‘आपतकालिन अवस्था बाहेक अस्पताल नआउनु’

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

स्वास्थ्य सेवा कार्यालय जाजरकोटले आपतकालिन अवस्था बाहेक अस्पताल नआउन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य सेवा कार्यालय मातहतमा रहेको जाजरकोट अस्पतालमा आपतकालिन अवस्था बाहेक नआउन कार्यालयले अनुरोध गरेको हो ।

‘विरामी आउने ठाँउ पनि अस्पताल भएकोले कोरोना भाईरस पनि अस्पतालमै हुने र फैलने ठाँउ पनि अस्पताल नै हुन्छ । आपतकालिन अवस्था बाहेक अहिलेको अवस्थामा अस्पताल आउनु उचित होइन’ स्वास्थ्य सेवा कार्यालयले निकालेको सार्वजनिक सुचनामा भनिएको छ । ‘प्रेसर, दम, सुगर जस्ता दिर्घ रोग भएका र हाल औषधी सेवन गरिरहेका विरामीहरु हाल फलोअप आउनुको साटो हाल प्रयोग गरिरहेको औषधी सेवन गरिरहनु उचित हुन्छ’ कार्यालय प्रमुख टीकाराम जैसीले भने—‘दाँत, मुख, गिजामा सामान्य समस्या भएकाहरु पनि यतिवेला अस्पताल नआउनु उचित हुन्छ । सामान्य रुघाखोकी लागेपनि घरमै बसेर उपचार गुर्न उचित हुन्छ ।’

जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने ब्यक्तिगत सुरक्षाका सामग्री हाल सम्म उपलब्ध हुने सकेको छैन । स्वास्थ्यकर्मीले लगाउने गाउन, ग्लोब्स्, क्याप, मास्क, बुट, हेन्ड सेनेटाईजर लगायतका ब्यक्तिगत सुरक्षाका सामग्री नहुँदा आफुहरु नै असुरक्षित रहेको गुनासो गरेका छन् । ६५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको जिल्ला अस्पतालमा १८ जना मात्र कार्यरत छन् । अस्पताल करार र छात्रबृत्तिका चिकित्सकको भरमा चलिरहेको छ । अस्पतालमा ३० बेडको क्वारेन्टाईन स्थापना गरिएको भएपनि त्यहाँ जनशक्ति, उपकरण र औषधीको अभाव देखिएको छ । स्वास्थ्यकर्मीको सुरक्षाका लागी आवश्यक साम्रगी उपलब्ध गराईदिन स्वास्थ्य मन्त्रालयमा आग्रह गरेपनि हाल सम्म प्राप्त नहुँदा समस्या भएको प्रजिअ पन्तको भनाई छ । सरकारले लक डाउनको घोषणा गरेपनि जाजरकोटमा आंशिक रुपमा मात्र लागु भएको छ । सदरमुकाममा प्रहरीले मानिसहरुलाई बाहिर निस्कन नदिएका कारण सुनसान छ । तर ग्रामिण भेगमा भने लक डाउनको कुनै प्रभाव परेको छैन । मानिसहरु दैनिक कामकाज र गतिविधि निर्वाध संचालन गरिहेका छन् । भारत लगायतका मुलुकबाट निर्वाध जिल्ला भित्रिरहेकाबाट निकै खतरा भएपनि उनीहरुलाई होम क्वारेन्टाइनमा राख्न खासै पहल नथालिदा त्रास बढेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad