सुचना प्रविधि विधेयक विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र

प्रवाह संवाददाता । जाजरकोट
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जाजरकोटले सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालन सम्बन्धी कानुन विरुद्ध जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत प्रधानमन्त्री केपी वली शर्मालाई ज्ञापन पत्र बुझाएको छ ।
‘संविधान प्रदत्त नागरिक अधिकार हनन गर्ने प्रावधानलाई सच्याउन माग गर्दै नेपाली काँग्रेस जाजरकोटले आईतवार ज्ञापन पत्र बुझाएको हो ।

पुस १७ गते बसेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधान प्रदत्त नागरिक अधिकार हनन हुने निष्कर्ष निकाल्दै ७७ जिल्ला प्रशासन कार्यालय मार्फत सच्याउन माग गर्दै पुस २८ गते सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएको नेता बेदराज सिंहले बताए ।

७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत विधेयक सच्याउन माग गर्दै नेपाली कांग्रेसले सरकारलाई विरोध पत्र बुझाएको हो । दुई विधेयकमा संविधान प्रदत्त नागरिक अधिकार हनन हुने खालका प्रावधान राखिएकाले सच्च्याउन माग गर्दै कांग्रेसले देशव्यापी रुपमा ज्ञापन पत्र बुझाईएको नेता सिंह जानकारी दिए ।

bhumi-sanrakshyan

ज्ञापन पत्र बुझदै जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उक्त ज्ञापन पत्र तत्काल प्रधामन्त्री तथा मन्त्री परिषद कार्यालय पठाईने पठाईने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रजिअ पन्त मार्फत प्रधानमन्त्री वलीलाई बुझाईएको ज्ञापनपत्रमा संसदमा पास गरेर ल्याउन लागिएको विधेयकले लोकतन्त्रको आत्मा मानिएको अभिव्यक्ति स्वतन्त्रताको हत्या हुने निश्चित छ भनिएको छ । उक्त ज्ञापन पत्रमा नागरिकको फोन ट्यापिङ्ग समेत गर्न सक्ने, समाजिक सञ्जालमा ब्याङ्ग्य गरे बाफत ५ बर्ष जेल र १५ लाख जरिवाना तिर्ने जस्ता प्रावधानले व्यक्तिगत गोपनियताको संवैधानिक अधिकार हनन हुने, आलोचना एवं ब्याङ्ग्य पाउने नागरिक स्वतन्त्रतालाई समेत समाप्त पार्ने षड्यन्त्र भएको बताईएको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya