पाक्न लागेको धान असिनापानीले नष्ट

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको कुशे १ धाउनीमा पाक्न लागेको धान असिनापानीले नष्ट गरिदिएको छ ।
दशैको दिन आएको आसिनापानीले धानबाली नष्ट गरि गरिदिएपछि किसान चिन्तित भएका छन् । धाउनीमा करीव ४० घरपरिवारको धानखेत छ । कम्तिमा दुई मुरी देखी २० मुरी धान असिनाले नष्ट पारिदिएको कुशे १ का वडाध्यक्ष गोपाल नेपालीले बताए । असिनाले करीव तीन सय मुरी धान नष्ट गरिदिएको उनको भनाई छ । भित्र्याउने बेलाको धान असिनाले झारीदिएपछि किसानहरु चिन्तित भएको वडाध्यक्ष नेपालीले बताए । धानका साथै असिनाले फलफुल, सिमी लगायतका तरकारीबालीमा समेत क्षतिपुरयाएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad