माया घर्ती । जाजरकोट
गाउँघरमा रोजगारीको कुनै पनि अवर नपाएर दैनिक जसो युवाहरु बैदेशिक रोजगारीमा विदेश पलाइन भइ रहेका छन् । रोजगारीको खोजीमा युवाहरु खाडि मुलुक धाइरहेका बेला जाजरकोटको नलगाड नगरपालिका ४ औलका एक युवाले गाउँमै रोजगारी सिर्जना गरेर लोभलाग्दो आम्दानी गर्न सफल भएका छन् । नलगाड नगरपालिका ४, औलका बिष्णु रावलले तमाटर खेती व्यवसाय गरेर लोभलाग्दो आम्दानी गर्न सफल हुनु भएको छ । यस व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि यस पेशा प्रती रावलको आक्रसन बढेको हो । एक बर्ष टमार व्यवसाय थालेका रावलले दैनिक १० किलो टमाटर वजारसम्म लिले गरेका छन । टमाटर विक्रीबाट दिनमा १ हजार आम्दानी गर्दै आएका छन । बजारमा टमाटरको माग धेरै रहेको र एक किलोको टमाटर ८० देखि एक सय रुपैंयामा विक्री हुने गरेको रावलको भनाइ छ ।
कृषि विकास शाखा नलगाडबाट कृषि प्राविधिक तालिम तथा टमाटरको विउँ र पहाडी क्षेत्र विकास क्षेत्र अभियान जाजरकोटबाट सन्चालित सुआहारा कार्यक्रमबाट पलाष्टिक टनेल पाएका रावलले यसरी खेतीको सुरुवात गरेका हुन । यसबाट राम्रो आम्दानी भइ रहेको छ, बिदेशमा गएर अर्काको काम गर्नु भन्दा आफ्नै गाउँघरमा रोजगारी गरेर मनग्य आम्दानी लिन सकिने उनको सुझाव छ । यस व्यवसायबाट घर व्यवहार चलाउन र छोराछारीलाई पढाउन सजिलो भएको उनको भनाइ छ । अन्य पेसा भन्दा यो व्यवसाय सहज भएको र आम्दानी राम्रो भएको भनाइ छ । नलगाड ४ का वडा अध्यक्ष बद्री पन्तले गाउँघरमै रोजगारीका प्रसस्तै सम्भावना भएको बताउदै वास्तविक व्यवसाय गर्नेहरुले सरकारी अनुदान पाउँन नसकेको र यसका लागि सरकारी अनुदान व्यवस्था गरेर वेरोजगार युवाहरुलाई रोजगारी सिर्जना गर्नु पर्ने बताए । गाउँघरमा रोजगारीका धेरै राम्रा सम्भावना भएर पनि कमैले मात्र रोजगारी गरेको पाइन्छ । मेहनत गरे गाउँघरमै सुन फलाउन सकिन्छ, अध्यक्ष पन्तले भने । उद्यममा लागेका युवाले वडालाई आर्थिक रूपमा सबल बनाउन मद्दत गरिरहेको पन्तको भनाइ छ । “हामीले अनुदानका लागि पहल गर्ने छौँ, बजारीकरणको लागि मद्दत गर्नेछौँ ।” वडा सरकारको पहलबाट म जस्तै धेरैले टमाटर लगाएत तरकारी व्यवसायबाट आफू लगाएतलाई आत्मनिर्भर बन्न बल दिएको रावलले बताएका छन ।


