बारेकोटमा महिलाको संकास्पद मृत्यु प्रकरण ः श्रीमान र ससुरा पक्राउ

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको बारेकोट ६ ताँसीकी २२ बर्षिया जेनिसा नेपालीको संकास्पद मृत्यु भएपछि मृतकका श्रीमान र ससुरालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धानका लागी प्रहरीले मृतकका श्रीमान बारेकोट ६ ताँसी निवासी २४ बर्षिया अविनास विक. र ६० बर्षिया ससुरा दलवीर कामीलाई पक्राउ गरेको हो ।
गत २७ बैशाखमा जेनिसाको संकास्पद मृत्यु भएपछि मृतकका माईतीले हत्या गरिएको भन्दै उनीहरु सहित घरपरिवारका पाँच जनाको नाममा किटानी जाहेरी गरेका थिए । माइती पक्षले घरपरिवारले नै हत्या गरेको किटानी सहित कर्तब्य ज्यान मुद्धा लागी जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । किटानी जाहेरी दिएका सासु रतनकली विक, आमाजु दिदि दुर्गा वि.क.र नन्द विपना वि.क.लाई भने अझै पक्रेको छैन ।

कुशे ६ नारे माईती घर भएकी नेपालीको २०७२ मंसिरमा बारेकोट ६ ताँसीका अविनास विक. सँग विवाह भएको थियो । कुनै विरामी नभएकी जेनिसाको पेट दुखेर एक्कासीे मृत्यु भयो भनिएपनि जेनिसाको शरीरमा निलडाम भएको, मुख र नाकबाट रगत बगेको, कन्चटमा निलो दाग रहेको लगायतका कारण यो कालगति र कुनै रोगले भन्दा घरपरिवारले नै हत्या गरेको मृतकका दाई प्रविण नेपालीले बताए । घाउ चोट देख्दा देख्दै मृतकको लासमा कुनै चोटपटक नभएको भनेर प्रहरीले मुचुल्का गराएपछि घटना थप संकास्पद देखिएको छ उनले भने ‘पोष्र्टमार्टम रिपोर्ट पनि यथार्थ आउनेमा शंका छ । त्यहाँ पनि चलखेल हुन सक्छ । घटनालाई शुरु देखि नै कमजोर बनाउन त्यो परिवार सक्रिय भएको पाईयो ।’ घटनालाई ढाकछोप गर्न विभिन्न निकायहरु सक्रिय भएको नेपालीले गुनासो गरे ।

बुधवार जाहेरी लिन नमानेको प्रहरीले शुक्रवार मात्र जाहेरी दर्ता गराएर अनुसन्धान अघि बढाएको छ । घटनाबारे अनुसन्धान भैरहेको र दुई जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad