नेपालगञ्जबाट भागेर आएकालाई सेल्फ क्वारेन्टाइनमा

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

बाँकेको नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसको हाता भित्र रहेको क्वारेन्टाइनबाट भागेर आएका ११ जना जाजरकोट पुगेका छन् । जिल्लाको भेरी नगरपालिका वडा नम्बर ११ जगतिपुरका उनीहरु मजदुरीका लागी केही समय अघि कालापार(भारत) गएका थिए । भारतमा कोरोनाको संक्रमण फैलिन थालेपछि फर्केका उनीहरुलाई संक्रमणको आशंकामा प्रहरीले नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा केही दिन अघि राखेको थियो ।

तर उनीहरु पर्खाल तोडेर क्वारेन्टाइनबाटै भागेका थिए । कम्तीमा १४ दिन सम्म स्वास्थ्यकर्मीको निगरानीमा राखेपछि कोरोनाको कुनै लक्ष्यण नदेखिए क्वारेन्टाइनबाट छोड्ने गरिन्छ । तर सरकारी निर्देशन अवज्ञा गदै भागेर आएका उनीहरुलाई प्रहरीले घर भित्रै क्वारेन्टाइनमा बस्न कडा निर्देशन दिएको छ । भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले भारतबाट आएकाहरुलाई केही दिन परिवारको सम्पर्क भन्दा बाहिरै बस्न र सेल्फ क्वारेन्टाइनमा रहन निर्देशन दिएको बताए ।

‘१४ दिन सम्म परिवारको सम्पर्क भन्दा टाढै बस्न आग्रह गरेका छौ । उनीहरुमा अहिले सम्म कोरोनाको कुनै लक्ष्यण देखिएको छैन । निगरानीमै राखेका छौ । नगरपालिका र प्रहरीले उनीहरुको निगरानी गरिरहेको छ । लक्ष्यण देखिए तत्काल जिल्ला अस्पताल, प्रहरी, भेरी नगरपालिका र नेपाली सेनाले स्थापना गरेका क्वारेन्टाइनमा राखेर उपचार थाल्ने गरि निर्देशन दिएका छौ’ प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भने ‘यस जिल्लाबाट मजदुरीका लागी धेरै भारत जाने र यतिवेला उनीहरु फर्केकोले केही दिन सचेत रहन परिवार, छिमेक र गाउलेहरुलाई आग्रह गरेका छौ ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad