार्यभार भन्ने मुलनाराका साथ पाँचौं गाउँ सभा सम्पन्न भएको थिायो ।

 

गाउँपालिकाले कृषि क्षेत्रको विकास गर्न उत्पादन र उत्पादकत्व बृद्धिका लागि एक वडा एक कृषि प्राविधिक परिचालन गर्ने भएको छ । गाउँपालिकाले बाजो जग्गा लाइ प्रयोग्मा ल्याउन,कृषि क्षेत्रलाइ आधुनिक करण गर्नको लागी यस्तो अभियान ल्याएको प्रमुख प्रशासकिय अधिकृत सर्वदल शाहीले जानकारी दिए ।

 

गाउँपालिका भित्रका सबै वडामा आ.व २०७७÷०७८ मा कृषि तथा पशु प्राबिधिक नियुक्ती गरी परिचालन गरिने भएको छ । यस्तै गाउँपालिकामा प्रचुर रुपमा रहेको बहुमुल्य रत्नपत्थर खानिहरुको उत्खन्न तथा प्रशोधनको लागि गाउँपालिकाले पहल गर्ने भएको छ ।
यसै विच गाँउ सभामा पत्रकार रेशम खड्का सम्मातित भएका छन् । पत्रकारिताको माध्यामबाट गाँउपालिकाको समृद्धि र विकासमा महत्वपुर्ण योगदान पुरयाएको भन्दै उनलाई समानित गरेको प्रमुख प्रशासकिय अधिकृत शाहीले बताए ।

 

बजेटको पुर्ण पाठ ः

 

आदरणीय गाउँसभाका सदस्य ज्यूहरु,

गाउँपालिका स्थित राजनीतिक दलका प्रमुख एंव प्रतिनिधि ज्यूहरु,

विविन्‍न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधि ज्यूहरु,

समाजसेवी, बुद्धिजीवि, शिक्षक, पत्रकार, उद्योगी, व्यापारी, जेष्ठ नागरिक, नागरिक समाज, यूवा, दलित तथा अल्प संख्यक, एकल महिला, शहिद परिवार, सुरक्षा निकायका प्रमुख लगाएतका उपस्थित आदरणीय सम्पूर्ण गाउँपालिका बासी दाजुभाई तथा दिदी बहिनीहरु,

म स्थानीय सरकारको कार्यवाहक अध्यक्षको हैसियतले कोरोना भाईरस कोभिड १९ महामारीको विषम परिस्थितिमा सम्मानित गाउँ सभामा यस आर्थिक बर्ष ०७७।०७८ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्न पाउदा अत्यन्त गौरवान्वित र खुसी भएको छु ।

खण्डः १ परिचय र समिक्षा

१.१ पृष्ठभुमी

  • जाजरकोट जिल्लाको पश्‍चिम उत्तरमा अवस्थित जुनीचाँदे गाउँपालिकाको समग्र विकास निर्माणसँग सन्‍निकट सम्बन्ध राख्‍ने आजको यस ऐतिहासिक एवं गरिमामय पाँचौ गाउँ सभामा कोरोना भाईरस (कोभिड-१९) महामारिको विषम परिस्थितिमा आगामी आर्थिक वर्ष ०७७।०७८ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न सबै जनसमुदायलाई समेट्ने अपेक्षा सहित उपस्थित भएको छु ।
  • यस ऐतिहासिक शुभ अवसरमा संघीय लोकतान्‍त्रिक गणतन्त्र स्थापना गर्न तथा जनताको मौलिक हक र अधिकार प्राप्‍तिको लागि भएको विभिन्‍न जनआन्दोलन र जनयुद्धमा आफ्नो जीवन बलिदान गर्नुहुने महान सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्‍जली अर्पण गर्न चाहान्छु । मुलुकमा राजनीतिक आर्थिक र सामाजिक रुपान्तरणका लागि स्वाभिमानी पूर्वक अनवरत क्रियाशील अग्रज व्यक्तित्व तथा परिवर्तनका लागि भएका संघर्षमा होमिएका घाईते अपाङ्ग योद्धा तथा सहिद परिवारप्रति उच्च सम्मान प्रकट गर्दछु ।
  • अतिक्रमित भूमि, कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपाल सरकारबाट जारी राजनीतिक र प्रशासनिक नक्सा मुलुकको निशाना छापमा अङ्कित गर्ने गरी संघीय संसदबाट नेपालको संविधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा राष्‍ट्रपतिबाट प्रमाणित भएको सुखद घडिमा स्वाभिमानी नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाईलाई ह्रदयदेखि वधाई ज्ञापन गदै संघीय संसद र नेपाल सरकार प्रति उच्च सम्मान सहित हार्दिक आभार व्यक्त गर्दछु ।
  • साविकका मजकोट, दह, कोर्ताङ्ग र गर्खाकोट गाउँ विकास समितिहरु समहित गरेर जुनीचाँदे गाउँपालिका घोषणा भएको हो । पूर्वमा कुशे गाउँपालिका, पश्‍चिममा दैलेख जिल्ला, उत्तरमा कालिकोट र जुम्ला जिल्ला दक्षिणमा छेडागाड नगरपालिकाको बिचमा अवस्थित प्राकृतिक सम्पदाहरुले भरिपूर्ण यस जुनीचाँदे गाउँपालकाको कुल जनसंख्या २१,७,३३ रहेको छ । ११ वडाहरुमा विभाजित गाउँपालिकाको कुल क्षेत्रफल ३४६.२१ वर्ग किलोमिटर रहेको छ । कृषि, उद्योग, जलश्रोत र खानीको प्रचुर सम्भावना बोकेको यस गाउँपालिकाको गरिमामय सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहान्छु।

स्थानीय सरकार यस गाउँपालिकाले गाउँबासीहरुको यावत चाहान र आवश्यकतालाई महशुस गरी क्रियाशिल हुनुपर्ने आजको परिप्रेक्ष्मा पक्‍कै पनि लामो अन्तराल पछि जननिर्वाचित प्रतिनिधि बहाल भएको तीन वर्ष पूरा भएको अवस्थामा आम सरोकारका विषयलाई संवोधन गर्ने क्रममा विश्‍वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड-१९ रोगका कारण विश्‍वले एकै पटक मानविय र आर्थिक संकट सामाना गर्नु परेको छ । स्वास्थ्य संकटबाट उत्पादन व्यापार तथा लगानी सम्मको श्रृखला प्रभावित भई विश्‍व अर्थतन्त्रमा संकुचन आउने स्पष्ट संकेत देखिएको छ । विश्व अर्थतन्‍त्र सँगको अन्तरआवद्धताको कारण  नेपालको अर्थतन्त्रका प्रमुख क्षेत्रहरुमा समेत गम्भिर प्रवाभ पर्न थाले सँगै जसको प्रवाव जुनीचाँदे गाउँपालिकामा परेको छ ।

  • मैले स्थानीय सरकाले तेस्रो वर्षको बजेट प्रस्तुत गरिरहदा कोरोनाबाट नागरिकहरुको जीवन रक्षा गर्ने र अर्थतन्त्रलाई गतिशिल बनाउने गहन जिम्मेवारी बोध गरेको छु । स्थानीय सरकारको उर्जावान जनशक्तिलाई पुँजीमा बदल्दै न्याय, सामाजिक रुपान्तरण सहित समृद्ध जुनीचाँदे निर्माणमा हाम्रो साझा लक्ष्य र भएता पनि जुनीचाँदे गाउँपालिका ठुलो भौगोलिक क्षेत्रफल भौगोलिक विकटता, जनताको स्थानीय सरकार प्रतिको बढ्दो आकांक्षा, उपलब्ध सीमित स्रोत साधनको बाबजुद कार्यापालिकाका सदस्यहरु, गाउँसभाका सदस्यहरु, श्रोत अनमान तथा बजेट सीमा निर्धारण समितिको मार्गदर्शन, बजेट तथा कार्यक्रम तर्जुमा गरी उपलब्ध स्रोतसाधन तथा कार्यक्रम तर्जुमा समितिको बैठकमा घनीभूत छलफल गरी उपलब्ध स्रोतसाधनको सबै क्षेत्र र वर्गलाई समेट्ने गरी बजेट विनियोजन गर्ने पर्यन्त गरेको छु।

भौगोलिक हिसाबले यो गाउँपालिका जाजरकोट जिल्लाको दुर्गम गाउँपालिका हो यसको सबै क्षेत्र ग्रामीण प्रकृतिको रहेको छ सिमित साधन, स्रोत र असिमित जनआकांक्षा र आवश्यकता बीच तालमेल मिलाई अधिकतम विकासको प्रतिफल विभिन्न क्षेत्र र वर्गका जनता बीच पुर्‍याउने कोशिस गरेका छौ । यस क्रममा लागत सहभागिता प्राप्त हुने, पछाडी पारिएका जेष्‍ठ नागरिक, महिला, आदिविसी जनजाति, दलित, बालबालिका,अपाङ्ग, शहिद तथा बेपत्ता परिवार आदिका क्षेत्रमा आर्थिक वर्ष २०७७/०७८ को बजेट विनियोजन गर्ने प्रयास गरेको छु । यस्तो अवस्थामा पनि स्थानीय तहको माध्यमबाट सम्भव भए सम्म प्रशासनिक तथा विकास निर्माणका कार्यहरु अगाडी बढाउनु पर्ने अवस्था छ। यस सन्दर्भमा प्रशासनिक काम कारवाहीलाई छिटो छरितो बनाउने प्रयास जारी रहेको छ।जुनीचाँदे गाउँपालिकाको समृद्धि र जुनीचाँदे बासीको सर्वोत्तम हितको लागि सहमति र सहकार्यको गन्तव्यमा एकाकार हुने संस्कृतिको अभ्यास गरिरहेका छौं । विगतका तीन वर्षको राम्रो र नराम्रो  अनुभवबाट मार्ग निर्देशित हुदै भोग, रोग, गरिवी र भौगोलिक विकटताबाट ग्रसित यस जुनीचाँदे गाउँपालिकाको समृद्धिको मार्गचित्रको रुपमा स्वाभीमानी जुनीचाँदे बासी सामु यो बजेट प्रस्तुत गरिरहँदा आजको गरिब गाउँपालिकाकालाई भोलीको समृद्ध गाउँपालिकामा रुपान्तरण गर्ने संकल्प बोध भईरहेको छ । पूर्वाधार विकास र समृद्धिको अतुलनीय सम्भावना बोकेको जुनीचाँदे गाउँपालिका विकासको दृष्टिले अन्य स्थानीय तहको तुलनामा पछाडी रहेको भएता पनि आर्थिक, सामाजिक, सांस्कृतिक पर्यावरणीय र भौगोलिक विविधताका साथै जल, जंगल, जमिन जडीबुटी तथा बहुमुल्य रत्‍न पत्थर जस्ता संम्भावित उत्पादको क्षमताको दृष्टिले उच्च स्थानमा रहेको छ ।

हामी यतिवेला ईतिहासमै अत्यन्त ठुलो चुनौतिको सामाना गर्न वाध्य छौ । सिमित स्रोत साधन असिमित आवश्यकता सम्बोधन गर्न वाध्य छ । कोरोना भाईरस कोभिड-१९ को कारण वैदेशिक रोजागरीको क्रममा भारत लगायतका अन्य मुलुकबाट नागरिकहरु आउने क्रम जारी रहेको छ । भोक, रोक, विकटता, विपन्‍नता र बेरोजगारीसँग जुधिरहहेको जुनीचाँदे गाउँपालिकामा रोजगारी सिर्जना गर्न हामीकहाँ चुनौतिका पर्खालहरु खडा भएका छन् ।

उर्जाशिल युवा जनशक्तिलाई सिपयुक्त र दक्ष बनाई कृषि, पर्यटन, उधोग तथा उत्पादनका विविध क्षेत्रमा उपयोग गर्न सके रोजगारी र स्वरोजगारीको अवस्था सिर्जना भई आत्मनिर्भर र समृद्ध गाउँपालिकाको रुपमा पहिचान कायम राख्न सफल हुन सक्ने देखिन्छ ।जलस्रोत र खनिज, जंगल, रत्‍न पत्थर जस्ता बहुमल्य प्राकृतिक, सम्पदाहरु यस गाउँपालिका भित्र हुनु थप अवसर र सौभाग्य हो। तर स्थानीय सरकार सञ्चालनको अभ्यासकै क्रममा केही चुनौतीहरु र समस्या रहेका छन् । जस्तोः- ठूलो भौगोलिक क्षेत्र, भौगोलिक विकटता, परनिर्भरता, जनशक्तिको अभाव, सेवा प्रवाह, विकास निर्माण गर्नुपर्ने गाउँपालिकाको संस्थागत र भौतिक पूर्वाधार विकास गर्नुपर्ने, कानूनी अपर्याप्तता साथै सरोकारवाला निकायहरुसंग समन्वय र सहयोग विस्तारगर्नुपर्ने आदि चुनौतिहरु हाम्रो सामु रहेका छन् । हामी सबै गाउँपालिका वासीहरुले समुन्नत र समृद्ध गाउँपालिकाको परिकल्पनाका साथ आ-आफ्नो क्षमता अनुसार योगदान र सहभागिताबाट यस्ता चुनौतीहरु पक्कै पनि समाधान हुनेछन् ।

गाउँवासीहरुको आवाज, प्राथमिकता र अधिकारलाई समुचित रुपमा विकास गर्न सकिएमा गाउँवासीहरु प्रतिको उत्तरदायित्वमा बढोत्तरी हुने कुरालाई मनन् गर्दछु । स्वास्थ्य, शिक्षा, कृषि  रोजगारीमा हाम्रो सरोकार कोभिड १९ विरुद्ध लड्ने हाम्रो साझा कार्यभार   भन्ने मुल मर्मको साथ गरिमामय सभा समक्ष संक्षिप्त रुपमा नीति, कार्यक्रम तथा अनुमानित बजेट प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

आदरणीय गाउँसभाका सदस्य ज्यूहरु,

चालू आ. व. २०७६।०७७ को वार्षिक नीति तथा कार्यक्रमको समीक्षा 

वितीय समानीकरणतर

आर्थिकक्षेत्र   

  • विश्वमा फैलिरहेको कोरोना भाईरस कोभिड-१९ को कारण विश्व अर्थतन्त्र नै प्रभावित भएको अवस्थामा जुनीचाँदे गाउँपालिकामा पनि विकास निर्माणका कार्यहरु केहि प्रभावित भएता पनि हामीले यस चालु आर्थिक वर्ष २०७६।०७७ आर्थिक विकास अन्तर्गत कृषि, पर्यटन र सहकारी तर्फ रु ६७ लाख ५० हजार विनियोजन भएकोमा खर्च जम्मा २१ लाख भएको छ जसमा ३२ प्रतिशत खर्च भएको छ ।

 सामाजिक क्षेत्र

  • सामाजिक विकास क्षेत्र अन्तर्गत शिक्षासँग, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति प्रवर्दन, खेलकुद तथा मनोरञ्जनसँग लैगिक समानता तथा समावेशीकरणको गरी कूल रकम रु ३ करोड ९० लाख विनियोजन भएकोमा खर्च रु २ करोड ३५ लाख खर्च भएको छ जसमा ६० प्रतिशत खर्च देखिन्छ ।

 पूर्वाधार क्षेत्र

  • पूर्वाधार विकास क्षेत्रमा चालु आर्थिक वर्षमा सडक, भवन, सिचाई, उर्जा र विस्तृत आयोजना प्रतिवेदन (DPR) गरी कूल रकम रु ८ करोड ८६ लाख विनियोजन भएकोमा हालसम्म रु ६ करोड ९७ लाख खर्च भएको छ जसमा ७८ प्रतिशत खर्च देखिन्छ ।

 वातावरण तथा वपिद व्यवस्थापन

  • वातावरण तथा विपद व्यवस्थापन क्षेत्रमा चालु आर्थिक वर्षमा विनियोजित रकम १९ लाख ५० हजार रकम बाट ४ वटा कार्यक्रमहरु सञ्चालन भएका छन् ।

संस्थागत विकाससेवा प्रवाह र सुशासन

चालु आर्थिक वर्ष मा विनियोजित रकम १ करोड ४९ लाख विनियोजन भएकोमा १ करोड १० लाख खर्च भएको छ  जसमा झण्डै ७३ प्रतिशत खर्च देखिएको छ

चालु खर्चतर्फ खर्त

  • चालु आर्थिक वर्ष मा विनियोत रकम ८ करोड ४२ लाख विनियोजन भएकामा हालसम्म ४ करोड ६० लाख खर्च भएको छ झण्डै जसमा ५५ प्रतिशत खर्च देखिन्छ ।

सशर्त कार्यक्रम अन्तर्गत खर्च

  • चालु आर्थिक वर्ष मा विनियोत रकम २३ करोड १४ लाख विनियोजन भएकामा १४ करोड ९० लाख खर्च भएको छ जसमा ६४ प्रतिशत खर्च भएको देखिन्छ ।

खण्ड२ आगामी आ.व.२०७७।०७८ को नीति, कार्यक्रम  तथा  बजेट

आदरणीय गाउँसभाका सदस्य ज्यूहरु,

.१ सोचलक्ष्यउद्देश्य र अपेक्षति उपलब्धी

सोंच

समृद्ध, प्रतिस्पर्धी र न्यायपूर्ण जुनीचाँदे गाउँपालिका निर्माण गर्ने गाउँपालिको सोच तय गरेका छौ सोचलाई जीवन व्यवहारमा रुपान्तरण गर्न लागि परेका छौ ।

लक्ष्य

वि.सं २०७९ सम्म सवै किसिमका आधारभूत पूर्वाधारहरुको विकास गरी नागरिकको मर्यादित जीवनयापनको प्रत्याभूति दिलाउने गाउँपालिकाको लक्ष्य रहको छ ।

म अब यस गाँउसभामा आर्थिक वर्ष २०७७।०७८ को बजेटका उद्देश्य र प्राथमिकताहरु प्रस्तुत गर्न चाहन्छु ।

उद्देश्यहरु

यस नीतिकार्यक्रम तथा बजेटका उद्देश्यहरु देहाय बमोजिम रहेका छन् ।

  • संक्रामक लगायतका सबै प्रकारका रोग र विपतबाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने ।
  • कोभिड-१९ को महामारीबाट जनताको जीवन रक्षा गरी जनजीवनलाई सुरक्षित र सहज बनाउने ।
  • दिगो शान्ति, समता, समृद्धि, आर्थिक, सामाजिक न्याय सहितको स्वाधीन र विकसित जुनीचाँदे निर्माण गर्ने।
  • खाद्यान्‍न सङ्कट हुन नदिन आधारभूत आवश्यकताका दैनिक उपभोग्य वस्तुको भण्डारण र सहज आपूर्तिको सुनिश्‍चितता गरी जनतालाई भोकमारीबाट बचाउने ।
  • नागरिकको मोलिक हकको रुपमा रहेको स्वास्थ्य तथा शिक्षा क्षेत्रको थप विकास, विस्तार र संस्थागत सुदृढीकरण गर्ने ।
  • कोरोना भाईरस रोकथाम तथा नियन्‍त्रणका लागि चालिएका कदमबाट टुटेको उत्पादन र आपूर्ति श्रङ्खलालाई पुनःस्थापना गर्दै कृषि, उद्योग र पर्यटन निर्माण लगायत प्रभावित व्यवसायको पुनरुत्थान गर्न बैदेशिक रोजगारीबाट फर्किएर आएका जुनीचाँदेबासीहरुलाई उत्पादनमूलक कार्यमा लगाउने ।
  • सभ्य र समतामूलक समाजको निर्माण गर्ने ।
  • सामाजिक पूर्वाधारको विकास तथा लोककल्याणकारी व्यवस्थाको प्रत्याभूत गर्ने ।
  • सहज जीवनयापन र समुन्‍नत गाउँपालिका निर्माण लागि आवश्यक सर्वसुलव आधुनिक भौतिक पूर्वाधारको विकास र विस्तार गर्ने ।
  • मानव अधिकार, मानवीय मर्यादा संरक्षण संवर्द्धन तथा सामाजिक न्यायको प्रवर्द्धन शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशिलता विकास, सामाजिक सुरक्षामा नागरिकको सहज पहुँच स्थापित गरी दक्ष जनशक्ति उत्पादन गरी प्रभावकारी रुपमा परिचालन गर्ने ।
  • बनजंगलको संरक्षण गरी हरियाली जुनीचाँदेका रुपमा विकास गर्ने ।
  • भौतिक पुर्वाधार विकासमा प्राथामिकता दिने ।
  • गाउँपालिकाको प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्ट्राचारमुक्त, उत्तरदायी र सहभागितामूलक वनाइनुका साथै भ्रष्टाचार नियन्त्रण, जनमुखी प्रशासन र सुशासनयूक्त गाँउपालिका वनाउने ।
  • उपलब्ध सवै किसिमको स्रोत साधन समुचित परिचालन र उपयोग गरी दिगो आर्थिक विकास न्यायोचित वितरण गाउँपालिकालाई आत्मनिर्भर, स्वतन्त्र र समृद्ध तथा उन्नतिशिल बनाउने ।
  • स्वस्थ र सन्तुलित पर्यावरण कायम गर्ने ।

अपेक्षति उपलब्धी

.२ वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा अवलम्बन गरिएका प्रमुख नीति तथा आधारहरु

यस गरिमामय सभामा पेश गरिएको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा नेपालको संविधान तथा प्रचलित कानून, स्थानीय आवश्यकता एवं विश्वव्यापी विकास तथा सभ्यताहरु कोरोनाबाट प्रभावित मामिलाहरुसमेतलाई आत्मसात गरिएको छ ।

..समग्र नीति तथा आधारहरु

  • नेपालको संविधान,
  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा विद्यमान ऐन, नियमहरु,
  • विश्वमा फैलिरहेको नोवेल कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि बनाएका आवश्यक कानूनहरु,
  • पन्धौ पञ्‍चवर्षिय योजना,
  • कर्णाली प्रदेशको प्रथम पञ्‍चवर्षिय योजना,
  • दिगो विकास लक्ष्यहरु,
  • संघीय तथा प्रादेशिक नीतिहरु,
  • संघीय तथा प्रादेशिक आवधिक योजनाहरु,
  • संघीय सरकारको नीति तथा कार्यक्रम, क्षेत्रगत, समष्टिगत नीतिहरु र बजेट वक्तव्य,
  • प्रदेश सरकारका नीति तथा कार्यक्रम र वजेट वक्तव्य,
  • वस्ती तथा टोलस्तरीय भेला, वडा समिति हुदै सहभागितामुलक योजना तर्जुमा प्रक्रियाद्धारा आएका आयोजना तथा कार्यक्रमहरु,
  • जुनीचाँदे गाउँपालिकाको क्षेत्रमा विद्यमान विकास सम्बन्धी अवसर तथा चुनौती र वस्तु स्थितिको अवस्थाको विश्लेषण,
  • राष्ट्रिय तथा प्रादेशिक सरकारका मार्गदर्शनहरु,

..क्षेत्रगत नीति तथा आधारहरु

आदरणीय गाउँसभाका सदस्य ज्यूहरु,

(क) आर्थिक क्षेत्र

कृषि, वन, पर्यटन, उद्योग  वाणिज्य लगायतका उतपादनको क्षेत्रमा कार्यक्रम तथा विनियोजन प्रतुत गर्ने अनुमति चाहान्छु ।

कृषि

  • नेपालको अर्थतन्त्रको भरपर्दो आधारको रुपमा रहेको कृषि क्षेत्रलाई कोरोना महामारीको कारण उत्पन्‍न भएको चुनौति र अवसरलाई सम्बोधन गर्न कृषिमा श्रम परिचालन, कृषि कार्यमा व्यवसायीकरण, यान्त्रिकरण, र आधुननिकिकरण गरी काम र रोजगारी सिर्जना गरिनेछ ।
  • कृषि क्षेत्रको विकास गरी उत्पादन र उत्पादकत्व बृद्धिका लागि प्रत्यक्ष रुपमा कृषकको घर खेतमा गई प्राविधिक परामर्श तथा कृषक सँग नियमित कृषि प्राविधिक भेटघाट कार्यक्रमको लागि एक वडा एक कृषि प्राविधिक कर्मचारीको बन्दोबस्ता मिलाउनेको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • विश्वमा नै फैलिरहेको महामारी कोरोना भाईरस कोभिड १९ बाट विशेष परिस्थिति सिर्जना भई लकडाउन गरिएका कारण कृषि उतपादन, खाद्यान्‍न वितरण र आपूर्ति समेत गम्भीर रुपले प्रभावित हुदाँ खाद्य सुरक्षामा पर्ने प्रतिकुल प्रभाव न्यूनिकरण गर्न बाँझो जग्गा, ऐलानी, प्रति जग्गा लगायतका सार्वजनिक जग्गाको समूचीत प्रयोग गर्दै कृषि कार्यक्रम सञ्‍चालनको लागि आवश्यक वजेटको व्यवस्था गरेको छु ।
  • कृषि सम्वन्धी तथ्यांक अध्यावधिक कार्यक्रम सञ्‍चालन गर्ने व्यवस्था मिलाएको छु ।
  • फलफूल दशक अन्तरगत स्थानीय तहमा उन्नत जाता (सुन्तला, कागति, जुनार )जस्ता बिरुवा रोपण अभियान कार्यक्रम (५०%) गाउँपालिकाले अनुदान दिई पकेट क्षेत्रको रुपमा विस्तारको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • स्थानीय स्तरमा उत्पादन हुने बस्तु जस्तैः धान, मकै, गहु, कोदो, भट्टमास, जौ, फापर, आलु र सिमि लगायतका रैथाने बालीको उपयोगमा प्राथामिकता दिई खेती योग्य जमिन बाझो नराखौ आफुले खेति गर्न नसके खेति गर्न सक्नेलाई दिउ भन्‍ने नारालाई आत्मसाथ गर्दै खेति नगरिएको उत्पादनशिल जमिन कृषि उत्पादनको लागि उपयोग गर्न कृषकलाई खेती गर्न प्रोत्साहन गरिनेछ ।
  • जुनीचाँदे गाउँपालिकाकामा यस आर्थिक वर्षभित्र उन्‍नत जातका फलफुल सुधार कार्यक्रमा विशेष प्राथामिकता दिइनेछ । उन्‍नत जातका ‌ओखर, सुन्तला, कागती, किवि, टिमुर र अलैचीजस्ता फलफुलका विरुवा खरिद गरी वितरण गर्ने व्यवस्था मिलाईनेछ ।
  • ऐन र नियमालीको निमार्णगरी कार्यान्वयन गरिनेछ ।
  • कृषिलाई दिगो, प्रतिस्पर्धी, आत्मनिर्भर बनाउन व्यवसायीकरण, आधुनिकीकरण, विविधिकरण र यान्त्रिकरणलाई जोड दिइनेछ ।
  • प्राङगरिक कृषिको माध्यमबाट स्वच्छ, स्वास्थ्य, पोषणपूक्त खाद्य र बहु उपयोगी कृषि उपजको उत्पादन वृद्धि गरी आय आर्जन र रोजगारी सृजना गर्दै समृद्ध जुनीचाँदे सुखी जुनिचाँदे बासीको प्रत्याभुति दिईने छ ।
  • लाभग्राहीहरुलाई अनुदानको व्यवस्था गर्ने र कृषि पेशालाई मर्यादित बनाइनेछ ।
  • अर्गानिक खेतीमा वृद्धिजुनीचाँदेको संवृद्धि भन्ने नारालाई साकार तुल्याउन रैथाने प्रजातिका कृषि बाली तथा पशुपन्छीको संरक्षण र प्रवर्धन गरिने छ ।
  • कृषि उत्पानलाई बढुवा दिन हावापानी सुहाउदो आवश्यक मल र बीऊ विजन खरिद गरी वितरण गर्ने आवश्यक व्यस्वस्था मिलाएको छु ।
  • अर्गानीक उत्पादन र उत्पादकत्व वृद्धिको लागि जुनीचाँदे अर्गानिक कृषि विषेश कार्यक्रमलाई प्राथामिकता दिएको छु ।
  • एक घर एक करेसाबारी कार्यक्रमलाई प्रभावकारी बनाउन जुनीचाँदे गाउँपालिकाको प्रत्येक वडाका घरहरुमा कार्यक्रम सञ्चालन गरी अध्यक्ष उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिनेछ ।
  • खाद्य सुरक्षा र खाद्य संप्रभुताको प्रत्याभूतिमा जोड दिईनेछ।

पशुपालन,

  • स्वच्छ एवं गुणस्तरीय पशुपन्छी जन्य उत्पादनका माध्यमबाट जुनीचाँदे गाउँपालिकालाई आत्मनिर्भर बनाउन कृषकलाई व्यावसायिक पशुपन्छीपालनमा आकर्षित गर्न नश्‍ल सुधार कार्यक्रमलाई प्रोत्साहन तथा घाँस खेती गरी चरीचरण क्षेत्र विकास तथा गुणस्तरीय पशु स्वास्थ्य सेवाको विस्तार गरिनेछ । उन्‍नत जातका घाँस र उन्‍नत जातका पशुपन्छी खरिद गरी वितरण गर्ने व्यवस्था मिलाएको छु ।
  • पशुपालन क्षेत्रको विकास गरी उत्पादन र उत्पादकत्व बृद्धिका लागि प्रत्यक्ष रुपमा कृषकको घर तथा फर्म गई प्राविधिक परामर्श तथा कृषक सँग नियमित पशु प्राविधिक भेटघाट कार्यक्रमको लागि एक वडा एक पशु प्राविधिक कर्मचारी बन्दोबस्त मिलाउको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • एक घर एक भैसी पालन गर्न किसानलाई प्रोत्साहन गरी, सुत्केरी भैसीलाई १६ सयका दरले प्रोत्साहन रकमको यस वर्ष पनि निरन्तरता दिन ब्यवस्था मिलाएको छु ।
  • लागत साझेदारीमा भेँडा संरक्षण कार्यक्रम तथा बाख्राको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु ।
  • पशुपन्छी उत्पादक कृषक, समुदाय, महिला समुह, सहकारी संस्था एवं नीजि उद्यमीहरूको प्रतिस्पर्धी क्षमता वृद्धिगर्दै पशुपन्छीको उत्पादन र उत्पादकत्व वृद्धि गर्न एकीकृत रूपमा प्राविधिक, वित्तीय तथा अन्य सेवा उपलब्ध गराउनका लागि आबश्यक बजेटको व्यबस्था गरेको छु ।
  • पशुपन्छी विवरण सम्वन्धी तथ्यांक अध्यावधिक कार्यक्रम सञ्‍चालन गर्ने व्यवस्था मिलाएको छु ।
  • एक गाउँ एक नमुना पकेट क्षेत्रका रुपमा (जस्तैःवाख्रापालन, भेडापालन, भैसीपालन, मौरी पालन, कुखुरापालन, माछापालन) पकेट क्षेत्र घोषणा गरी श्रोतकेन्द्रको रुपमा बिकास गरिने छु ।
  • पशुपन्छीपालन क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरणका लागि नीजि साझेदारीमा आधारित भेडा तथा बाख्रापालन पकेट क्षेत्र घोषणा गरी कार्यक्रम सञ्‍चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • उत्कृट पशुपन्छी पालन गर्ने कृषकलाई उत्कृष्ट उपाध्यक्ष पुरस्कारको ब्यबस्था गरेको छु ।
  • गाउँपालिकामा रहेका वेरोजगार युवाहरुलाई व्यावसायिक कृषि तथा पशुपालन पेशामा आकर्षित गर्नका लागि विशेष अनुदानको व्यवस्था गरिनेछ ।
  • पशुपन्छीबाट सर्न सक्ने रोगहरूको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन व्यापक जनचेतना अभिवृद्धिका साथै एक स्वास्थ्य अवधारणा अनुसार जनस्वास्थ्य संरक्षणका लागि आबश्यक कार्यक्रम संचालन गरिने ब्यबस्था मिलाएको छु ।

उद्योग

  • औद्योगिक क्षेत्रको विकासको लागि आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरिनेछ ।
  • लघु उद्यम बिकास कार्यक्रमको रणनीति कार्ययोजना निर्माण गरी कार्यन्वयनको लागि आवश्यक बजेटको ब्यवस्था गरेको छु ।
  • महिलाहरुलाई रोजगारीको सृजना गर्नको लागि गाउँपालिकाका सबै वडामा उद्यम शिलता बिकास तालिमको लागि आवश्यक बजेटको ब्यवस्था गरेको छु ।
  • लगानीमैत्री वातावरण सिर्जना गरिनेछ ।
  • सार्वजनिक, निजी र सहकारी साझेदारीमा जोड दिईनेछ ।
  • उद्यम विकासका लागि तालिमहरु सञ्चालन गरिनेछ ।
  • उद्यमशिलताको विकास गर्न आयमुलक रोजगारीका कार्यक्रम सञ्चालन गरी महिला, दलित, जनजाति आदिवासी, पछाडीपरेका जनसमुदायलाई लघु उद्यममा सहभागिता गराइनेछ । साथै गाउँपालिका भित्र रहेका महिला समुह, सहकारी मार्फत ब्यवसाय ऋणको ब्यवस्था मिलाएको छु ।
  • परम्परागत सिप र पेसालाई आधुनिकिकरण गर्नको लागि बिभिन्न सिपमुलक तालिमहरुको आयोजना गरिने ब्यबस्था मिलाएको छु ।
  • गाउँपालिकामा रहेका लघु उद्यमीहरुलाई थप स्तरोन्नती गर्नको लागि आवश्यकतामा आधारित प्रबिधि हस्तान्तरणका लागि आवश्यक बजेट बिनियोजन गरेको छु ।
  • गाउँपालिकामा रहेको बहुमुल्य रत्नपत्थर खानिहरुको उत्खन्न तथा प्रशोधनको लागि बिशेष पहल गरिनेछ ।
  • गाउँपालिका भित्र उद्योग सञ्चालन गरी रोजगार सृजना गरिने छ ।
  • फनिर्चर उद्योग, रत्न पत्थर प्रशोधन तथा कटिगं उद्योग, टिमुर तथा जडीबुटी संकलन तथा प्रशोधन उद्योग शुद्ध पिउने पानी उद्योग अर्गानिक मसला उद्योग, अल्लो प्रशोधन उद्योगहरुको सम्भाब्यता अध्ययन गरी सञ्चालन गर्न प्रदेश सरकार तथा केन्द्र सरकारसँग पहल गरिनेछ ।

वाणिज्य

  • कोभिड-१९ महामारीको कारणबाट हाल व्यापारलाई सहज रुपमा सञ्‍चालन गर्न आवश्यक पहल गरिनेछ ।
  • नयाँ उद्योग तथा नयाँ बजार बिस्तार सम्बन्धी अध्ययन अबलोकन गरिने छ ।
  • गाउँपालिका भित्र रहेका उद्यम ब्यवसायहरुलाई दर्ता तथा नविकरणको दायरा भित्र ल्याउन उद्योग बाणिज्य संघ संग समन्वय गरी अगाडी बढाईने छ ।
  • कर शिक्षा सम्बन्धी सेमिनार गोष्ठीको आयोजना गरिने छ ।
  • आपूर्तिलाई सहज बनाईनेछ र वस्तु विनिमयमा अनुगमन तथा उपभोक्ता हकको प्रत्याभूतिमा जोड दिईनेछ ।

 पर्यटन

  • जुनीचाँदे समृद्धिको आधारपर्यटनको विकास र भौतिक पूर्वाधार निर्माण भन्ने नाराका साथ गाउँपालिकामा रहेका मुख्य पर्यटकीय स्थल, जुनी बस्ती, चाँदे हिमाल, भैरी चाल्ले नागढुगां, देउराली पाथीभरा, मालिका भ्यू टावर, नदाईडाब लगायतका पर्यटकीय स्थलको सम्भाव्यता अध्ययन गरी संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरी पर्यटन प्रवर्द्धन गरिनेछ ।
  • पाथीभरा, मालिका भ्यू टावर विस्तृत आयोजना प्रतिवेदनको लागि आवश्यक बजेटको ब्यवस्था मिलाएको छु ।
  • गाउँपालिकाको भिडियो डकुमेन्टी निर्माण गरिने छ ।
  • गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नको लागि आवश्यक बजेटको ब्यवस्थापन गरिएको छ ।
  • जुनीचाँदे गाउँपालिकालाई एक मनोरम र आकर्षक गन्तव्य स्थलको रुपमा विकास गरिनेछ ।
  • देउराली बासुधारा पर्यटन पदमार्ग निर्माणको लागि आवश्यक बजेटको ब्यवस्थापनको लागि संघीय सरकार र प्रदेस सरकारसँग पहल गरिनेछ ।

कला सास्कृतिक

  • गाउँपालिका भित्र लोपोन्मुख परम्परागत खाँडो तथा पैसेरु नाचलाई ब्यवस्थित बनाईने छ ।
  • जुनिचाँदे गाउँपालिका भित्र खेलिने देउडा, मागल लगाएतका लोकसस्कृतिलाई संरक्षण गर्नको लागि प्रोत्साहन गरिने छ ।
  • गाउँपालिका भित्र हुने हरेक क्रियाकलापहरुलाई साँस्कृतिकको माध्यमबाट प्रस्तुतगर्न स्थानीय कलाकार निर्माण गरिने छ ।
  • गाउँपालिकाभित्र रहेका धामी झाक्रीहरुलाई अन्धविश्वास अन्त्य गर्न धामी झाक्री सम्मेलनको आयोजना गरी चेतनामुलक कार्यक्रम सञ्चालन गरिने छ 

सहकारी

  • गाउँपालिका भित्र रहेका सम्पूर्ण सहकारी सहकारी संस्थाहरुका पदाधिकारीहरुलाई क्षमता विकासको लागि तालिमको व्यवस्था गरिनेछ ।
  • गाउँपालिका सहकारी ऐन र नियमालीको निमार्ण भईसकेको हुदाँ प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ ।
  • गाउँपालिकामा रहेका महिला सहकारीहरुलाई क्रियाशिल बनाउन, बिशेष अनुदानको ब्यवस्था मिलाएको छु ।
  • गाउँ गाउँमा सहकारीघरघरमा रोजगारी को नारालाई सार्थक तुल्याउन प्रत्येक वडामा एक सहकारीको अवधारणा ल्याइनेछ ।
  • सहकारीहरुको साझेदारीमा स्थानीय तहमा आवश्यक कृषि, वन, वातावरण र भौतिक पुर्वाधारका निर्माण गर्न समेत आवश्यक पहल गरिनेछ ।

आदरणीय गाउँसभाका सदस्य ज्यूहरु,

(ख) सामाजिक विकास क्षेत्र

शिक्षा

  • विद्यालय निरीक्षण तथा अनुगमन कार्यलाई प्रभावकारी बनाई शैक्षिक गुणस्तर अभिवृद्धि गर्नको लागि यस गाउँपालिका अन्तर्गतका विद्यालयहरुबाट माध्यामिक तहमा कार्यरत स्थायी शिक्षकलाई स्रोत व्यक्तिको रुपमा काजमा ल्याउनको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • शून्य (०) दरवन्दी भएका कक्षा १ देखि ३ र एउटा शिक्षण सिकाई अनुदान कोटा/राहत अनुदान कोटा भएका कक्षा १ देखि ५ सम्म सञ्चालित र मा वि तहमा दरवन्दी नभएका विद्यालयहरुको अध्ययन अध्यापन कार्यलाई वालमैत्रीपूर्ण, व्यवस्थित, प्रभावकारी र गुणस्तरीय वनाउन यस गाउँपालिका स्रोतवाट उक्त विद्यालयहरुमा  १/१ वटा शिक्षण सिकाई अनुदान कोटा वितरण गर्न आवश्यक वजेटको व्यवस्था गरिएको छ ।
  • जुनीचाँदे गाउँपालिका भित्र रहेका विद्यालयहरुको भौगोलिक अवस्था र विद्यार्थी संख्यालाई मध्यनजर गरी कक्षा थपको अनुमति दिने व्यवस्था मिलाएको छु ।
  • जुनीचाँदे गाउँपालिकामा रहेका ८ वटा माध्यामिक विद्यालयहरुलाई ICT मैत्री बनाउन कम्प्यूटर शिक्षकको दरवन्दी सिर्जना शिक्षक नियुक्तिको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • यस गाउँपालिका अन्तर्गत खेलमैदान, भवन, शौचालय, खानेपानी, आई.सिटी. आदिको अवस्था कमजोर भएका विद्यालयहरुलाई प्राथमिकता क्रमको आधारमा आवश्यक वजेटको व्यवस्था गरी भौतिक सुविधा विस्तारका कार्यक्रम वितरण गरिनेछ ।
  • यस गाउँपालिका अन्तर्गत सञ्चालित ६१ वटा सामुदायिक विद्यालयहरुमा नेपाल सरकारले तोकेको रंगरोगन गर्ने कार्यका लागि विद्यालयहरुले अनिवार्य रुपमा रङ लगाउने व्यवस्था मिलाएको छु ।
  • विद्यालय र समुदायमा आधारित प्रारम्भिक बालविकास केन्द्रका बालबालिकाको सर्वाङ्गीण विकासमा टेवा पुयाउने खालका शैक्षिक सामग्री र वालमैत्रीपूर्ण कक्षाकोठा व्यवस्थापन गर्नको लागि आवश्यक वजेटको व्यवस्था  गरेको छु ।
  • विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोन भाइरस अर्थात कोभिड ­ १९ का कारण हालसम्म पनि विद्यालयहरु वन्द भई वालवालिकाको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारमा वाधा पुगेको र यस गाउँपालिकाको भौगलिक विकटता तथा सूचना सञ्चार प्रविधिको पहुँचको अभावको कारण भर्चुअल /अनलाईन/रेडियो जस्ता कक्षा सञ्चालनमा कठिनाई हुने भएकोले विद्यालयहरुलाई विहान बेलुका सिप्ट निर्धारण गरी कोर्स पुरा गर्ने सुनिश्चतताका लागि आवश्यक व्यवस्था मिलाएको छु ।
  • यस गाउँपालिका अन्तर्गत कक्षा १ देखि ३ र कक्षा १ देखि ५ सम्म सञ्चालित सामुदायिक विद्यालयहरुमा कार्यरत कार्यालय सहयोगीको पारिश्रमिक अत्यन्तै न्युन भएकोले प्रोत्साहन स्वरुप मासिक एक हजारको दरले बजेट व्यवस्था गरेको छु साथै वाल विकास शिक्षकहरुको प्रोत्साहन रकम रु २ हजारका दरले निरन्तरता दिनको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • जुनीचाँदे गाउँपालिका अन्तर्गत सञ्चालित सबै आधारभुत तथा माध्यमिक विद्यालयहरुमा भवन, फर्निचर, कक्षाकोठा, प्रयोगशाला, शौचालय, खानेपानी, पुस्तकालय, बुक कर्नर जस्ता भौतिक तथा शैक्षिक पूवार्धार पुरा गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • आधारभुत विद्यालय उमेर समुहका सवै वालवालिकालाई विद्यालय भर्ना गराई “वालवालिकालाई विद्यालयमा ल्याउ, सिकाउ र टिकाउ” भन्ने नारालाई मध्यनजर गर्दै शैक्षिक सत्रको सुरुमा भर्ना अभियान, वालवालिकालाई विद्यालयमा स्वागत जस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक वजेटको व्यवस्था गरिएको छु ।
  • शैक्षिक व्यवस्थापनको क्षमता अभिबृद्धि तथा संस्थागत विकासका निमित्त प्रधानाध्यापक शिक्षक, कर्मचारी एवं व्यवस्थापन समितिका पदाधिकारीहरुको क्षमता विकासका कार्यक्रमहरु तथा नियमित प्रअ तथा गाउ शिक्षा समितिको वैठक सञ्चालन गर्न आवश्यक वजेटको व्यवस्था गरेको छु ।
  • यस गाउँपालिका अन्तर्गत सवै विद्यालयमा कार्यरत प्रअ र शिक्षकहरुको कार्यसम्पादन सुचकको आधारमा बस्तुनिष्ठ मुल्याङ्कन गरी वर्ष उत्कृष्ट विद्यालय, वर्ष उत्कृष्ट प्रअ र वर्ष उत्कृष्ट शिक्षक रुपमा पुरस्कृत गर्न आवश्यक वजेटको व्यवस्था गरेको छु ।
  • यस गाउँपालिकामा SEE परीक्षालाई व्यवस्थित, मार्यादित र अनुशासित वनाउन विभिन्न संयन्त्र निर्माण गरिनेछ । SEE परीक्षा केन्द्र भएका विद्यालयहरुमा परीक्षा सञ्चालन खर्चको लागि आवश्यक वजेटको व्यवस्था गरेको छु ।
  • आधारभुत शिक्षा उत्तीर्ण परीक्षा (कक्षा­८) लाई व्यवस्थित, मार्यादित र अनुशासित वनाउनको लागि गाउँपालिका स्तरीय प्रश्न पत्र निर्माण, मोडरेशन, कपी परीक्षण, कपी ढुवानी, केन्द्राध्यक्ष तथा निरीक्षक नियुक्ति, केन्द्र व्यवस्थापन, अनुगमन तथा निरीक्षण आदि जस्ता कार्यका लागि आवश्यक पर्ने वजेटको व्यवस्था गरेको छु ।
  • कक्षा कोठालाई धुलो रहित वनाउन कक्षा १­३ सम्म कार्पेटिङको व्यवस्थाका साथै अन्य कक्षामा 3B[Bench, black board, book corner] को व्यवस्थापन गर्न आवश्यक वजेटको व्यवस्था गरिएको छ ।
  • गाउँ शिक्षा समितिको पुनःगठन गरी शिक्षासँग सम्बन्धित आवश्यक कानूनहरुको व्यवस्था गरिनेछ ।
  • तोकिएको न्यूनतम सिकाई उपलब्धी हासिल गराउन नसक्ने बिद्यालयहरुलाई गाउँपालिकाबाट दिइने अनुदानमा कटौती गर्ने नीतिको ब्यवस्था मिलाइने छ ।
  • बिद्यालय दिवा खाजालाई अर्गानिक तथा पोषणयुक्त खाद्यान्‍नलाई प्राथामिकतामा राखि सफा र स्वस्थ रुपमा खुवाउने ब्यबस्था मिलाएको छु ।
  • प्रत्येक मा.वि.हरुमा किशोरीहरुको लागि स्यानीटरी प्याडको लागि आवश्यक बजेटको ब्यबस्था गरेको छु ।
  • जुनीचाँदे गाउँपालिका वडा नं १० मा रहेको श्री माध्यमिक विद्यालय सिर्पाचौरमा प्राविधिक शिक्षालयको लागि शिक्षण सिकाई अनुदानको लागि १० लाख बजेटको व्यवस्था मिलाएको छु ।

 स्वास्थ्य

  • विश्‍व महामारीको रुपमा फैलिएको कारोना भाईरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रण र उपचार सम्बन्धी संघीय सरकार र प्रदेश सरकारसँग समन्वय र सहकार्य गरी प्रभावकारी रुपमा सेवा सञ्‍चालन गरिनेछ ।
  • कोरोना भाईरस कोभिड-१९ को महामारीका वीचमा भारत लगायतका विदेश र देशको विभिन्‍न स्थानमा जुनीचाँदे बाहिरबाट कठिनाईपूर्वक आएका नागरिकहरुलाई सुरक्षित साथ घरसम्म पुर्‍याउनु व्यवस्था मिलाईने छ र वाहिरबाट आएका नागरिकहरुलाई सुरक्षित साथ राख्‍न क्वारेन्टाईनको उचित व्यवस्थापन गरिनेछ ।
  • कोभिड-१९ रोकथाम तथा नियन्‍त्रको लागि आ.डि.टी.र पि.सि.आर. परीक्षणको दायरा बढाईने छ र कोरोना भाईरस कोभिड-१९ पुष्‍टि भएमा निशुल्क उपचारको व्यवस्था मिलाईने छ ।
  • जुनीचाँदे गाउँपालिका स्तरीय १५ शैयाको अस्पाताल निर्माण गर्न यस आ.व. ०७७/०७८ मा पहल गरिनेछ।
  • स्वच्छ नागरिक सफा सुग्घर गाउँपालिका भन्ने मुल ध्येयका साथ जनताको जीवनसँग जोडिएको आधारभूत स्वास्थ्य सेवालाई भरपर्दो जनमुखी र प्रभावकारी बनाइनेछ ।
  • गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई व्यवस्थापन तथा १५ वेड आईसोलेसन सेवा निर्माणको लागि रु ५ लाख बजेटको व्यवस्था गरेको छु ।
  • स्वास्थ्य क्षेत्रमा कार्यरत महिला स्वयम सेविकाहरुको योगदान र भूमिकाको उच्च कदर गदै प्रोत्साहन स्वरुप वार्षिक १०,००० (दश हजारका दरले) निरन्‍तरता दिई आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
  • जुनीचाँदे गाउँपालिका पूर्ण खोपयुक्त घोषणा भइसकेको सन्दर्भमा यसलाई थप निरन्तरता दिइनेछ ।
  • आधारभुत स्वास्थ्यमा सबैको सहज पहुँच र सुरक्षित मातृत्व शिशु प्रजनन स्वास्थ्यको लागि विशेष पहल गरिनेछ ।
  • प्रत्येक वडामा रहेका आमा समुहहरुलाई सामुदायिक भवनको लागि आवश्यक पहल गरिनेछ ।
  • गाउँपालिका क्षेत्रमा रहेका प्रत्येक स्वास्थ्य संस्थाद्धारा मातृ शिशु स्वास्थ्य सेवालाई भरपर्दो र सुरक्षित बनाउन हप्ताका सातै दिन सुत्केरी जाँच तथा प्रसुति सेवा उपलब्ध गराइने ब्यबस्था मिलाएको छु ।
  • पर्याप्त अत्यावश्यक निशुल्क औषधी खरिदको लागि बजेटको व्यवस्था गरेको छु ।
  • महिलाहरुको आङ खस्ने पाठेघर क्यान्सर आँखा हाड जोर्नी मुटु लगाएतका अति आवश्यक बिशेषज्ञ सेवा शिविर सञ्चालनका लागि आवश्यक बजेट बिनियोजन गरेको छु ।
  • प्रत्येक टोलहरुमा स्वास्थ्य संस्थामा बिरामी पुर्‍याउन स्ट्रेचर खरिदको लागि बजेट बिनियोजन गरेको छु ।
  • गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुलाई स्रोत साधन सम्पन्न बनाइनेछ ।
  • स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम तथा प्रोत्साहनको व्यवस्था गरिनेछ ।
  • नागरिकहरुको स्वास्थ्य सम्बन्धी मौलिक हकको प्रत्याभूत गर्न जुनीचाँदे गाउँपालिकामा एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाईसकेको हुदाँ नागरिकहरु बिरामी हुदाँ अस्पतालसम्म पर्‍याउनको लागि सेवाको उपलब्ध गराउने व्यवस्था मिलाएको छु ।

खानेपानी तथा सरसफाई

  • जनताको दैनिक जीवन संग प्रत्यक्ष सम्बन्ध जोडिएको स्वच्छ खानेपानीमा जनताको पहुँच स्थापित गर्न आगामी दुई बर्ष भित्र एक घर एक धाराको अवधारणाका सुनिश्चत गर्न आवश्यक पहल गरिने छ साथै क्रमागत योजनाहरुलाई निरन्तरता दिईनेछ ।
  • गाउँपालिका भित्रका प्रत्येक बिद्यालयहरुमा स्वच्छ खानेपानीको लागि आवश्यक पहल गरिनेछ ।
  • जुनीचाँदे गाउँपालिका यस आर्थिक वर्षमा आवश्यक पाईप खरिद गरी स्वच्छ खानेपानीको अभाव भएको स्थानमा खानेपानीको पहुँच विस्तार गर्न पाईप खरिद गरी वितरण गर्ने व्यवस्था मिलाएको छु ।

खेलकुद तथा मनोरञ्जन

  • बालवालिकाको शारीरिक, मानसिक, सामाजिक र सवेगात्मक पक्षलाई मध्यनजर गरी खेलकुद क्षेत्रको विकास गर्नको लागि प्रत्येक माध्यमिक विद्यालयमा खेलकुद सामग्री खरिदको लागि आवश्यक वजेटको व्यवस्था गर्नुका साथै जुनीचाँदे गाउँपालिका भित्र अध्यक्ष कप अन्तर विद्यालय रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने कार्य निरन्तरता दिनका लागि आवश्यक वजेटको व्यवस्था गरेको छु ।
  • जुनिचाँदे गाउँपालिकामा खेलकुदलाई नियमित गराउन दोस्रो अध्यक्षकप २०७७, को आयोजनाको लागि आवश्यक बजेट बिनियोजन गरेको छु ।
  • स्वास्थ्यको लागि खेलकुद राष्ट्रिय लागि खेलकुद भन्ने मान्यतालाई आत्मसात गरी नियमित रुपमा एक घर एक खेलाडी उत्पादन गरिने छ ।
  • गाउँपालिका स्तरीय खेलकुद समिति यसै आर्थिक वर्ष भित्र गठन गरिने छ ।
  • गाउँपालिका स्तरीय र्रंगशाला निर्माण गर्न आवश्यक पहल गरिनेछ ।
  • एक बिद्यालय एक खेलकुद मैदान निर्माणको लागि आवश्यक पहल गरिएको छ ।
  • खेलकुदलाई प्रवर्द्धन गर्न प्रत्येक विद्यालयलाई अनुदान तथा खेलकुद सामाग्री वितरणको लागि आवश्यक बजेटको ब्यवस्था गरेको छु ।
  • बिद्यालय क्षेत्रमा हुने खेलकुदमा महिला सहभागिता बढाउन महिला खेलाडीलाई बिशेष प्राथामिकता दिइने छ । उत्कृष्ट महिला खेलाडीलाई प्रोत्साहन गरिनेछ ।
  • युवा क्लव, बाल क्लव गठन तथा दर्ता गरी युवाहरुको क्षमता बिकासको लागि आवश्यक तालिमको ब्यवस्था मिलाएको छु ।

 लैगिक सशक्तिकरण तथा समावेशीकरण

  • बैक खातामा छोरी सुरक्षा जीवनभरी, नारालाई आत्मसात गरी आर्थिक वर्ष २०७६ साउन १ देखि जन्मने छोरीहरुको नाममा गाउँपालिकाले खाता खोली रु १० हजार बचत गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छु ।
  • सुत्केरी सग उपाध्यक्ष भेटघाट कार्यक्रम सञ्चालन गरी प्रत्येक सुत्केरी आमा तथा बच्चालाई (न्यानो कपडा प्याकेज, आयोडिन नुन, लोकल कुखुरा तथा एक धार्नी तोरीको तेल वितरणको लागि आवश्यक बजेटको ब्यवस्था मिलाई सो कार्यक्रमलाई निरन्तरता दिएको छु ।
  • छोरी बचाउँ, छोरी बढाउँ र छोरी पढाउँ अभियान सञ्चालन गरी अभिभावकहरु वीच चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
  • जुनीचाँदे गाउँपालिकामा रहेको छाउपडी प्रथा जस्ता छुवाछुत प्रथा अन्त्यको लागि सामाजिक कुरीति बिरुद्धका अभियान सञ्चालनको आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • मानव सभ्यताको सम्मान छुवाछूत र सामाजिक कुरीति बिरुद्धको अभियान भन्ने ध्येयका साथ जुनीचाँदे गाउँपालिका भित्र सामाजिक कुरीति बिरुद्धको कार्यक्रमहरु सञ्चालन गरिने छ ।
  • सामाजिक कुरीति रुपमा रहेको छाउपडी, बोक्सी, वालविबाह मुक्त क्षेत्र घोषणा गर्न आवश्यक जनचेतनामूलक कार्यक्रम सञ्‍चालन गरिनेछ ।
  • महिला दलित अपाङ्ग जेष्ठ नागरिक बालबालिका मैत्री नीति तथा कानून निर्माण गरिनेछ ।
  • सार्वजनिक निकायका संरचनाहरुलाई अपाङ्ग मैत्री, बालमैत्री र लौङ्गिक मैत्री बनाउने कार्य अघि बढाइने छ ।
  • महिला समुह, महिला सञ्जाल गठन गरी महिलाहरुको क्षमता अभिबृद्धिका लागि आयअर्जनका कार्यक्रम ब्यवस्थापन गरीनेछ ।
  • समान कामको लागि समान ज्यालाको नीतिलाई कार्यान्वयन गर्दै गाउँपालिका भित्र हुने सम्पूर्ण बिकास निर्माणका कामहरुमा महिला तथा पुरुष लाई समान ज्याला निर्धारण गरिने छ ।
  • जोखिममा रहेका बालबालिका अपाङ्गता भएका वालवालिकाहरुको शिक्षा, स्वास्थ्य र संरक्षणका लागि बिशेष कार्यक्रम संचालन गर्ने ब्यबस्था मिलाएको छु ।
  • अपाङ्गता भएका ब्यक्तिहरुको संरक्षण सिप बिकास र उपयोगका लागि बिशेष कार्यक्रम सञ्चालन गरिने छ ।
  • जुनीचाँदे गाउँपालिका भित्र रहेका अपाङ्गहरुको लगत संकलन गरी अपाङ्ग रहेका व्यक्तिहरुलाई परिचयपत्र प्रदान गर्न शिविर सञ्‍चालन गर्ने व्यवस्था मिलाएको छु ।
  • शिक्षा स्वास्थ्य महिला बालबालिका सामाजिक सुरक्षा लगाएतको सामाजिक बिकास गुरुयोजना बनाई लागू गरिने छ ।
  • विपतमा परेका बालबालिकाहरुको उद्धार तथा पुनस्थापनाका लागि आवश्यक रकमको विनियोजन गरेको छु ।
  • जेष्‍ठ नागरिकसँग अध्यक्ष भेटघाट कार्यक्रमलाई सञ्‍चालन गर्न ८० वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकहरुलाई उपचार खर्च बापत रु ५ हजारका दरले प्रोत्साहन दिनको लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छ ।
  • महिलाको आर्थिक सवलीकरणका लागि सीपमुलक तथा व्यवसायमूलक कार्यक्रम संचालन गर्ने व्यवस्था गरेको छु ।
  • वालविवाह महिला हिंसा न्यूनीकरणका लागि सामुदायिक प्रहरी साझेदारी सञ्‍चालन गरिनेछ ।
  • पाठेघर खसेका महिलाहरुलाई उपचारको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • दलित, महिला, अपाङ्ग, दन्द्धपिडित विपन्‍न तथा सीमान्तकृत समुदायको आन्मनिर्भरताको लागि लक्षित वर्ग विशेष कार्यक्रम ल्याइनेछ ।
  • महिलाहरुको नेतृत्व बिकासको लागि बिभिन्न क्षमता अभिबृद्धि तथा नेतृत्व बिकास सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने छ ।
  • गाउँपालिका भित्र रहेका महिला समुहहरुलाई जिबिकोपार्जन तथा आयआर्जन सम्बन्धी सिपमुलक कार्यक्रमहरु सञ्चालन गरिने छ ।

 सामाजिक सुरक्षा र रोजगार

  • रोजगारीको हक सम्बनधी ऐन २०७५ मा व्यवस्था भए बमोजिम यस जुनीचाँदे गाउँपालिकामा रहेका, कोरोना भाइरस (कोभिड₋१९) को कारणले स्वदेश तथा वैदेशिक रोजगार गुमेका बेरोजगार ब्यक्तीहरुको पहिचान तथा सूचिकृत गरी रोजगारीको अवसर प्रदान गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालन हुने विविध क्रियाकलाहरु, मुख्यमन्त्री रोजगार कार्यक्रम लगायत गाउँपालिकामा सञ्चालन हुने विभिन्‍न आयोजना तथा परियोजनाहरुमा उच्च प्राथमिकताका साथ सहभागी गराई न्युनतम रोजगारीको सुनिश्चित गरिने छ ।

 आदरणीय गाउँसभाका सदस्य ज्यूहरु,

(ग) पूर्वाधार क्षेत्र

सडक

  • जुनीचाँदे गाउँपालिकाको सडक सम्बन्धी गुरुयोजना निर्माण गरी गाउँपालिकाको सबै क्षेत्रमा सडक सञ्जाल जोडिने छ ।
  • गाउँपालिका भित्र रहेका ११ वटै वडाहरुमा आर्थिक वर्ष २०७७।०७८ मा सडक सञ्जालमा जोडने रणनैतिक योजना निर्माण गरिने छ।
  • गाउँपालिका भित्र रहेका सम्पर्ण सडकहरुको विस्तृत आयोजना प्रतिवेदन निर्माण गरी प्रदेश सरकार र केन्द्र सरकार पहल गरिने छ ।
  • गाउँपालिका गौरवका आयोजना घोषणा गरी तिलाडाँडी—सिर्पा—जुनी सडकको लागि रु १ करोड रकम विनियोजन गरेको छु
  • पञ्चला—जुनी सडकमा समपुरक गरी जम्मा रु १ करोड रकम विनियोजन गरेको छु
  • पञ्चाला देउतरा सिर्पा धेल्या र मैप सडकमा समपुरक गरी जम्मा रु १ करोड रकम विनियोजन गरेको छु ।
  • मटेला—रातिखाली जोड्ने सडकका लागि १० लाख बजेटको व्यवस्था गरेको छु ।
  • सानाखोला—‍मेसु जोड्ने सडकका लागि २० लाख बजेटको व्यवस्था गरेको छु ।
  • डाँडाकोट—पराले हुदै तैया जोड्ने सडकका लागि २० लाख बजेटको व्यवस्था गरेको छु ।
  • कसारेखोली—तुम्तासिगार हुदै घोरनेटा जोड्ने सडकका लागि १० लाख बजेटको व्यवस्था गरेको छु ।
  • पञ्चाला सानाखोला सडको लागि रु १० लाख बजेटको व्यवस्था गरेको छु ।

पुल तथा ट्रसब्रिज

  • सानाखोला—सिलतडा, नर्मरा—लुहादह र लामातरा—मटेला जोड्ने मोटर पुलको लागि संघ र प्रदेश सरकार सँग पहल गरिनेछ ।
  • जुनीचाँदे गाउँपालिका वडा न ४ र ११ जोडने सिउरेनी पाखा ट्रसव्रिज निर्माण गर्न आवश्यक पहल गरिने छ ।
  • गाउँपालिका अन्तर्गतका विभिन्न क्षेत्रमा झो.पु.र ट्रसव्रिज निर्माण गर्न आवश्यक पहल गरिनेछ ।
  • धुलेखोला चोत्राकोट जोड्ने ट्रसब्रीज निर्माणको लागि आवश्यक पहल गरिनेछ ।
  • सुलुखोला ट्रसब्रीज निर्माणको लागि आवश्यक पहल गरिनेछ ।
  • द्धालाखोला झोपु निर्माणको लागि आवश्यक पहल गरिनेछ ।

भवन निर्माण

  • गाउँपालिका भित्र भवन निर्माण गर्दा भवनसंहिता बमोजिम भवन निमार्णगरिने व्यवस्था मिलाईएको छ ।
  • गाउँपालिका भित्र निमार्ण गरिने भवनहरु वालमैत्री, अपाङगमैत्री, लैगिक संवेदनशिलतालाई ध्यानमा राखि निर्माण गरिने व्यवस्था गरिएको छ ।
  • गाउँपालिका भित्रका प्रत्येक वडा कार्यालयको नामाकरण गरी भवन निर्माण कार्य यस वर्ष पनि निरन्‍तरता दिई वडा कार्यालय निर्माणको लागि रु १ करोड ८० लाख रुपैया विनियोजन गरेको छु ।
  • गाउँपालिका भित्र रहेका महिला समुहहरुलाई आवश्यतामा आधारित सामुदायिकक भवन निर्माणको लागि आवश्यक बजेटको ब्यवस्था गरेको छु ।
  • जुनीचाँदे गाउँपालिका भित्र सडक संग जोडिएका प्रत्यक भवनहरु सडक मापदण्ड अनुसार कम्तिमा सडक देखि २५ मिटर बाहर निर्माण गर्नुपर्ने छ ।
  • निर्माण गरिएका घरहरु भवन मापदण्ड अनुसार भुकम्प प्रतिरोधी घर निर्माण गरिने छ ।
  • सुरक्षित आवाश कार्यक्रमलाई प्रभावकारी बनाउन खरको छानामुनी रहेका हरुलाई टिनको छाना भित्र बस्ने ब्यवस्था गरिएको छ ।
  • जुनिचाँदे गाउँपालिका भित्र छरिएर रहेका बस्तीहरुको बिस्तारको लागि एकिकृत नमुना बस्ती निर्माणको सुभारम्भ गरिनेछ ।

उर्जा

  • गाउँपालिकामा केन्द्रिय विद्युत प्रशारण तथा वितरणलाई सम्बन्धित निकायसँगको समन्वय तथा सहकार्य गरी सडक सञ्जालमा आवद्ध वडाहरुमा पुर्याउने कार्य अगाडी बढाईनेछ ।
  • जुनिचाँदे गाउँपालिकालाई धुलो धुवा मुक्त गाउँपालिका बनाउन सुधारिएको चुलो कार्यक्रम सञ्चालन गरिने छ ।
  • जुनीचाँदे गाउँपालिकामा सौर्य उर्जा प्रविधि जडान गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।

 

सिचाई

  • कृषि क्षेत्रको आधुनिकिकरण सगै उत्पादन बृद्धिका लागि जुनीचाँदे गाउँपालिका भित्र सिचाई सुबिधा उपलब्ध गराउन लागि बिभिन्न निकायहरु संगको समन्वय, सहकार्य र साझेदारीको आधारमा सम्भाव्यतामा आधारित सिचाई आयोजना संचालनका लागि पहल गरिने छ ।
  • कृषक हरुको मागलाई मध्यनजर गरी गाउँपालिका भित्र आवश्यक स्थानमा साना सिचाई आयोजनाको ब्यवस्था गरिएको छ ।

आदरणीय गाउँसभाका सदस्य ज्यूहरु,

(घ) वन तथा वातावरण विपत व्यवस्थापन

  • वन स्रोतको संरक्षण र बैज्ञानिक व्यवस्थापन गरी यसको माध्यामबाट आय आर्जनका अवसर बृद्धि गरिनेछ । वनस्पति वन्यजन्तु र जैविक विविधताको दिगो संरक्षण जोड दिईने छ ।
  • जुनीचाँदे गाउँपालिकाभित्र सामुदायिक बन सरकारी वा समुदायलाई परिचालन गरी वन्यजन्य उत्पादनबाट आम नागरिकको आय आर्जन र रोजगारी बृद्धि गर्ने कार्यक्रम सञ्‍चालन गरिनेछ ।
  • जुनीचाँदे गाउँपालिकामा जडीबुटीको अपार सम्भावनाको खोज पहिचान र दिगो प्रवर्द्बन गरिनेछ।
  • वन तथा वातावरण ऐन, तथा नियमावली निर्माण गरी सोही अनुसारका कार्यक्रम सञ्चालन गरिनेछ ।
  • जुनीचाँदे गाउँपालिका भित्र महत्वपूर्ण रैथाने वनस्पति र वन्यजन्तुको संरक्षण गरी वैज्ञानिक वन व्यवस्थापन तथा डढेलो नियन्त्रण कार्यक्रम सञ्चालन गरिनेछ ।
  • एक व्यक्ति १ विरुवा रोप्ने नीतिलाई प्रोत्साहन गर्न भावी सन्ततिलाई बिरुवा उपहार र वातावरण संरक्षण र संम्बद्र्धनका लागि चेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ ।
  • जुनीचाँदे गाउँपालिकामा आकस्मिक पहिरो तथा नदी नियन्त्रण कार्यक्रम, एकिकृत भुसंरक्षण तथा जलाधार व्यवस्थापन र जलवायु परिवर्तन अनुकुलन योजना तयारी जस्ता कार्यक्रम सञ्चालन गरिनेछ ।
  • सामुदायिक वनहरुलाई हरियाली वनको परिकल्पना अनुसार बृक्षारोपण कार्यक्रम सञ्चालनको लागि आवश्यक बजेटको ब्यवस्था मिलाएको छु ।
  • वन डडेलो नियन्त्रणका लागी वन क्षेत्रमा होडिङ्ग बोट, स्थानीय रेडियो,पत्र-पत्रिका मार्फत प्रचारप्रसार गर्नको लागि आवश्यक बजेटको ब्यवस्था मिलाएको छु ।
  • भूउपयोग नीतिको कार्यन्वयन गरिनेछ ।

आदरणीय गाउँसभाका सदस्य ज्यूहरु,

(ङ)  संस्थागतसेवा प्रवाह र सुशासन

  • स्वास्थ्य जोखिमको विद्यमान अवस्थामा आफ्नो कार्यस्थलमा अहोरात्र खटिई जिम्मेवारी पुरा गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका सबै राष्‍ट्रसेवकको योगदानको उच्च मुल्याङ्कन गर्दै कोरोना रोकथाम तथा उपचारका लागि अग्रपंक्तिमा काम गर्ने राष्‍ट्रसेवक कर्मचारीलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाएको छु ।
  • विश्‍वमा फैलिरहेको कोरोना भाईरसबाट जुनीचाँदे गाउँपालिकामा कार्यरत अस्थायी तथा करार लगायतका सबै राष्‍ट्रसेवक कर्मचारीको रु १० लाखसम्मको कोरोना बीमा निःशुल्क हुने व्यवस्था मिलाएको छु ।
  • विश्‍व जलवायु परिवर्तन सँगै आउने महामारी तथा विपदलाई व्यवस्थापन गर्न विपत व्यवस्थापन कोषको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • सार्वजनिक निकाय लगायत सबै क्षेत्रमा सदाचार संस्कृतिको विकास गरिनेछ । म भ्रष्‍टचार गर्दिन, म भष्‍टाचार हुन दिन्‍नँ, देश र जनताका लागि इमान्दार भएर काम गर्नेछु भन्‍ने प्रतिज्ञासहितको सुशासन कार्य संस्कृति प्रवर्द्धन गरिनेछ । शासकीय प्रवन्धमा कानूनी राज्यको अवधारणालाई पूर्ण परिपालना गरिनेछ ।
  • कोरोना रोकथाम, नियन्त्रण तथा उपचारको र क्वारेन्टाईन व्यवस्थापनको खर्च लगायत सबै खर्चहरुलाई पारदर्शी बनाईनेछ ।
  • कोरोना भाईरस कोभिड-१९ महामारीको कारण देश भित्र र बाहिरबाट आउनु भएका सम्पूर्ण नागरिकहरु गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाइनहरुमा ४३४ जना नागरिकहरु अनुशासित, मर्यादित र धैर्यतापूर्वक बसी गाउँपालिकालाई सहयोग गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।आजसम्म RDT तथा PCR परीक्षणको क्रममा सबैजनाको Report Negative देखिएकोले सबै नागरिहरुलाई धन्यवाद ज्ञापन गर्दछु ।
  • गाउँपालिकामा रोजगारी सिर्जना गरिनेछ साथै कामका आधारमा कार्यरत कर्मचारीहहरुलाई म्याद थप गरी सेवा कायम गरिनेछ र कुनै पनि रोजगार व्यक्तिलाई वेरोजगार बनाईनेछैन ।
  • नागरिक मैत्री सेवा प्रबाहलाई थप ब्यबस्थित बनाउन आवश्यक नीति तथा कार्यक्रमहरु तर्जुमा गरेको छु ।
  • न्याय प्रशासनलाई स्वच्छ, निष्पक्ष, सर्वसुलभ बनाई जनताको प्रत्यक्ष पहुँच पुर्‍याउनको लागि समयन्त्र बनाउन आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • कर्मचारीहरुको मनोवल उच्च राख्दै कार्य सम्पादनमा प्रभावकारिता ल्याउन आवश्यकतामा आधारित क्षमता बिकास सम्बन्धी तालिम सञ्चालन गरिने छ । उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गरिने ब्यबस्था गरेको छु । साथै कार्यरत सवै प्रकारका कर्मचारीहरुको सेवा निरन्तरता र गत आ व मा खाईपाई आएको तलवमान नघट्ने गरी तलव स्केल सुनिश्चितता गरेको छु ।
  • अध्ययन अवलोकन भ्रमणको माध्ययमबाट सिकाई आदान प्रदान गर्न आवश्यक बजेट व्यवस्थापन गरेको छु ।
  • यस जुनीचाँदे गाउँपालिकामा गाउँ गौरवका आयोजनाहरु मोटर पुल तथा भवन सर्वे ड्रोइङ डिजाईन (DPR) को लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • यस जुनीचाँदे गाउँपालिकाबाट दक्ष जनशक्ति उत्पादनका लागि एम. वि. वि. एस., ईन्जिनियर, स्टाप नर्स, एच.ए. र फार्मेसी र कृर्षि तथा भेटनरी विएसी. एजी. छात्रवृतिमा अध्यनरत विद्यार्थीलाई अनुदान सहयोग दिने व्यवस्था मिलाएको छु ।

न्यायिक तर्फ

  • न्यायिक समितिलाई कार्यसञ्‍चालनमा छिटो छरितो न्याय सम्पादन गर्नको लागि संगठन संरचना भित्रबाट आवश्यक कर्मचारीलाई तालिमको ब्यवस्था गरिने छ ।
  • जुनिचाँदे गाउँपालिकामा न्यायिक समिति अन्तर्गत रहेको मेलमिलाप समितिको कामकाजलाई प्रभावकारी रुपमा अगाडी बढाउन मेलमिलाप कर्तालाई प्रोत्साहन गर्ने व्यवस्था मिलाएको छु ।
  • न्यायिक समिति तथा मेलमिलाप समितिलाई दोस्रो चरणको क्षमता अभिबृद्धि गर्नका लागि अभिमुखिकरण तालिमको ब्यवस्था मिलाएको छु ।
  • गाउँपालिकामा रहेको न्यायिक समितिको काम थप प्रभावकारी बनाउनका लागि आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ साथै मेलमिलाप समितिलाई थप व्यवस्थित र स्रोत साधन सम्पन्‍न वनाईनेछ ।
  • स्थानीय तहको न्यायिकको अधिकार सम्बन्धी प्रत्येक वडामा अनुशिक्षण कार्यक्रम सञ्चालन गरिने छ ।

राजश्व र लेखा

  • आन्तरिक आयको बृद्धि हुने किसिमका कार्यलाई प्रथामिकता दिईनेछ । “मैले तिरेको कर मेरो गाउँपालिका समृद्ध बनाउने रहर” भन्ने नाराका साथ कर तिर्न प्रोत्साहन गरिनेछ ।
  • जुनीचाँदे गाउँपालिका भित्र राजश्वको दायरा फराकिलो बनाई आर्थिक बृद्धिमा बढोत्तरी गरिनेछ ।
  • प्रत्येक वडाहरुमा राजश्‍व दायरा बृद्धि गर्नको लागि कर्मचारीहरुलाई राजश्‍व सम्बन्धी अभिमुखिकरण तालिमको व्यवस्था गरिनेछ ।

संञ्चार

  • वडा नं २ मजकोटमा रहेको नेपाल टेलिकमको टावरलाई छिटो छरितो सञ्‍चालनमा ल्याउनको लागि यथाशिघ्र सम्बन्धित निकाय पहल गरिनेछ ।
  • रेडियो, अनलाईन, पत्रपत्रिकाको माध्ययमबाट गाउँपालिकाले संचालन गरेका गतिविधिहरु प्रकाशन प्रसारण गरी जनतालाई सूसुचित गर्नको लागि आवश्यक वजेट बिनियोजन गरेको छु ।
  • संचारकर्मीको हक हित र पेशागत सुरक्षाको लागि गाउँपालिकाबाट गर्नुपर्ने आवश्यक सहयोग प्रदान गरिनेछ ।
  • कुनै पनि पूर्वाग्रही ढंगले नहेरी समग्र जुनिचाँदे विकासका लागि गरिने गतिविधिहरुको प्रचार प्रसार गर्ने पत्रकारहरुलाई सम्मान गर्ने ब्यवस्था मिलाएको छु ।

शान्ति तथा सुव्यवस्था

  • जुनीचाँदे गाउँपालिका (११ वटै वडाहरु) घटना दर्ता तथा सामाजिक सूरक्षा दर्ता शिविर सञ्‍चालन गरी व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा व्यवस्थित गरिनेछ।
  • सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता यस आर्थिक वर्ष ०७७।०७८ साउन १ गते देखि लागु हुने गरी अनलाईन प्रणालीबाट सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शुरुवात गरिनेछ । सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ताका लागि आवश्यक पर्ने व्यवस्थापन सूचना प्रणाली सञ्चालानार्थ वडा कार्यालयहरुको लागि डेक्सटप, कम्प्युटर, प्रिन्टर स्क्यानर तथा 4G wireless Dongol तथा बैकल्पिक इन्टरनेट सेवा सुचारु गरी कार्य सञ्‍चालन गर्ने व्यवस्थाको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • लागू पदार्थ निषेध, मदिरा नियन्त्रण लगायतका कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • इलाका प्रहरी कार्यालय पञ्‍चाला, गर्खाकोट प्रहरी कार्यालयलाई सहयोगको निमित्त आवश्यक बजेटको ब्यवस्था गरेको छु ।
  • गाउँ प्रहरी सम्बन्धी कानून निर्माण गरी गाउँ प्रहरी भर्ना गर्नका लागि आवश्यक बजेट व्यवस्था गरेको छ ।
  • जनतालाई कानूनी प्रावधानको बारेमा जानकारी दिनका लागि प्रत्येक वडामा कानूनी अभियान संचालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • यसै आर्थिक वर्ष भित्र गाउँ प्रहरी गठन गरी सेवा प्रवाह गरिनेछ त्यसको लागि आवश्यक वजेटको व्यवस्था गरेको छु ।

आदरणीय गाउँसभाका सदस्य ज्यूहरु,

.. मुख्य मुख्य आयोजना र क्रियाकलाप

.अनुमानति व्यय र स्रोत व्यवस्थापन

आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि संक्षिप्त बजेट देहाय बमोजिम प्रस्तुत गरेको छु ।

() आयः

आन्तरिक श्रोत तथा नगद मौज्दात गरी कूल रु ९८ लाख, संघीय सरकारबाट प्राप्त राजस्व बाँडफाँट रु. ८ करोड ८९ लाख ३६ हजार २ सय ४०, अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरर्गत वित्तीय समानीकरण रु ८ करोड ८९ लाख, समपुरक अनुदान रु १ करोड ३९ लाख,  विशेष अनुदान रु १ करोड ८५ लाख, सशर्त अनुदान १८ करोड ८८ लाख र  कर्णाली प्रदेश सरकारको राजश्‍व बाँडफाँड रु ३ लाख १९ हजार,  वित्तीय समानीकरण १ करोड १ लाख ६७ हजार, समपुरक रु १ करोड ३० लाख विशेष अनुदान रु ४५ लाख र सशर्त अनुदान १ करोड ३० लाख गरी जम्मा रु ४४ करोड ९८ लाख २२ हजार २ सय ४० रुपैया मात्र आय प्राप्‍त हुने अनुमान गरेको छु ।

 () व्ययः

चालू तर्फ ८ करोड ८५ लाख ४४ हजार, सार्वजनिक निर्माण तथा पुँजीगत तथा विषयगत शाखा वित्तीय समानीकरण तर्फ रु १० करोड ९५ लाख ७८ हजार २ सय ४०, समपुरक अनुदान रु २ करोड ६९ लाख, बिशेष अनुदान रु २ करोड ३० लाख, शसर्त अनुदान कार्यक्रम रु. २० करोड १८ लाख,  जम्मा खर्च ४४  करोड ९८ लाख २२ हजार २ सय ४० रुपैया मात्र  अनुमान गरेको छु ।

उपसंहार

उल्लेखित नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिरहदा कोरोनाको संक्रमणले सिर्जना गरेको यस संकटको घडीमा सम्पूर्ण जुनीचाँदे बासी एकजुट भई सुखद भविष्य निर्माणका लागि उत्साहाका साथ अघि बढ्न यस बजेटले प्रेरित गर्ने विश्वास लिएको छु । आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट तयारीको क्रममा आवश्यक सहयोग प्रदान गर्नु हुने कार्यपालिकाका सदस्य ज्यूहरु, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ज्यू,  राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि ज्यूहरु र पूर्व जननिर्वाचित प्रतिनिधि ज्यूहरु प्रति हार्दिक आभार प्रकट गर्दछु । वजेटका सिद्धान्त उद्देश्य प्रथामिकता र नीतिहरुमा व्यापक छलफल गरी गाउँसभाका सदस्यहरुले दिनु भएको सुझावको लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु । वजेट छलफलको क्रममा सुझाव दिनु हुने विषयगत शाखाका प्रमुख तथा यस गाउँपालिकामा कार्यरत कर्मचारीहरु, वरिष्ठ विज्ञहरु लगाएत नीजि क्षेत्र तथा नागरिक समाजका बुद्धिजिविहरु, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु पत्रकार, सुरक्षाकर्मी सबैलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु । साथै प्रस्तुत वजेट कार्यान्वयनमा सबै पक्षको पूर्ण सहयोग प्राप्त हुने अपेक्षा गरेको छु ।

अन्तयमा मुलुकभित्र र बाहिर रहनु भएका सम्पूर्ण जुनीचाँदे गाउँपालिका बासी आदरणिय आमाबुवा दाजुभाई तथा दिदी बहिनीहरुलाई कोभिड-१९ को जोखिमबाट आफु बचौ र अरुलाई बचाउ भन्‍ने अभियानमा सुरक्षित रहदै सबल, समृद्ध र न्यायपूर्ण जुनीचाँदे निर्माणमा योगदान गर्न आह्वान गर्दछु ।

 

धन्यवाद ।

प्रस्तुत गर्ने

शिवा आचार्य (बस्नेत)

जुनीचाँदे गाउँपालिका कार्यबाहक अध्यक्ष

मितिः २०७७।०३।१०

 

 

facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad