आमा,सन्तान र विकास प्रतिभा अर्पण


हुर्काई सन्तान,
गर्नु छ विकास,
बनेर आमा ।
बाबू !!
मेरै हातलाई औजार बनाएर खेलको
मेरै जीउलाई खेल मैदान बनाएर खेलको
तिमी खेल्छौ निष्फिक्री
मेरो दैनिकीमा,चाहानामा
र जीवनमा ।

म हिँड्न सकौँला कति दिन!
भोलि बेगरको योजना बनाएर
म जित्न सकौँला कतिलाई!
आधारबिनाको युद्ध लडेर
म गरौँला कस्तो विकास….!!
पराग हराएको जीवन बोकेर
हो,बाबू!!
म सोचिरहेछु यतिखेर
बनेर आमा,हुर्काई सन्तान गर्नुछ विकास ……

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya