April 27 - 2024, Saturday१५ बैशाख २०८१, शनिबार

छेडागाड वडा नम्बर १ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

प्रवाह संवाददाता । जाजरकोट
जाजरकोटको छेडागाड नगरपालिकाको वडा नं. १ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ । छेडागाड नगरपालिकाले जारी गरेका अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन–२०७५ तथा अनिवार्य तथा आधारभुत शिक्षा कार्यान्वयन निर्देशिका–२०७७ बमोजिम वडा नं. १ लाई मंगलवार एक विशेष कार्यक्रमको आयोजना गरेर अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको हो ।

आधारभुत तह (४ बर्षदेखि १२ बर्ष सम्मका) शतप्रतिशत एक हजार तीन जना बालबालिकाहरु बिद्यालयमा भर्नामा निरन्तरता भएकोले पनि १ नं वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्न सजिलो भएको थियो । घोषणा कार्यक्रममा वडा भित्रका सामुदायिक तथा संस्थागत बिद्यालय, सहयोगी संस्था र कर्मचारीहरुलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा बालबालिकाहरुले नृत्य तथा गित प्रस्तुत गरेका थिए । संस्कृतिक झाँकी समेत प्रर्दशन गरेर खुसीयाली मनाईएको थियो ।
“हामी सबैको एउटै ईच्छा, बालबालिकाहरुका लागी अनिवार्य तथा निःशुल्क शिक्षा ।” भन्ने नारा सहित संचालन गरिएका बिभिन्न कार्यक्रमहरुले छेडागाडको वडा नं १ मा शतप्रतिशत बालबालिकाहरु बिद्यालय भर्नामा निरन्तर हुनुको साथै अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणामा पुर्याउन मद्दत गरेका थिए । वडा नं १ का वडा अध्यक्ष रामबहादुर बुढाले सो वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गर्ने प्रतिबद्धता गरेका थिए ।

वडा नं १ को आयोजनामा आयोजित घोषणा कार्यक्रमलाई पाँचतारा युवा संरक्षक मन्च जाजरकोट र सेभ द चिल्ड्रेनले आर्थिक तथा प्राबिधिक सहयोग गरेका थिए । कार्यक्रममा समाजसेवी, बुद्धिजिबी, राजनैतिक दलका प्रतिनिधी, नागरिक समाज, पाँचतारा युवा संरक्षक मन्च जाजरकोटका कर्मचारी, अभिभावक, बालबालिका, लगायतको उपस्थिती रहेको थियो ।

राष्ट्रिय शैक्षिक उद्देश्य, नीति तथा कानुनको कार्यान्वयनका लागी सबैले हातेमाले गर्नुपर्ने छेडागाड नगरपालिकाका उपप्रमख चन्द्र बहादुर थापाले भनाई राखेका थिए । भौतिक बिकास मात्र बिकास नभएको बताउदै उपप्रमख थापाले बालबालिकाहरुमा गरिएको लगानी नै बास्तविक बिकास भएको बताएका थिए । भबिष्यका कर्णधार, समाज निर्माता, बालबालिकाहरु भएको बताउदै उपप्रमुख थापाले बालबालिकालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका थिए । आगामी आर्थिक बर्षको बजेटमा नगरपालिकाले शिक्षालाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने उपप्रमुख थापाले बताएका थिए । आगामी दिनमा नयाँ शैक्षिक योजना निर्माण गर्ने बताउदै उपप्रमुख थापाले शिक्षाका क्षेत्रमा पाँचतारा युवा संरक्षक मन्च जाजरकोट र सेभ द चिल्ड्रेनले गरेको योगदानको प्रशंसा गरेका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad