भुकम्प पिडितलाई पाँचताराले दियो एक करोडको राहत सामग्री

राजेन्द्र कार्की । जाजरकोट
वल्र्ड भिजन नेपालको साझेदारीमा पाँचतारा युवा संरक्षक मञ्चले जाजरकोटका भुुकम्प पिडित परिवारलाई करीव एक करोड बराबरको राहत सामग्री वितरण गरेको छ । पाँचताराले नलगाड र भेरी नगरपालिकाका ६ सय ६४ परिवारलाई राहत सामग्री वितरण गरेको छ भने जिल्ला विपद् ब्यवस्थापन समिति जाजरकोटलाई पनि राहत सामग्री हस्तान्तरण गरेको छ ।

भुकम्प पिडितलाई खाद्य तथा गैरखाद्य सामग्री वितरण गरिएको पाँच तारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्तले बताए । उनका अनुसार खाद्य सामग्री अन्र्तगत प्रति परिवार २५ केजी चामल, ३ केजी दाल, एक केजी नुन, एक केजी चिनी र एक लिटर तेल वितरण गरिएको छ । त्यस्तै गैरखाद्य सामग्री अन्र्तगत २ थान त्रिपाल, २ थान झुल, २ सेट डोरी, म्याट, चटाई, पिफर्म, भाँडावर्तन लगायतका सामग्री वितरण गरिएको छ । प्रति परिवार साढे तेह्र हजारका दरले ८९ लाख ६४ हजार बराबरको सामग्री प्रदान गरिएको हो । त्यस्तै जिल्ला विपद् ब्यवस्थापन समितिलाई पाँच सय थान त्रिपाल, पाँच सय सेट डोरी र पाँच सय थान पिफर्म गरेर करीब ८ लाख बराबरको सामग्री हस्तान्तर गरिएको हो । भुकम्पको विपत्ति भएको १५ दिन भित्र आवश्यकताका आधारमा एक हजार परिवार सम्मलाई राहत सामग्री गर्ने लक्ष्य अनुुसार अझै आवश्यक परेको भनेर जिल्ला विपद ब्यवस्थापन समितिले आग्रह गरेको खण्डमा अझै तीन सय ३ सय ३६ परिवारलाई राहत सामग्री प्रदान गर्न सकिने पाँचताराका अध्यक्ष पन्तले बताए ।

त्यस्तै ह्यान्डिकप इन्टरनेशनलको साझेदारीमा पाँचतारा युवा संरक्षक मञ्चले एक सय ७६ परिवारलाई राहत प्याकेज र सेभ द चिल्ड्रेन तथा पहाडी क्षेत्र विकास अभियानको साझेदारीमा ४२३ परिवारलाई जिल्ला विपद ब्यवस्थापन समिति र स्थानिय पालिकाको समन्वयमा वितरण गरेको अध्यक्ष पन्तले जानकारी दिए । जाजरकोटमा परेको विपत्तिमा यी संस्थाले गरेको योगदानको जिल्लामा उच्च प्रशंसा भएको छ । गत १७ कार्तिकको मध्यरातमा आएको भुकम्पमा परि एक सय एक जनाको ज्यान गएको छ भने तीन सय बढी घाइते भएका छन् । ३४ हजार बढी घरधुरी भुकम्पमा परि विस्थापित भएका छन् ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya