सातै प्रदेश प्रमुख सिफारिस, कुन प्रदेशमा को ?

काठमाडौं : सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सातै प्रदेशको प्रमुख नियुक्तिका लागि सिफारिस गरेको हो।

जसअन्तर्गत प्रदेश १ को प्रमुखमा सोमनाथ प्यासी, प्रदेश–२ मा तिलक परियार, प्रदेश–३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश–५ मा धर्मनाथ यादव, कर्णाली प्रदेश प्रमुखमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई नियुक्तिका लागि सिफारिस गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन्। सरकारले आइतबार बेलुकी नै मन्त्रिपरिषद् बैठक डाकेर प्रदेश प्रमुख नियुक्तिको तयारी गरे पनि नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखका नाममा सहमति बन्न सकेको थिएन।

bhumi-sanrakshyan

सचिवालयमा प्रदेश प्रमुख टु‌ंगो लगेपछि सोमबार नै मन्त्रिपरिषद् बैठक बसेर नियुक्तिको प्रक्रियाअघि बढाउने बताइएको छ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya