प्रबृत्ति

अमर शाह । खलंगा

ब्यबस्था फेरियाे यहाँ प्रबृती उस्तै छ
ईमान्दारकाे खुनपसिना बाँठाेले चुस्तै छ

मामा मारी शासण गर्ने थियाे राणा शासण
आन्द्रा छाम्दै कैची लाउने बाहिर मिठाे भाषण

bhumi-sanrakshyan

उही सिकेर जन्मे हुर्के यी नेपाली नेता
हिर्दयमा पापै पाप बाहिर कुरा सेता

देशकाे मुद्धा गाैण मान्ने पार्टी प्रमुख भयाे
आफ्नै दुनु साेझ्याउने त्यस्ताे दिन गयाे

अहिले देशमा महासङ्कट कसरी टार्ने हाे
धमिराकाे गाेलाे सल्काई भुटकुटै पार्ने हाे

मुखमा राम राम सबै बाेल्छन् बगलीमा छुरा
नेपाली जन्ताका मुद्धा कहिले हाेलान् पुरा

देशमा सत्ता जाे चलाउछ त्यस्काे मनमा पाप छ
भलाे गर्ने तल झर्छ सतीकाे सराप छ

उही धामी छ उही बाेक्सी छ भन्थे गाँउघरतिर
जति बाेल्छाै झुठ्ठा बाेल्छाै उच्चाे हुन्न शिर

ठुला मान्छे ज्ञानी हुन्छन् भन्ने कुरा सुन्थे
बाहिर बाेल्थ्ये चिल्ला कुरा भित्र कुजाल बुन्थे

जालका गाँठा बलिया छन् काे सक्ला चुडाल्न
कान्छी अैाला चाट्न पाए निल्दिन्छन् डुढाल्न

फेसबुकभरी भाईरल भयाे माछा मार्ने कुरा
देशकाे चिन्ता एकातिर यस्ता छन् माँकुरा

त्यत्राे कुर्ची पाँउदापनि चित्त नबुझाउने
जाल बुन्न नछाेड्ने अझै कहिले बुद्धी आँउने

एउटाले एक कुरा बाेल्छ अर्काे अर्कै भन्छ
खाल्डाे पाए उछिट्याउछ एका घर्कै भन्छ

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya