लकडाउनको उलंघन गर्ने तीन जना युवा पक्राउ

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

जाजरकोटमा लकडाउनको समयमा मादक पदार्थ सेवन गरी होहल्ला गदै हिड्ने तीन जना युवा पक्राउ परेका छन् ।

लकडाउनको उलंघन गरी सार्वजनिक स्थल तोडफोड गर्ने लगायतका उत्श्रृखल कार्यमा संलग्न भेरी नगरपालिका ४ का २६ बर्षिय साजन विक., २५ बर्षका नविन श्रेष्ठ र २४ बर्षका लुकास विक्रम शाहलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर कुमार श्रेष्ठले बताए ।
बुधवार रातीको समयमा घर अगाडी राखिएका बाईक ढालिदिने, नगरपालिकाले बाटोमा राखेका डस्वीन फाल्ने लगायतका कार्य गरेको स्थानियको सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयका हिरासतमा राखिएको छ ।उनीहरुलाई आवश्यक कारवाहीको प्रक्रिया अघि बढेको डिएस्पी श्रेष्ठले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad