April 27 - 2024, Saturday१५ बैशाख २०८१, शनिबार

भुकम्प प्रभावित क्षेत्रमा रेडक्रसले यसरी बनाउँदैछ अस्थायी आवास

राजेन्द्र कार्की । जाजरकोट
भुकम्पले घर भत्किएपछि भेरी नगरपालिका १ रिम्नाका कमल रानाको परिवार त्रिपालमा बस्दै आएको छ । अहिले उनको परिवार अस्थायी आवास बनाउन ब्यस्त छ । रेडक्रसको सहयोगमा अस्थायी टहरा निर्माणको काम भैरहेको छ तर अझै लिपपोत गर्न बाँकी नै छ । माघको पहिलो साता टहरामा सर्ने उनको योजना छ । रेडक्रसले अस्थायी आवास सँगसँगै खानेपानी र शौचालयका लागि पनि सहयोग गदैछ । थप सहयोग पाइने भएपछि उनी निकै खुसी छन् ।

भुकम्पले घर भत्किएपछि श्रीमति गुमाएका भेरी नगरपालिका १ का टीकाराम रानाको टहरा पनि बन्ने क्रममा छ । उनी आफै पनि घाइते छन् । दुवै खुट्टा भाँचिएपछि नेपालगञ्ज उपचार गराएर फर्किएका उनी अझै उभिन सक्दैनन् । दुवै खुट्टामा रड राखिएको छ । तीन महिना पछि रड निकाल्ने भनेको छ । म हिडडुल गर्न सक्दिन । मेरो घर रेडक्रसले बनाइदिदै छ उनले भने ‘पापी भुकम्पले श्रीमति(जोडा) खोस्यो, घर उजाडियो म आफै घाइते भएर अशक्त छु । मेरो घर रेडक्रसले बनाइदिदैछ । जहाँ दुःख त्यहाँ रेडक्रस भन्थे साँच्चै रहेछ । मनमा पिडा भएपनि रेडक्रसको सहयोगबाट खुसी छु ।’


यतिवेला रिम्ना गाँउमा टहरा निर्माणको काम तिव्र रुपले भैरहेको छ । कोही टिन ठोक्दै छन् । कोही खाँबा गाड्दै छन् । भुकम्प प्रभावित जाजरकोटमा यतिवेला अस्थायी टहराको काम धमाधम भैरहेको छ रेडक्रस लगायतका केही संघ संस्थाको सहयोग र सरकारको सहयोगमा अस्थायी टहरा बनाउने काम तिव्र गतिमा भैरहेको वडा नम्बर १ का वडाध्यक्ष दीपक रानाले बताए । मंसिर भित्र अस्थायी टहरा बनाउने भनेपनि विभिन्न प्रक्रियागत कठिनाईका कारण रकम निकासामा ढिलाई भएको उनले बताए । तर काम थालेपछि सवैभन्दा रेडक्रसको कामले तिव्रता पाएको उनको भनाई छ । भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले पनि रेडक्रसले तिव्र गतिमा काम गरेकोमा उच्च प्रसंसा गरेका छन् ।

आफ्नो वडाको धेरैजसो लाभग्राहीको खातामा रकम गैसकेकोले टहरा बनाउने कामले गति लिएको अध्यक्ष रानाको भनाई छ । रेडक्रसले वडा नम्बर १ मा २ सय ५० र वडा नम्बर ३ मा एक सय परिवार गरी तीन सय ५० परिवारलाई अस्थायी आवास, खानेपानी र शौचालयमा सहयोग गरिरहेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोटका सभापति हरिवहादुर बस्नेतले बताए । अस्थायी आवास, खानेपानी टयांकी, शौचालय र थप नगद सहयोग सहित प्रतिपरिवार ८७ हजार रुपैया लाभग्राहीको खातामा रकम उपलब्ध गराउने योजना अनुसार पहिलो किस्ताको ५४ हजार रुपैया सवै लाभग्राहीको खातामा पठाइसकिएको सभापति बस्नेतले बताए । जिल्ला विपद न्युनिकरण तथा ब्यवस्थापन समितिले रेडक्रसलाई भेरी नगरपालिकामा कार्य क्षेत्र तोकेको र स्थानिय विपद् न्युनिकरण तथा ब्यवस्थापन समितिले भेरीका वडा नम्बर १, २ र ३ तोकेको छ । रेडक्रसले अस्थायी आवास बनाउने तीन सय परिवार सहित एक हजार ६ सय ५० परिवारलाई १५ हजारका दरले जुनसुकै क्षेत्रमा खर्च गर्न पाउने गरी थप सहायता प्रदान गर्न थालेको उनले जानकारी दिए । स्थानिय स्वयमसेवक र प्रविधिक परिचालन गरेर सरकारले तोकेको अस्थायी आवास कार्यविधि अनुसार नै रेडक्रसले काम गरिरहेको नेपाल रेडक्रस सोसाईटी जाजरकोटका मन्त्री धिरेन्द्र शाहले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad