राम्रा कुराको पनि प्रचार गर्न मन्त्री बस्नेतको आग्रह

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सधै नकारात्मक समाचार मात्र नलेख्न आग्रह गदै राम्रा कुराको पनि प्रचार गर्न पत्रकारहरुलाई सुझाव दिएका छन् । जिल्ला समन्वय समितिले मंगलवार गरेको गत आर्थिक बर्षको समिक्षा वैठकलाई सम्बोधन गदै मन्त्री बस्नेतले भने ‘सधै केही पनि भएन भनेर कुप्रचार भयो । जिल्लाका उठान गर्नुपर्ने सकारात्मक कुराहरु पनि भएका छन् । त्यस तर्फ किन जाजरकोटी पत्रकारको कलम चल्दैन ।’ जिल्लामा केही हुँदैछ भन्ने मनोवल बढाऔ । मनोबल गिरेको मानसिकताले कसरी विकास गर्न गर्न सकिन्छ ? कसरी समृद्धि हुन्छ यता तिर पनि सवैको ध्यान जान जरुरी छ उनले भने ।

उनले भेरी करिडोर अन्तरर्गत रिम्ना – दल्ली सडक खण्डको यसै आर्थिक वर्षमा स्तरोन्नतीको काम हुँने बताए । पुर्वधार निर्माण नै विकासको पहिलो आधार भएकाले जिल्लाका सवै सडकको स्तरउन्नतीको लागि यसै आर्थिक वर्षबाट सुरु हुने मन्त्री बस्नेतको दावी छ । वातावरणीय प्रभाव मुल्याकनको काम करिव , करिव सकिएकोले सडकको स्तरोन्नतीको काम सुरु हुने छ । पिछडिएको जिल्लाबाट जाजरकोटको परिचय बदल्नका लागि धेरै दिन पर्खनु नपर्ने उनको भनाई छ । हामी काँहा विनियोजन भएको बजेटको भोलम हर्ने हो भने त्यो निकै अप्रयाप्त छ भन्ने होईन । बजेट आउने काम नहुने प्रबृत्तिको अन्त्य गर्न सरोकारवाला सवैले ध्यान दिनु पर्नेमा मन्त्री बस्नेतले जोड दिए ।

लुम्विनी – रारा सडक खण्ड अन्तरर्गत जाजरकोट खण्डको खलङ्गा –पाँचकाटिया सडक खण्डमा वजेट निर्धारण गरि काम गर्न लागिएको मन्त्री बस्नेतले जानकारी दिए । जिल्लाका अधिकांश ठाउँमा कच्ची सडक खन्ने काम भईरहेकाले कम्तिमा पहिलो चरणमा सवै स्थानीय तहमा सडक पिच गर्ने काम हुन्छ उनले भने ‘सडक निर्माण नै विकासको पहिलो आधार भएकाले सडक निर्माण पछि मात्र हाम्रा गाउँमा उत्पादित वस्तुहरु वजार सम्म पुग्न सहज हुन्छ । अर्थउर्पाजनको मुल आधार त्यहीबाट सुरु हुन्छ ।’

निर्माण गर्ने सडकको प्राथमिकता राखेर काम गर्न सडक डिभिजन कार्यालयलाई आग्रह गरिएको छ । जाजरकोट आएको वजेट खर्च गर्न नसक्दा समस्या भएको यर्थाथ बताउदै उनले नागरिक सचेत भएर खवरदारी लागि आग्रह समेत गरे ।

जनताको मनोवल नपढाईकन जिल्लाको प्रतिष्ठा नवढ्ने मन्त्री बस्नेतको भनाइ छ । जिल्लाका ३ ठाउँमा विद्युत प्रशारणका लागि सव स्टेशन निर्माण गर्न लागिएको भन्दै मन्त्री बस्नेतले उपलब्धी सुनाए । समीक्षा बैठकमा मंगलवार पालिकाहरुको प्रस्तुती नसकिएपछि बुधवार पुनः बैठक बस्ने छ । २ ओटा पालिकाको प्रस्तुती सकिएको छ भने ५ ओटाको बाँकी छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad