त्रिपाल भित्रको त्यो पिडा

जाजरकोट : पुस महिनाको चिसो सिरेटो। तप तप शीत चुहिने त्रिपालभित्र भेरी नगरपालिका—४ कि ३० वर्षीया माया शाह बुढाका आँखाबाट पनि त्यसरी नै आँसु चुहिरहन्छन्। शीतका थोपासँगै अनिश्चित भविष्यको चिन्तामा छन् उनी। मायाका आँसु थामिदिने कोही छैनन्।

आफ्नो भन्दा साना नाबालक दुई छोराको भविष्य निर्माणको चिन्ताले मायालाई सताइरहेको छ। उनका श्रीमान् गाडी चलाउँथे। जेनतेन राम्रै चलिरहेको थियो। के खाऊँ के लाऊँ भन्ने चिन्ता थिएन तर गत भदौमा श्रीमान् भरत बुढाले आत्महत्या गरेर प्राण त्यागेपछि मायाको जिन्दगी निकै कष्टकर बन्दै गएको हो। सासूससुरा बिरामी हुनुहुन्छ। सात र तीन वर्षका दुई छोराहरू सानै छन्। ससुरा पदमबहादुर बुढा मिर्गौला रोगी र सासू राधिका दमको बिमारी हुनुहुन्छ। काम गर्न सक्नुहुन्न, मायाले भनिन्– ‘कुशे गाउँपालिकामा रहेको घर भूकम्पले ढल्यो। सदरमुकाम खलंगामा भाडामा बस्ने घर पनि भूकम्पले भत्काइदियो। चर्केकै घरमा बसिरहेका थियौं। श्रीमान्को मृत्युपछि कोठा भाडा तिर्ने पैसा नभएपछि सार्वजनिक जग्गामा त्रिपाल टाँगेर गुजरा चलाइरहेका छौं। न खाने गाँस छ न बस्ने बास नै। न त रोजगारी छ न अन्य केही कमाइ र आम्दानी।’

म आफैं पनि बिरामी छु। तै पनि सकिनसकी ज्यालामजदुरी गर्छु। पाँच जनाको जहानको छाक कसरी टारुँ ? छोराहरू कसरी पढाउँ ? एकसरो लुगाले रातभरको सिरेटो र शीत छल्नै सक्दैन । चिसोले निन्द्रै पदैन । उनले जिन्दगीदेखि नै विरक्त लागेर आएको गुनासो सुनाइन्। उनी भन्छिन्, ‘जोडा (श्रीमान्)ले छोडेर गएपछि वृद्ध सासूससुराको लालनपालन, औषधि उपचार र छोराहरूको पढाइलेखाइ तथा भविष्य बनाउने मेरै जिम्मा आइलाग्यो। म एउटी अवला नारीले यो सबै कसरी गर्न सक्छु।’

bhumi-sanrakshyan

उनले विश्वासिलो संस्थाले छोराहरूलाई पढाइदिने भए आफू जिम्मा दिन तयार रहेको बताइन्। हामीले पढ्न नसके पनि छोराहरूलाई पढाएर ठूलो मान्छे बनाउने सोच छ तर भाग्यले ठगेपछि कसको के लाग्छ र उनले भनिन् ‘हामी अभागीलाई आज के खाने भरे के खाने ? कसरी खानेकुरा जुटाउने भन्ने चिन्ताले सताइरहेको छ। कसरी छोरा पढाउँ ?’ आफ्नो पीडा सुनाइरहँदा उनको पटक–पटक गला अवरुद्ध भएको थियो। आँखाबाट आँसु छचल्किरहेको थियो।

दमकी बिमारी राधिका (सासू)लाई पनि नातिहरूको भविष्यको चिन्ताले सताइरहेको छ। लक्का जवान दुई छोराहरू गुमाए पनि उनी अचेल प्रायः टोलाई रहन्छिन्। जेठो छोराले गत भदौमा आत्महत्या गर्‍यो। कान्छो छोरा गणेश सोती हत्या काण्डमा नवराज विकसँगै मारियो। दुई घटनामा दुवै छोरा गुमाएकी राधिका रहर लाग्दा नातिहरू हेरेर चित्त बुझाउन बाध्य छन्।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya