सिडिओ र सहायक सिडिओ वीच कार्यसम्पादन सम्झौता

बासुदेव शर्मा । जाजरकोट

नेपाल सरकारको निति अनुसार जिल्लामा संचालन गरिने कार्यक्रम लगाएत शान्ति सुरक्षालाई वलियो बनाउने तथा जिल्ला प्रशासन कार्यालयबाट सम्पन्न हुने कामलाई व्यवस्थित रुपमा संचालन गर्न प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी विच कार्यसम्पादन सम्झौता भएको छ ।
प्रमुख जिल्ला अधिकारीको कार्य कक्षमा आयोजित कार्यक्रममा कार्यालयको वार्षिक कार्ययोजनालाई सफल रुपमा कार्य सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी ललित कुमार वस्नेत र सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहानी विच कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर भई कार्य सम्पादनको जिम्मेवारी सहायक प्रमुख जिल्ला अधिकारी सहानीलाई हस्तान्तरण गरेका हुन् ।

कार्य सम्पादन सम्झौता पत्र हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी वस्नेतले विगतका वर्षमा जिल्ला प्रशासन कार्यालयबाट कामहरु सम्पन्न हुने गरेका थिए । गर्नु पर्ने महत्वपुर्ण काम छुट्ने गरेकोले आगामी वर्षका कामलाई व्यवस्थित रुपमा संचालन गर्न समग्र विकास योजना लगाएत सुशासन मैत्री जिल्ला निर्माण गर्न कार्य सम्पादन सम्झौता गर्न लागेको प्रमुख जिल्ला अधिकारी वस्नेतले वताए ।

bhumi-sanrakshyan

आफनो वसाई अव यस जिल्लामा डाडा माथिको घाम जस्तै भएकोले पछि आउने प्रमुख जिल्ला अधिकारीलाई आफु जस्तै खोज खवर गरी कार्यक्रम गर्नु पर्ने नहोस भन्नको लागी शुरुवात गरेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयबाट जहिले पनि नागरिकता र राहादानी मात्र दिने भनेर जनताले चिन्ने गरेकोले जिल्ला प्रशासन कार्यालयले गर्नु पर्ने काम धेरै भएकोले जनतालाई जानकारी गराउन आवश्यक रहेको प्रजिअ वस्नेतले आग्रह गरे ।
सुचनाको हकलाई व्यवस्थित गर्न सुनचा अधिकारीको लिस्ट सवै कार्यालयबाट जिल्ला प्रशासन कार्यालयमा आएको तर नियामित वैठक नवस्ने गरेकोले नियमित वैठक वसाली सुचनालाई जनता सम्म पुरयाउने वताए ।

लोकतन्त्रमा जनताको मेरुदण्डका रुपमा रहेको सुचनालाई व्यवथित गरी लिनको लागी नियामित बैठक गर्ने, जिल्लाका सरकारी कार्यालयहरुले सम्पन्न गरेका कार्यक्रमहरुको चौमासिक रुपमा सार्वजनिक सुनुवाई लगाएत कार्यक्रमहरु गरी जनतालाई सुचनाले सु सम्पन्न गर्ने प्रमुख जिल्ला अधिकारी वस्नेतले वताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya