May 18 - 2024, Saturday५ जेष्ठ २०८१, शनिबार

विदेशमा रहेका नेपालीको सहयोगमा भुकम्प प्रभावितलाइ न्यानो कपडा वितरण

हेमन्त कुमार खत्री । जाजरकोट
कार्तिक १७ गते मध्यरातमा गएको भुकम्पवाट प्रभावित जाजरकोटका एक हजार जनतालाइ जाजरकोट सम्प्दा संरक्षण प्रतिष्ठानले न्यानो कपडा वितरण गरेको छ । विदेशमा रहेका नेपालीहरुको सहयोग र प्रतिष्ठानको विशेष समन्वयमा जाजरकोट जिल्लाका भेरी नगरपालिका, कुशे गाउँपालिका र नलगाड नगरपालिकाका ५ सय महिला र ५ सय पुरुष गरि एक हजार नागरिकहरुलाइ प्रभावित जनताको घरमै पुगेर विभिन्न न्यानो कपडा वितरण गरेको हो ।
जाजरकोट खलंगाको पिपलडाडा घर भइ हाल जर्मनमा वस्ने राजदीप शाह र विना खाणको विशेष पहलमा त्यहा स्थित हिमालयन परिवार इ.भी मुन्चेनमा आवद्ध नेपालीहरु, जाजरकोट खलंगाको सालघारी घर भइ अमेरीकामा वस्ने आकृतिराज्य लक्ष्मी शाह र उनका वुवा सुरेशजंग शाहको पहलमा त्यहाँ रहेका नेपालीहरु र जाजरकोट खलंगाको सिमलगैरी वाग्लुंग होटेल घर भइ अष्टेलियमा वस्ने निर्वाचन श्रेष्ठ र निलम महतको पहलमा त्यहाँ रहेका नेपालीहरुले पठाएको आर्थिक सहयोगमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले भेरी नगरपालिकाको डिंगा, नलगाड नगरपालिकाको कल्पत, कैना, टटटा र कुशे गाउँपालिकाको धर्नासीमा महिलाहरुका लागि वाक्लो पछयौरा, पुरुषहरुका लागि स्वीटर र टोपी वितरण गरेको जाजरकोट सम्प्दा संरक्षण प्रतिष्ठानका अध्यक्ष जन केसीले जानकारी दिए ।
उनले पतिष्ठानले सस्थागत निर्णय गरेर चार ठाउँमा पदाधिकिारी तथा सदस्यहरुको अगुवाइमा उक्त सामाग्रीहरु वितरण गरेको वताए । अध्यक्ष केसीका अनुसार भेरी नगरपालिकाको डिंगामा अध्यक्ष केसी र कोषाध्यक्ष शोभा सिंह तथा साधारण सदस्य टवीन कार्कीले २ सय १६ जनालाइ , कुशेको धर्नासी र समाइलामा उपाध्यक्ष अमरवहादुर रोकाय र सचिव प्रचन्डजंग शाहले दुइ सय जनालाइ, उपाध्यक्ष रीता पुनले नलगाड नगरपालिकाको कैना टटटामा तीन सय जनालाइ र सदस्यहरु अच्युत प्रसाद शर्मा, अमरवहादुर शाह र सहदेवजंग शाहले नलगाडको कल्पतमा तीज सय जनालाइ उक्त सामाग्रीहरु वितरण गरेका छन् ।

जाजरकोटका भुकम्प पिडितहरुलाइ सहयोग गर्न भन्दै विदेशमा रहेका मनकारी जाजरकोटीको पहलमा प्रतिष्ठानलाइ जर्मनमा रहेका नेपालीहरुवाट ८ लाख ५२ हजार, अमेरीकामा रहेका नेपालीहरुवाट ४ लाख ४६ हजार ७ सय ७८र अष्ट्रेलियमा रहेका नेपालीहरुवाट २ लाख ३६ हजार १ सय १७ गरि जम्मा १५ लाख ३४ हजार ८ सय ९५ रकम जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठालाइ प्राप्त भएको र सोवाट ५सय पछयौरा, ५ सय स्वीटर र ५ सय उनको टोपी र १ सय ५ वटा टेन्ट खरिद गरिएको अध्यक्ष केसीले वताए ।
आफनो जन्मभुमिको मायाले विदेशी भुमिवाट जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान मार्फत सहयोग गरिएको जर्मनमा रहेकी जाजरकोटी विना खाणले वताइन् । उनले आफुहरुको सँस्था हिमालयन परिवार इ.भी मुन्चेनमा आवद्ध नेपालीहरुले ठुलो दिल गरेर भुकम्प प्रभावित जाजरकोटीको लागि सहयोग गरेको वताइन् ।

यस्तै अमेरीकामा रहेकी अर्की जाजरकोटी आकृति राज्य लक्ष्मी शाहले पनि जन्मभुमि जाजरकोटको पिडामा साथ दिन आफुले अमेरीकामा रहेका नेपालीहरुवाट सहयोग जुटाएको वताइन् । उनले दुखमा साथ दिने नेपाली चलनलाइ आपुहरुले प्रदर्शन गरेको वताइन् । यस्तै अष्टेलियामा रहेका जाजरकोटी निर्वाचन श्रेष्ठले पनि आफु विदेशमा हुदा पनि जन्मभुमिको मायाले यो सहयोग जुटाएको वताए । उनले आफुले गरेको आग्रहलाइ अष्टेलियमा रहेका नेपालीले स्वीकार गरेर जाजरकोटीको दुखमा साथ दिउको वताए ।

मंगलवार न्यानो कपडा वितरन गर्ने काम सकिएको र टेन्ट जिल्ला प्रशासन कार्यालयको समन्वयमा वितरण गर्ने तयारी रहेको प्रतिष्ठानले जनाएको छ । भुकम्पवाट प्रभावितहरुका लागि विदेशमा रहेका नेपालीहरुवाट प्राप्त सहयोगलाइ प्रभावित जनतालाइ न्यायपुर्ण ढंगले व्यवस्थित रुपमा वितरण गरिएको प्रतिष्ठानका उपाध्यक्ष अमरवहादुर रोकायले वताए । उनले आफुहरुले वितरण गरेका सामाग्रीहरु पाएर स्थानीय प्रभावितहरु खुसी हुदै विदेशमा वस्ने नेपालीहरुको जयजयकार गरेको वताए । यस्तै भुकम्पवाट अति प्रभावित नलगाड १ का स्थानीयले पनि न्यानो कपडा सहयोग गर्ने विदेशमा रहेका नेपालीहरु प्रति निकै आभार व्यक्त गरेको प्रतिष्ठानका सदस्य अमरवहादुर शाहले वताए । जिल्लाका सम्पदाहरुको संरक्षणको अभियानमा क्रियाशील प्रतिष्ठानले भुकम्पले प्रभावित जनताको लागि सहयोग गर्न गरेको पहल सराहनीय रहेको भेरी नगरपािलका २ डिंगा स्थित कालिका आधारभुत विद्यालयकी प्रधानाध्यापक यसोधा थापाले वताइन । जिल्लाका मौलिक सम्पदाहरु संगै दुखमा परेका जनताका लागि सहयोग जुटाउने प्रतिष्ठानको कार्यले सर्वसाधारण जनता खुसी भएको उनले वताइन् । यस्तै कुशे ७ धर्नासीकी दिलमाया रानाले पनि विदेशमा रहेका नेपालीले जाजरकोटका भुकम्प प्रभावितका लागि दुखमा ठुलो सहयोग गरेको वताइन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad