जटिल अवस्थाकी गर्भवतिको हवाइ उद्धार

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

सुत्केरी बेथा लागेर दुई दिन देखी छट्पटाइरहेकी जाजरकोटकी एक गर्भवति महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

जिल्लाको छेडागाड नगरपालिका ३ कि २५ बर्षिय कमला शाहीको उद्धार गरि सुर्खेत लगिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा नेपाली सेनाको हेलिकोप्टरले स्वास्थ्य चौकी दशेराबाट उनलाई सोमवार उद्धार गरेको हो । सुत्केरी बेथा लागेपछि उनलाई स्वास्थ्य चौकी दशेरा लगिएको थियो । स्वास्थ्यकर्मी आर वि थापाका अनुसार पाठेघर च्यातिएर बच्चाको हात निस्किएको थियो ।

बच्चा निकाल्न सक्ने अवस्था थिएन । हामी सँग दक्ष जनशक्ति र साधन थिएन । त्यही भएर तत्काल सुविधा सम्पन्न अस्पताल लैजान सिफारिस गरयौ । सोही अनुसार स्थानिय जनप्रतिनिधीले सम्बन्धित ठाँउमा सम्पर्क गरेपछि गर्भवतिलाई प्रदेश अस्पताल सुर्खेत लगिएको छ । प्रदेश अस्पतालले अप्रेशन गरेर बच्चा निकाल्ने तयारी गरिरहेको आफन्तले जनाएका छन् । यो सँग जिल्लाबाट पाँच जना गर्भवति महिलाको उद्धार भएको हो । भौगोलिक विकटता, सुविधा सम्पन्न अस्पताल, जनशक्ति र उपकरणको अभावमा जिल्लामा जटिल खालका सुत्केरी सेवा दिन सक्ने अवस्था नहुँदा हेलिकोप्टरबाट उद्धार गर्नु परेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. सुनिल पुनले बताए । राष्ट्रपति महिला उत्थान कार्यक्रमले सुत्केरी हुन नसकेर छट्पटाइरहेका महिलाका लागी ठुलो राहत र सहयोग भएको डा.पुनको भनाई छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad