April 28 - 2024, Sunday१६ बैशाख २०८१, आईतवार

पाँचताराले गर्यो नलगाडमा ३५० बालबालिकालाई शैक्षिक सामग्री वितरण

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको नलगाड नगरपालिकामा पाँच तारा युवा संरक्षक मञ्चले दुई सय ५४ जना स्कुले बालबालिकालाई झोला सहित शैक्षिक सामग्री वितरण गरेको छ । वल्र्ड भिजन ईन्टरनेशलन सँगको साझेदारीमा पाँच तारा युवा संरक्षक मञ्च जाजरकोट द्धारा संचालित एसिसमेन्ट एण्ड डिजाईन परियोजना मार्फत शैक्षिक समाग्री सहयोग गरिएको हो ।

स्पोन्सरसिप कार्यक्रममा दर्ता भएका र जोखिममा परेका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्तले बताए । नलगाड १ का १८३, नलगाड २ का ७७ जना, पिपलचौर–रघुनाथ–गुहारा–कालीमाटीका ४१ जना र बाऊसेखोला, पोखरा र भण्डारीगाउका ४९ जना बिधार्थीहरु लाई शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको हो । प्रति विद्यार्थी एक झोला, एक दर्जन कपी, एक दर्जन कमल, एक दर्जन पेन्सिल, १० थान कटर, १० थान ईरेजर लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेको अध्यक्ष पन्तले बताए । उनले शैक्षिक सामग्री सहयोगले विपन्न बालबालिकालाई पठनपाठनमा सहयोग पुरयाउने बताए । हाम्रो सानो सहयोगले बिद्यार्थीहरुको पढाई नियमिततामा सहयोगी बन्ने बिस्वास लिएका छौ अध्यक्ष पन्तले भने । शैक्षिक सामग्री वितरण कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख बलवीर विक र स्थानिय जनप्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad