कुशेका १५ जनाको कोरोना पिसिआर रिपोर्ट नेगेटिभ

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको कुशे गाँउपालिकामा १५ जनाको कोरोना पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

कुशेको पाँचकाटिया क्वारेन्टाइनबाट कोरोनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरेर १२ दिन अघि सुर्खेत पठाईको थियो । कुशेका १५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. सुनिल पुनले बताए । तर उनीहरुलाई रिपोर्ट नआउँदै घर पठाईको थियो ।
जिल्लाका अन्य ठाँउबाट स्वाव संकलन गरी पठाईएका तीन सय ९० जनाको रिपोर्ट भने आउन बाँकी छ । स्वाव संकलन गरि पठाएको १० दिन विति सक्दा पनि रिपोर्ट आउन नसकेको हो । भारतबाट हालै आएर विभिन्न क्वारेन्टाइनमा रहेका दुई हजार ६४ जनाको स्वाव नै संकलन गरिएको छैन ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad