जाजरकोटमा पुस १२ देखी १६ सम्म रमाईलो मेला तथा संस्कृतिक महोत्सव हुने

lagu ausadhi biruddha abhiyan jajarkot

भलिबल विजेतालाई डेढलाख

राजेन्द्र कार्की । जाजरकोट

परम्परागत रुपमा सदरमुकाम खलंगामा लाग्दै आएको रमाईलो मेला लाग्ने कि नलाग्ने भन्ने अन्यौलताका विच यस बर्ष रमाईलो मेला सांस्कृतिक महोत्सवको रुपमा संचालन हुने भएको छ । हरेक वर्षको पुष १३, १४ र १५ मा लाग्दै आएको रमाइलो मेलालाई थप आर्कषक बनाउन जाजरकोट चेम्बर अफ कमर्सको आयोजनामा सांस्कृतिक महोत्सव गर्ने गरि तयारी थालिएको छ ।

 

“पौराणिक लोक संस्कति, पर्यटन, कृषि र खेल जगतको सम्मान, आत्मनिर्भर र समुन्नत जाजरकोटको निर्माण” भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा स्थानीय लोक संस्कृतिक झाँकी, कृषि प्रदर्शनी, पालिका स्तरीय लोकदोहरी र भलिवल मुख्य आकर्षकको रुपमा रहने आयोजक जाजरकोट चेम्बर अफ कमर्सका अध्यक्ष विश्व विक्रम शाहले जानकारी दिए । खुल्ला पुरुष भलिबलको प्रथमलाई डेढ लाख रुपैया राशीको पुरस्कार राखिएको छ । त्यस्तै द्धितिय र तृतियलाई क्रमश एक लाख र पचास हजार रुपैयाको पुरस्कारको ब्यवस्था गरिएको अध्यक्ष शाहले बताए ।

सदरमुकाम स्थित त्रिभुवन माविको प्रांगनमा स्वस्फुर्त रुपमा लाग्दै आएको रमाइलो मेला यस वर्ष भने थाप्लेचौरको वसपार्कमा लाग्ने भएको छ । विद्यार्थीहरुको पढाई प्रभावित हुने भन्दैले नगर क्षेत्रभित्रका कुनैपनि विद्यालयहरुमा सभा, मेला महोत्सव तथा अन्य कार्यक्रम गर्न नदिने भेरी नगरपालिकाको निर्णय संगै रमाइलो मेला तथा सांस्कृतिक महोत्सवको स्थान परिवर्तन भएको हो । ४३ बर्ष देखि लाग्दै आएको रमाईलो मेलालाई निरन्तरता दिई स्थानिय कला संस्कृतिको प्रवद्र्धन गर्न संस्कृतिक महोत्सव गर्न लागिएको जाजरकोट चेम्बर अफ कमर्सका अध्यक्ष शाहले बताए । यो मेलाले जिल्लाको पहिचान झल्काउँछ । ‘टाढाटाढाका आफन्त विच भेटघाट गराउनुका साथै कृषि उपजको विक्री वितरण, ब्यापारब्यवसायमा बृद्धि गराउँछ । संस्कृतिको जर्गेर्न गर्न पनि टेवा पुरयाउँछ’ उनले भने ‘त्यसैले मेला तथा महोत्सव लगाउन हामीले अग्रसता देखाएका हौ ।’

 

जिल्लाको व्यापार, कृषि पर्यटन, खेल तथा सांस्कृतिक क्षेत्रको विकास संगै आपसि सम्बन्ध मजबुत बनाउन सहयोग गर्ने भएकोले प्रयाप्त स्थानको अभाव हुँदाहुँदै पनि आयोजना गर्न लागिएको शाहको भनाई छ ।

 

नेपाल भ्रमण बर्ष २०२० लाई समेत लक्षित गरी रमाईलो मेला तथा संस्कृतिक महोत्सव पुष १२ देखि १६ गते सम्म संचालन हुने आयोजकले जनाएको छ । महोत्सवमा लहँको ख्याली, पैसेरु, ढिमेको खाँडो, भेरी तथा शिवालयको सिंगारु र सरिङ्गे नाच प्रस्तुत गरिनेछ । मेला भर्न रुकुम, सल्यान, सुर्खेत, बाँके, जुम्ला लगायतका जिल्लाबाट दर्शक आउने गर्दछन् । यस अघिका महोत्सवमा आयोजकको रुपमा रहेको जाजरकोट उद्योग बाणिज्य संघले आर्थिक पारदर्शीता कायम गर्न नसकेको भन्दै आलोचना बढेपछि चेम्बर्स अफ कमर्सले यस बर्ष मेला तथा महोत्सव लगाउन अग्रसरता देखाएको हो । आयोजकले सम्बन्धित सवैलाई सहयोगको आग्रह समेत गरेको छ ।  तत्कालिन राजा विरेन्द्रको जन्मदिनको अवसर पारेर २०३४ सालबाट लाग्दै आएको यो मेला शसस्त्र द्धन्दको क्रममा सुरक्षाको कारण देखाउँदै केही बर्ष रोकिएपनि हाल सम्म निरन्तर रुपमा लाग्दै आएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad