April 28 - 2024, Sunday१६ बैशाख २०८१, आईतवार

खाजा खर्च कटाएर भुकम्प पिडित विद्यार्थीलाई न्यानो कपडा

प्रवाह संवाददाता । जाजरकोट
पाँचतारा युवा संरक्षक मन्च जाजरकोटमा कार्यरत कर्मचारी र पदाधिकारीले आफ्नो खाजा खर्च कटाएर भुकम्प पिडित विद्यार्थीलाई स्वीटर र टोपी प्रदान गरिएको छ । पाँच ताराका अध्यक्ष छवि पन्त सहितका पदाधिकारी र कर्मचारी गरि ६३ जनाले दैनिक ३० रुपैया खाजा खर्च कटाएर नरज्योती प्राथमिक विद्यालय, विजय प्रावि स्याला र हनुमान प्राथमिक विद्यालय थाप्लेका एक सय ५० जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको हो ।

अध्यक्ष पन्तले भने–‘हाम्रो खाजा कटाएर बिद्यार्थिलाई स्विटर र न्यानो टोपी प्रदान गरेका छौ । सानो सहयोगले भाईबहिनिको मुहारमा खुसि देख्न सानै काम काफि हुदोरहेछ, प्रति दिन ३० रुपैयाको खाजा कटाएर ६० दिनसम्म संकलित रकमबाट १५० जना स्कुले भाईबहिनिलाई जाडो सिजनको सहयोगि बनेका हौ, बिपत्तिको समयमा हाम्रा बिलासिता, मोजमस्ति, महंगा जिवनशैली रुपान्तर गर्नु पर्छ भनेर यस पुण्यको कार्यमा जोडिनु हुने संस्थाका कार्यसमिति,कर्मचारी सबैमा हार्दिक आभार ब्यक्त गर्दछु ।’
संस्थागत अपरिहार्यता ओझेलमा पर्दै जानु र ब्यक्ति केन्द्रित बिषय प्राथमिकता पर्दै जानु हाम्रो समाजका सबैभन्दा महंगा बिषय हुन । तसर्थ आजका निर्णयकर्ता सबैले नबिर्सौ–हामी उमेर ढल्किदै जान्छ–समाजमा चाहेर योगदान दिन सकिदैन अध्यक्ष पन्तको भनाई छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad