त्यो दसै

  • हेमा चन्द

रातोमाटोले घर पोत्ने चटारो हुन्थो

दसैलाई घोर्ले खसी बाधिन्थो

दसैलाई भन्दै राखेको काक्रो थाङ्ग्रा मै पाकेर पट्पटी फुट्थो

bhumi-sanrakshyan

टेको लगाएर राखेको केरा बोट्मै पहेलपुर हुन्थो र पो दसै आएझै लाग्थो ।

रोटे पिङ्को लागी माद्ल खावो काट्न गइन्थो

लिङ्गे पिङको डोरी बाट्न बाबियो काट्न जंगल हिडिन्थो

चिउरा कुट्न रात भरि गाउका ढिकी भक्राइट्याइ भक्राइट्याइ गर्थे

गामघरका बाटोघाटो सरसफाइमा जुटिन्थो,

फलानो आयो ढिस्कानो आउदेन भन्ने हल्ला हुन्थ्यो

र पो दसै आएझै लाग्थो ।

पोहोरको दसैमा यती दक्षिणा भाथ्यो

अहिले कती हुने हो भनेर मनमनै हिसाबकिताब गरिन्थो,

बर्ष कुरेर बल्लबल्ल वास्ना आउने नया लुगा आङ्मा पर्थो

र पो दसै आएझै लाग्थो ।

अघिपछी एक फिर्को मासुसँग

कचौरो भरि झोल खाने बानी परेको हामीलाई

आफ्नै घरमा सिङै खसी ढालिन्थो

सधै निख्लो ढिडो मकैको भात पाक्ने अगेनामा

एक्कासी धानको भात पाक्दा अचम्म लाग्थो

र पो दसै आएझै लाग्थो ।

मुग्लानीहरु हररर अत्तर बास्ना आउदै

भरियालाई भारी बोकाएर

ढाकरमा खत्राक्कखुत्रुक सामन हालेर

टेप रेकर्डर घन्काउदै गाउ छिर्थे र पो दसै आएझै लाग्थो ।

गाउँमा नयाँ लुगा लगाएर

पैदलमार्ग हुँदै हिड्ने पैदलयात्री बाटोमा

दिनभरी हिड्दा र दिनभर पालोकुर्दा पनि

आफ्नो पालो नाआएपछि

घरमै आफ्नो मात्रै मनमौजी गर्नेगरी

प्राइभेट पिङ हालिदिनु पर्छ भनेर

आमाबासँग माग राखेर लडिबुडी खेल्दै

अनसन बसिन्थो

र पो दसै आएझै लाग्थो ।

दक्षिणामा पाएको सिक्का पैसा छन्द्राङछन्द्राङ पार्दै

हिड्न पाइन्थो

टिका लगाउदै हिड्दा कोहिकोही मान्यजनले

यो बज्जिया त छोरोमान्छे पो हो त ।

छोरो मान्छेलाई त दक्षिणा दिनु पर्दैन

भन्दै पैसा नदिएर जमरा मात्रै हातमा राखिदिदा

छोरी भएर नजन्मेकोमा पछुतो मानिन्थो

र पो दसै आएझै लाग्थो । _

_ तर खै त अहिले त्यो दसै ???

उफ सम्झिदा पनि बैराग लाग्छ्,

त्यसैले मागेर पाउने भए म

मेरो त्यो बेलाको दसै माग्थे ।

नागरिकतामा उमेर घटाएर फेरी

त्यो “बालापन ” फर्कने भए म

जुनसुकै मुल्य चुकाएर पनि

त्यो “बालापन ” साट्थे

तर अपसोच नियती सामु

म निरिह छु

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya