बसन्त प्रसाद शर्मा
म आज मिति २०७६ साल मंसिर २३ गते सोमवारका दिन दिउसो भेरी नगरपािलकाका इन्जिनियर नवराज शर्माको कार्यकक्षमा कार्यालय कामको शिलसिलामा गएको थिए । मेरो मोवाइलमा फोन आयो मैले हेलो को वोल्नु भो हजुर … ए ए.. हस हस्… गदै थिए , त्यहि बेला भेरी नगरपालिकाका प्रधानमन्त्री रोजगार संयोजक रश्मि राइको आगमन भयो । आउने वित्तिकै उनले तपाई अफिसमा फोन गर्ने , तपाइ वाहिर निस्कनुहोस भन्दै तपाईको हो यार भन्दै मलाई बाहिर जान आदेश दिईन ।
मैले म किन बाहिर जाने म काम विशेषले यहाँ आएको सेवाग्राही हो तपाईले भन्दैमा म बाहिर जाने तपाई को हो भनेर प्रतिपाद गरे । भनाभन धेरै भो । अन्य कर्मचारी साथीहरुले भयो धेरै नबोल्नोस भनेर सम्झाए पछि घटना थप अघि बढ्न सकेन । खलंगा सह लगानीको दुई तिन दिन भित्रै टेण्डरको काम हुदैछ । त्यही विषयमा ईन्जिनियर नवराज शर्मा सँग परामर्श गर्न त्यहाँ गएको थिए । दादागिरी शैलीमा यारको यार लगाएर बाहिर जान निर्देशन दिने उनको हुकुमी शैली प्रति म गंभिर हुन बाध्य भए ।
म जस्तो सचेत नागरिकलाई यस्तो ब्यवहार गर्ने उनले अरु नागरिकलाई कस्तो ब्यवहार गर्छिन होला ? मुस्कान सहितको सेवा यही हो ? यही सोचेर उनलाई गतिलै सवक सिकाउने विचारले मैले तत्काल उनको कार्यशैली र अनुशासनहिन कार्यको लागी कारवाहीको माग गदै प्रमुख प्रशासकिय अधिकृतलाई उजुरी गरेर फर्किएको छु । हेरौ के कारवाही हुन्छ । त्यहाँ कारवाही भएन भने अन्य निकायमा समेत न्यायको ढोका ढकढकाउने छु । जसको मुल्य भारी हुनेछ । कर्मचारीको पनि आचारसंहिता र सेवा ग्राही प्रतिको व्यबहारलाई सेवा प्रदायक आफु भएर कसरी हेर्छ त्यो भने हेर्न वाँकी छ । निवेदन दिएर फर्केपछि नगरपालिकाकै धेरै साथीहरुले मलाई फोन गरेर भनेका छन्–‘उसको ब्यवहार हैकमवादी स्वभावको छ । यहाँ धेरै कर्मचारी उसको ब्यवहार देखेर दिक्क छन् । तपाईले ठिक गर्नु भयो ।’
म ब्यक्तिगत रुपमा उनलाई चिन्दिन । उनी को हुन । काँहाकी हुन । तर प्रधानमन्त्रीको समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्ने ध्ययले जाजरकोटमा कार्यक्रमको संयोजककोे जिम्मेवारी लिएर आएकी एक जिम्मेवार अफिसरको ब्यवहार त्यो ठिक थियो त ? पक्कै थिएन । उनी जागिरका लागी आएकी होलिन । उनको रोजीरोजीको सवाल पनि होला तर हामी नेकपाका कार्यकर्ता उनी जस्ता निच कर्मचारीकै कारण दुईतिहाईको सरकार प्रति नागरिकको वितृष्णा बढेको देख्न चाहन्नौ । देशमा सुशासन कायम होस । भष्टाचार नियन्त्रण होस । विकासले गति लेओस । यही हाम्रो चाहना हो । न कि कसैको आडमा फाई फुर्ति गर्ने उनी जस्ता गैरजिम्मेवार कर्मचारीको हालीमुहाली । यो जिल्ला हाम्रो हो । यो नगर हाम्रो हो । नगर सरकार हाम्रो हो । कर्मचारी सेवक बन । जनताको करबाट तलब खाएर फाँई फुर्ति होईन । चेतना भया ।


