कविता छोरा प्रतिभा अर्पण -जाजरकोट

स्कुल हिँडिरहेको छोरा

स्कुल जानलाई तयार भएको छोराले
फेरि एकपटक सोध्यो-“मम्मी आज पनि स्कुल बन्द हो कि?”
मैले झर्केर उत्तर दिएँ-“हैन क्या छिटो जा!”

किनकि म पनि अफिस जानु थियो
हतारमै थिएँ

bhumi-sanrakshyan

त्यसपछि आफ्नै तौल जत्तिको
किताबको झोला बोकेर
जुत्ताको तुना बाँधिदिन भन्दै म नजिक आयो
मैले उसैगरी मौन सन्किएर तुना कसिदिएँ
र,ढोका बाहिरै गएर हेरेँ
झोला बोकेर स्कुल हिँडिरहेको छोरा

मैले हेरिरहेँ,उ हिँडिरह्यो…
झोला गह्रौँ थियो
लाग्यो उ भरिया हो किताबहरुको
उसले बोक्नैपर्छ दिनहुँ किताबको भारी
जसरी दिनहुँ बोक्छ मजदुरले साहुको भारी

मलाई मन थियो
उसको हात समाएर,झोला बोकिदिएर
स्कुलको कोठासम्म उसंगै जान
दिनैभरी,पिरियडैभरि
उसैसँग जीवन सिक्न र सिकाईरहन

मलाई सँधै लागिरहन्छ
मेरो छोरालाई दिनैभरी जीवन सिकाईयोस
उसले बाँचिरहेको सँस्कार र समाज पढाईयोस
तर होमवर्क नदिईयोस
नबोकाईयोस
दर्जन बढी किताबको भारी
बरु पढाईयोस
उसका रहर र चन्चलता माझिने बिषयहरु

अनि म एउटा अर्को कुरा पनि सोचिरहन्छु
मेरो छोरालाई पढाउने गुरुजनको घरमा
मेरै छोराजस्तो एक सन्तान होस्
उस्तै रहर र चन्चलता होस्

अनि
मेरो छोराजस्तै प्रत्येक शिष्यहरुले
आफ्ना गुरुजनमा आफ्नै अभिभावकिय स्वरुप भेटुन्
र,
अंगालेर रुन र हाँस्न सकुन्
आफ्नो पीडा र हर्ष मनाउहरुमा

मैले जस्तै हेरिरहन्छिन आमा
प्रतिदिन घरघरबाट …
प्रतिथान सपना बोकेर
स्कुल हिँडिरहेका सन्तान,
स्कुल हिँडिरहेको छोरा।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya