May 12 - 2024, Sunday२९ बैशाख २०८१, शनिबार

आँखा पाक्ने रोगको प्रकोप बढेपछि विद्यालय बन्द

हेमन्तकुमार खत्री । जाजरकोट

आँखा पाक्ने (कन्जक्टिभाइटिस एनिडो भाइरस) रोगको प्रकोप बढेपछि जाजरकोटका विद्यालय बन्द भएका छन् । आँखा पाक्ने रोगका कारण विद्यार्थी अनुपस्थित हुन थालेपछि बुधवार देखि शुक्रवार सम्मका लागि विद्यालय बन्द गरिएको त्रिभुवन माध्यमिक विद्यालय खलंगाका प्रधानाध्यापक भक्तबहादुर मल्लले बताए ।

उनले संक्रमण तीव्र गतिमा फैलिएको र संक्रमित बालबालिकाबाट अन्य विद्यार्थीमा पनि सर्ने खतरा देखिएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको बताए । नगरपालिकासँग समन्वय गरेर विद्यालय बन्द गरिएको उनले बताए ।

आँखा चिलाउने, रातो हुने, सुन्निने र अन्तमा पाक्ने समस्या देखिने गरेको छ । भेरी नगरपालिका भित्रका विद्यालयमा अध्ययनरत १०–१५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको छ । समुदायमा समेत आँखा पाक्ने रोगको प्रकोप फैलिन थालेको नेपाल रेडक्रस सोसाईटी आँखा उपचार केन्द्र जाजरकोटका इन्चार्ज प्रदीप जंग शाहले बताए । दैनिक ५०÷६० जना आँखा पाक्ने (कन्जक्टिभाइटिस एनिडो भाइरस) रोगका विरामी उपचारका लागि आउने गरेको उनले बताए । भिडभाडमा नजान, घरमै बस्न र आँखामा संक्रमण देखिए मनतातो पानीले सफा गर्न उनले आग्रह गरेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad