देउसी खेलेको रकम विपद् कोषमा

राजेन्द्र कार्की । जाजरकोट

तिहारमा देउसी भैलेर संकलन भएको रकम अधिकांशले भोज खान र मोज मस्तीमै खर्चिने गर्दछन् । तर कतिपयले त्यही पैसा सामाजिक कार्यमा समेत लगाएर उदाहरणीय काम समेत गर्ने गर्दछन् ।


त्यस्तै उदाहरणीय काम जाजरकोट युवा क्रिकेट क्लव ( जेवाईसीसी)ले गरेको छ । क्लीन जाजरकोट ग्रिन जाजरकोट अभियान चलाईरहेको जेवाईसीसीले देउसीबाट संकलन भएको केही रकम आपत विपतको बेला सहयोग गर्न स्थापना भएको जिल्ला दैवीप्रकोप राहत कोषमा सहयोग गर्ने निर्णय गरेको अध्यक्ष अनिशकुमार कार्कीले बताए । देउसीभैलीबाट संकलन भएको ३२ हजार तीन सय ६० रुपैया मध्य ३१ प्रतिशत अर्थात १० हजार रुपैया विपद् कोषमा दिने निर्णय गरिएको अध्यक्ष कार्कीले बताए । उनले भने ‘थोरै भएपनि विपद्मा परेकाहरुको लागी सहयोग पुगोस भनेर कोषमा उक्त रकम दिने निर्णय गरिएको हो । केही दिनमा उक्त रकम हस्तान्तरण गरिनेछ ।’ जेवाईसीसीको उक्त कार्यको स्थानियले प्रशंसा गरेका छन् ।

bhumi-sanrakshyan
क्लीन जाजरकोट ग्रिन जाजरकोट अभियानको देउसी

यस अघि जेवाईसीसीको नेतृत्वमा गरिएको च्यारिटी सोबाट संकलित रकम जिल्ला अस्पतालको अत्यावश्यक स्थानमा बत्ति जडानमा खर्च गरिने भएको अध्यक्ष कार्कीले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya