ठेकदारले ढुवानी नगर्दा हुम्लाको चामल मुगुमा थन्कियो!!

मुगु : ठेकदारले ढुवानी नगर्दा हुम्लाको चामल मुगुमा थन्किएको छ। खाद्य संस्थान शाखा हुम्लासँगै सर्केगाड डिपो, देउली र श्रीनगर बिक्री केन्द्रमा चामल लैजान ठेकदारले बेवास्ता गरेको हो।

खाद्य संस्थान मुगुका प्रमुख कर्ण रावलका अनुसार ओम जय दुर्गे अर्डर सप्लायर्सका प्रोप्राइटर दुर्गा बुढाले असोज ७ गते चामल ढुवानी गर्ने सम्झौता गरेका थिए। मुगुको गमगढी बजारबाट हुम्लाको सर्केगाड डिपोसम्म प्रतिकिलो ३० रुपैयाँका दरले ढुवानी गर्न बुढाले सकारेका थिए। उनले चालू आर्थिक वर्ष खाद्य संस्थान मुगुबाट १ हजार क्विन्टल र प्रदेश कार्यालय सुर्खेतबाट १ हजार ५ क्विन्टल ढुवानी गर्नुपर्नेछ।

हुम्ला लैजानुपर्ने चामल संस्थानमा मौज्दात छ। ढुवानी गर्न ठेकदारलाई ताकेता गरिएको कार्यालय प्रमुख रावलले बताए। यो चामल मुगुसम्म गाडीबाट ढुवानी गरिएको थियो। ठेकेदारले हुम्लासम्म खच्चडमार्फत लैजानुपर्छ। छायानाथ रारा नगरपालिका–१३ रुगागाउँबाट हुम्ला सिमानासम्म चल्दै आएका ट्र्याक्टर कर्णाली नदीको बहाव बढेपछि रोकिँदा समस्या भएको ठेकदार बुढाले बताए।

bhumi-sanrakshyan

चामल अभाव भएपछि हुम्ला बासिन्दाले एक साता हिँडेर मुगुबाट चामल लैजान थालेका छन। ठेकेदारले ढुवानी नगर्दा चामल लिन मुगु आउनुपरेको सर्केगाड गाउँपालिकाका रोशन फडेराले बताए। मुगु सदरमुकाम गमगढी र सोरु गाउँपालिका—८ तारापानीमा आएर चामल जोहो गर्नुपरेको उनको भनाइ छ।

खच्चडमार्फत चामल लैजानुपर्ने अवस्था रहेको हुम्ला सर्केगाड–३ का दिलबहादुर थापाले बताए। हुम्लाकै वीरबहादुर फडेराले तीन दिन लगाएर मुगुको सोरु—८ तारापानी आई व्यापारीसँग चामल खरिद गरेका छन। तत्काल हुम्लामा खाद्यान्न ढुवानी गर्न उनीहरूको माग छ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya