April 28 - 2024, Sunday१६ बैशाख २०८१, आईतवार

नलगाड ४ मा अस्थायी आवासको पहिलो किस्ता रकम नगदै वितरण

प्रवाह संवाददाता । जाजरकोट
जाजरकोट – नलगाड नगरपालिका वडा न.ं ४ का भुकम्प प्रभावितहरुको पहिलो किस्ता अस्थायी आवासको रकम वितरण गरेको छ । वडाका ४ सय ५१ जनाको १ करोड १२ लाख ७५ हजार रकम वितरण गरिएको वडा अध्यक्ष बद्री पन्तले बताए ।
भुकम्प पिडित २ सय १० जनाको पहिलो किस्ता रकम बैंकबाट र २ सय ४१ जनाको रकम वडा कार्यालयबाट वितरण भएको अध्यक्ष पन्तले बताए । वडा कार्यालयबाटै रकम पाउँदा धेरै सहज भएको भुकम्प पिडीत माया रावलले बताए । वडामा ९५ प्रतिशत अस्थायी आवास निर्माण भइ सकेका र भुकम्प पिडित सवै अस्थायी आवासमा सरिसकेका पनि अध्यक्ष पन्तले भने । थोरै जनाको मात्र टहरा बन्नाउन बाँकी रहेको छ । पहिलो किस्ता रकम वितरण गर्ने नलगाड ४ पहिलो वडा बनेको छ । दोस्रो किस्ता रकम पनि छिटै दिन सरकारलाई पिडितले माग गरेका छन ।

लाभग्राही भुकम्प पिडितले अस्थायी आवासकै अनुदान लिनका लागि दोस्रो किस्ता रकम लिन अनिवार्य बैंक खाता खोल्नु पर्ने अध्यक्ष पन्तले भने । पहिलो किस्ता रकम त वडाबाटै वितरण गरियो तर दोस्रो किस्ता रकम लाभग्राहीको खाताबाटै दिनुपर्छ पन्तले भने । वडामा भारतबाट आएका तथा सम्झौता गर्न छुटेका करिव ३० वढी लाभग्राही रहेको वडाले जनाएको छ । अस्थायी आवासका लागि पालिकामा सम्झौताका लागि पठाउने तयारी भएको अध्यक्ष पन्तले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad