March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

भेरी नगरस्तरिय बाल भेला सम्पन्न

प्रवाह संवाददाता । जाजरकोट

भेरी नगरपालिका स्तरिय बाल भेला भेरी नगरपालिका जाजरकोटको सभाहल भेरी नगरपालिका ३ थाप्ले जाजरकोटमा सम्पन्न भएको छ । विभिन्न साझेदार निकायहरुको साझेदारी तथा भेरी नगरपालिका को सहकार्यमा यो भेला सम्पन्न भएको छ । बाल भेलाको लागि युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोटको कारितास अष्ट्रेलिया, अष्ट्रेलियन एड, को सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल – यार्सन ) जाजरकोटको साझेदारीमा सन्चालित नेपाल जीवीकोपार्जन तथा उत्थानशीलता कार्यक्रम NLRP – अन्तरगत – बालबालिका तथा युवा सशक्तिकरण, CYEP, पाँच तारा युवा संरक्षक मञ्च, पहाडी क्षेत्र विकास अभियान, Save The Children/ World Vision International को संयुक्त सहकार्यमा भएको हो । भेलामा १३ वटं वडाको प्रतिनिधित्व गर्दै ६० जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।

भेरी नगरस्तरिय बाल संजालका अध्यक्ष प्रवीण प्रकाश रानाको अध्यक्षतामा , प्रमुख अतिथिमा भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीले रहनु भएको थियो । नगरवाल संजालका सचिव मनिषाा वली ले सन्चालन गर्नु भएको भेलाको उपाध्यक्ष समारीका गौतमले स्वाग्त मन्तव्य राख्नु भएको थियो ।
त्यसै गरि भेलामा नगरउपप्रमुख सीता जैसी ,सामाजिक विकास समितिका संयोजक एवं वडा नं ८ का वडाअध्यक्ष बीर वहादुर चन्द, वडा नं ९ का वडाअध्यक्ष हिरा प्रशाद शर्मा ले सुभकामना मन्तव्य दिनुका साथै वाल वालिकाहरुको लागि आगामि योजना तर्जुमा प्रक्रियामा वजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

भेलाको उद्येस्य र औचित्यता वारे यार्सनका जिल्ला कार्यक्रम प्रवन्धक सहदेव बस्नेतले बाल भेलाले योजना तर्जुमा प्रक्रीयामा वाल वालीका सवालहरुलाई बस्ती स्तरदेखिनै सहभागिताको लागि क्रियाशील बनाउने अपेक्षा राख्नु भएको थियो । पहाडी क्षेत्र विकास अभियानका विनोद पोखरेलले बालअधिकारका ४ वटा पीलरको वारेमा सहजीकरन गर्नु भएको थियो । सेभ द चिल्डेनका अनन्त नेपालीले आफ्नो मन्तव्य राख्दै बालवालिकाहरुको अधिकार र संरक्षण प्रवद्र्धनका लागि सवैको प्रतिवद्धता हुनु पर्ने भनाई राख्नु भयो ।
भेलामा सवै सहभागिहरुलाई दुई समुहमा विभाजन गरि समुह कार्य गरिएको थियो । जसमा १.मन पर्ने कुराहरु – मन नपर्ने कुराहरु , २. सुरक्षीत अवस्था – असुरक्षीत अवस्था लाग्ने विषयमा समुहीक कार्य गरिएको थियो ।

समुह कार्य वाट निम्न कुराहरु आएका छन ।
मन पर्ने कुराहरु ः

  •  विद्यालयमा नियमित रुपमा वाल क्लव को वैठक वस्ने र स्रोत शिक्षकले सहजीकरन गर्ने ।
  •  विद्यालयमा पुस्तकालय रहेको ।
  • बालमैत्री धारा ।
  •  विद्यालयमा छात्रछात्राका लागि खेलखेल्ने अवसर ।
  • हरेक कार्यक्रममा वालवालिकालाई सहभागि गराउने ।
  •  असहाय तथा अपाँगता भएका वालवालिकाको लागि उचित व्यवस्था भएको ।
  •  बालबालिकाहरु लाई उचित पोषण सहितको खाजाको व्यवस्था भएको ।
  •  शिक्षक र विद्यार्थिहरु विचको नियमित छलफल ।

मन नपर्ने कुराहरु

  •  बाल विवाह भएको ।
  •  स्वास्थ्य संस्थामा समयमा सेवा नपाइनु
  • छुवाछुत गरेको ।
  •  शौचालयमा पानीको व्यवस्था नभएको ।
  •  स्वास्थय संस्थामा गएको वेला समयमा सेवा नपाएर लाइनमा वस्नु पर्ने अवस्था ।
  •  सरकारी सामानको हिनामीना ।
  • सुरक्षीत महसुस
  •  जुन सुकै काममा जाँदा अभिभावक वा संरक्षक साथै रहेको ।
  •  वाटोमा हिड्दा कसैले पनि नराम्रो नजरले नहेर्ने ।
  •  घर वा विद्यालयमा सुरक्षीत कोठा नभएको ।
  •  घर वा विद्यालय भुकम्प रहित भएको ।
  •  किशोरीहरुको लागि सेनीटरी प्याड फाल्ने ठाउँको व्यवस्था भएको ।
  •  नुहाउनको लागि सुरक्षीत वाथरुम वा स्थान भएको ।
  •  विद्यालयमा वसाईको व्यवस्था राम्रो भएको ।
  •  विद्यालय र घरको दुरी नजिकै रहेको ।
  • विद्यार्थिहरु लाई विद्यालय जानाँ वार पार गर्न सुरक्षीत पुलको व्यवस्था भएको ।
  • असुरक्षीत महसुस
  • अभिभावक विहिन बालबालिका । अन्य वाह्य व्यक्तिको दुव्र्यवहार वाट बालिका सुरक्षीत नहुने अवस्थामा ।
  •  विद्यालयमा सेनीटरीप्याडको उचित व्यवस्थापन नभएको ।
  •  बाढी पहिरोको कारण पठनपाठनमा अवरोध ।
  •  घरायसी झैझगडा
  • अपाँगता भएका व्यक्तिलाई सामाजिक हेपाई ।
  •  फोहोर पानी पीउनाले हुन सक्ने महामारी ।

भेलाले नगर वालयोजनामा आगामि आर्थिक वर्षमा समेट्नका लागि निम्न प्रकारका मागहरु नगरपालिकामा पेश गर्ने निर्णय समेत गरेका छन । जसमा
ड्ड बाल क्लवको षमता अभिवृद्धि सम्वन्धि तालिम ।
ड्ड अपाङ्ग बालबालिकाहरु लाई विशेस शिक्षको व्यवस्था ।
ड्ड बालश्रम बालविवाह न्यूनिकरण सम्वन्धि जनचेतनामुलक कार्यक्रम ।
ड्ड अतीरीक्त क्रियाकलापका लागि सहयोग ( चेतनामुलक सडक नाटक, बक्तृत्वकला,
ड्ड बाल हिंसा न्यसनकरनका लागि अभिभावक शिक्षा
ड्ड विद्यालयमा वालमैत्रि पुर्वाधारको व्यवस्था हुनु पर्ने ।
ड्ड लागुपदार्थ तथा दुव्र्यशनिमा परेका तथा फसेका बालबालिकाहरुको लागि मनोपरामर्शको व्यवस्था ।
ड्ड छात्राहरुको लागि सेनिटरी प्याड , सुरषीत शौचालय तथा रेस्ट रुमको व्यवस्था हुनु पर्ने ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad