राजेन्द्र कार्की । जाजरकोट
भुकम्प गएको दुई महिना सम्म पनि अस्थायी आवासको पहिलो किस्ताको रकम भुकम्प पिडित परिवारलाई दिन नसकेको भन्दै नेपाली काँग्रेस नलगाडले जाजरकोटको नलगाड नगरपालिकाको ध्यानाकर्षण गराएको छ । दुई दिन भित्र अस्थायी आवासका लागि संघिय सरकारले पठाएको रकम लाभग्राहीलाई वितरण नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
काँग्रेसले नलगाड नगरपालिकालाई तीन बुदे ज्ञापन पत्र बुझाउँदै यस्तो चेतावनी दिएको हो ।
नेपाली काँग्रेस नलगाडले दिएको ज्ञापनपत्रमा भुकम्प पिडितलाई अस्थायी अवासाका निर्माणका लागि प्रथम किस्ता वापतपको रकम जिल्ला विपद ब्यवस्थापन समितिले नलगपालिकाको खातामा पठाएको हप्तौ हुँदा पनि नगरपालिकाको चरम लापरवाहीले हाल सम्म निकासा हुन नसकेको, सरकारी तथा गैरसरकारी, निजी क्षेत्र, ब्यक्तिगत सहयोग वापत के कति रकम प्राप्त भयो, कुन वडामा कति राहत पठाईयो, कसले कति प्राप्त गरे सम्पुर्ण विवरण सार्वजनिक गर्नु पर्ने, १५ सैयाको नगर अस्पतालमा तत्काल डाक्टर सहितको गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने माग गरिएको पार्टी प्रवक्ता देवीलाल वलीले बताए । आफ्ना माग दुई दिन भित्र सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी दिए । राहत वितरणमा पनि बद्मासी भएको छ । अस्थायी आवासको रकम वितरणमा पनि निकै ढिलासुस्ती भयो । छिटो छरितो काम गर्न र राहत वितरणमा पारदर्शिता कायम गर्न भएर ज्ञापन पत्र बुझाएको उनले बताए ।
नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावत यतिवेला जिल्ला बाहिरै छन् । जिल्ला बाहिरै रहेका प्रमुख प्रशासकिय अधिकृत दिनेश भट्टराई पनि विहिवार मात्र आएका छन् । प्रमुख प्रशासकिय अधिकृत नहुँदा रकम निकासामा ढिलाई भएको हो । ८ हजार ९७ लाभग्राही कायम भै सवै सँग सम्झौता भएपनि हाल सम्म २ सय ३४ जनाको खातामा मात्र निकासा गरिएको छ । नगरपालिकाको खातामा २० करोड रुपैया होल्ड भएर बसेको छ । नलगाडमा सत्तारुढ माओवादी केन्द्रले मेयर जितेको हो ।

