भुकम्प प्रभावित क्षेत्रमा दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप अभियान

राजेन्द्र कार्की । जाजरकोट
सरकारले भूकम्प प्रभावित क्षेत्रमा दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । भूकम्प प्रभावित जिल्लामा बिहीबारदेखि दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न थालिएको हो ।

दादुराविरुद्धको खोप भूकम्प प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा तथा टाइफाइडविरुद्धको खोप ती दुई जिल्ला जाजरकोट र पश्चिम रुकुम सहित आसपासका जिल्ला सुर्खेत, सल्यान, दैलेख, कालीकोट र जुम्लामा सञ्चालन गरिने स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा.प्रतिक्षा भारतीले बताईन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय सुचना तथा सञ्चार केन्द्र राष्ट्रिय खोप कार्यक्रम मार्फत भुकम्प प्रभावित कर्णालीका सात जिल्लामा खोप कार्यक्रम संचालन गर्न थालिएको स्वास्थ्य सेवा कार्यालय कि प्रमुख डा. भारतीले जानकारी दिईन ।

उनका अनुसार दादुरा–रुवेलाविरुद्धको खोप छ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई र टाइफाइडविरुद्धको खोप १६ वर्षदेखि ४५ वर्षसम्मका सबैलाई लगाइनेछ ।
उनले जाजरकोटमा दुई वर्षअघि दादुरा देखिएकाले पुनः नदेखियोस् भनेर खोप लगाउन थालिएको बताईन । उनले भनिन–‘भूकम्पपछि महामारी हुनसक्ने सम्भावना रहन्छ, तीमध्ये सबैभन्दा बढी दादुरा–रुवेला र टाइफाइड हुनसक्ने सम्भावना रहन्छ । भुकम्प प्रभावित क्षेत्रमा आर्थिक अभावले बालबालिकामा पोषण पनि कमी, दूषित खानेपानीको प्रयोग, त्रिपालको बसाई लगायतका कारण समस्या हुने भएकोले दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न थालिएको हो ।’

bhumi-sanrakshyan

स्वास्थ्य सेवा कार्यालयका अुनसार छ महिनादेखि १५ वर्षसम्मका एक लाख ५० हजार र १६ वर्षदेखि ४५ वर्षसम्मको लक्षित जनसंख्या छ लाख ५० हजार रहेको छ । जाजरकोटमा मात्र ६ महिना देखि १५ बर्ष सम्मका ६८ हजार ९ सय १९ र १६ देखि ४५ बर्ष सम्मका ८६ हजार ६ सय ३६ जना रहेका छन् । खोप अभियान यही पुस ५ गते देखि पुस १४ गतेसम्म सञ्चालन हुनेछ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya