रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोेतीमा भएको घटना बेपत्ता भएका ६ जना मध्य एक जनाको सव २५ किलोमिटर तल फेरा खोला नजिक भेरीको किनारमा फेला परेको छ ।
बेहुली लिन गएका जाजरकोट भेरी नगरपालिका ४ का २१ बर्षिय नवराज विकको सव शुक्रवार विहानै भेरी किनारमा भेटिएको थियो । मृतक नवराजकी प्रेमिका पस्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीकी १७ वर्षिय सुस्मा मल्ललाइ वेहुलीको रुपमा भित्र्याउन शनिवार १९ जना युवा सहित गाउँ पुगेका वेला वडाध्यक्ष वीरवहादुर मल्ल सहित सोतीका गाउँलेहरुले आक्रमण गरेर लखेट्दा नवराजको भेरी नदीमा खसेर मृत्यु भएको र अन्य ६ जना वेपत्ता भएका थिए । सुस्माले बोलाएपछि उनलाई लिन नवराज सहितको युवाको समुह सोती पुगेको थियो । उनीहरु आएका थाह पाएपछि केटीका आमाबुवाले गाउँलेलाइ वोलाएर आक्रमण गरि लखेटेर हत्या गरेको पिडित पक्षको भनाई छ । प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ ।
प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ४ का गणेश विक, भेरी नगरपालिका वडा नम्वर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विक वेपत्ता भएका छन् । नवराज सहितको युवा समुहलाइ तल्लो जातको केटाले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै आक्रमण गरि लखेटेको स्थानियको भनाइ छ । तर माइती पक्षले भने केटीको उमेर नपुगेको र केटीले विहेको लागि अस्वीकार गरेपनि जर्वजस्ती लान खोज्दा विवाद भएको दावी गरेको छ । घटनापछि प्रहरी सम्पर्कमा गएका १२ जना मध्य भेरी नगरपालिका वडा नम्वर ४ का सुदीप खड्का गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
मृतकको सवको पोष्र्टमार्टमका लागी जिल्ला अस्पताल ल्याईएको र घटनाबारे गहिरो अनुसन्धान भैरहेको जाजरकोटका प्रहरी प्रमुख डिएस्पी श्रेष्ठले बताए ।