बासुदेव शर्मा । जाजरकोट
जाजरकोट प्रहरीले सामुदायिक विद्यालयमा मानव बेचविखन र लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतनामुलक कार्यक्रम शुरु गरेको छ । १२ वर्ष देखि २० वर्ष उमेरका किशोरकिशोरीहरु लागुऔषध दुव्र्यसनीको कुलतमा फस्ने र बेचविखनमा पर्ने भएकोले उनीहरुलाई लक्षित गरी विद्यालयमा सचेनता अभियान संचालन गरिएको प्रहरीले जनाएको छ ।
माध्यमिक विद्यालयमा कार्यक्रम गर्दा प्रभावकारी हुन्छ भन्ने उद्धेश्यले कक्षा ८ देखी १२ कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई लक्षित गरी लागुऔषध दुव्र्यसनी बिरुद्धको कक्षा संचालन गरिएको प्रहरीको भनाई छ । माध्यमिक विद्यालयमा अध्ययन गर्ने १२ देखी २० वर्ष उमेरका विद्यार्थीहरु कुलतमा फस्ने संभावना बढी हुने भएकोले उनीहरुलाई केन्द्रित गर्दै लागु औषध विरुद्धको सचेतना प्रशिक्षण संचालन गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका जिल्ला प्रहरी प्रमुख श्याम बहादुर खत्रीले वताए ।
बिद्यालयमा नियामित आफनै पाठयपुस्तक अध्ययन अध्यापन गरेको विद्यार्थीलाई लागु औषध दुव्र्यसन विरुद्धको प्रशिक्षणले नयाँ ज्ञानका साथै लागु पदार्थ सेवन, मानव बेचविखन ओसार पसार कसरी हुन्छ भन्ने कुराको जानकारी गराएको डिएस्पी खत्रीले बताए ।
जाजरकोटका सात वटै स्थानिय तहका माध्यामिक विद्यालयमा यो कार्यक्रम संचालन गरिने प्रहरीले योजना बनाएको छ । प्रहरी प्रशिक्षणबाट समाजमा हुने अपराधजन्य कार्य गरे कानुनले व्यवस्था गरेको सजाय लगाएत लागुऔषधले मानिसमा पर्ने असरका विषयमा जानकारी पाएको त्रिभुवन माध्यामिक विद्यालय खलंगाका छात्र अमिन विकले वताए ।
८ कक्षा देखि १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई लागु औषध भनेको के हो ? व्यक्ति, परिवार, समाज तथा राष्ट̯लाई के कस्तो प्रभाव पार्दछ ? लागु औषध मानिसहरुले के कारणले सेवन गर्छन भन्ने विषयमा जानकारी गराएको हो ।
लागु औषध सेवन गरेपछि देखापर्ने लक्षण,कुलतमा फसेका व्यक्तिहरुलाई सुधार गर्न सक्ने उपाय, सेवन, ओसार पसार ,गर्ने व्यक्तिहरुलाई लागु औषध नियन्त्रण सम्वन्धि वनेको ऐन २०३३ ले नेपालमा व्यवस्था गरेको कानुन र सजायको प्रशिक्षार्थीहरुलाई जानकारी गराएको जिल्ला प्रहरी प्रमुख खत्रीले वताए ।