April 27 - 2024, Saturday१५ बैशाख २०८१, शनिबार

जुनीचाँदेमा उत्कृष्ट कर्मचारी पुरस्कृत

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको जुनीचाँदे गाँउपालिकाले १३ जना राष्ट्रसेवक कर्मचारीलाई पुरस्कृत गरेको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न निकायमा कार्यरत कर्मचारीलाई गाँउ सभाको बैठकमा सम्मानित गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रेमप्रकास केसीले बताए ।

आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम र बजेट सार्वजनिक समारोहमा कर्मचारीहरु मनोज शर्मा, सुमित खड्का, रमेश शाही, चिनबहादुर तारामी मगर, रेशम शाही, सुदीप अधिकारी, शोभाकुमारी कार्की, पदम धिताल, रविना रोका मगर, महेन्द्र बस्नेत, खेमराज बस्नेत, फुलमाया गुरुङ र तुलविर बस्नेत पुरस्कृत भएका हुन् । नगद सहित उनीहरुलाई खादा र प्रमाण पत्रले सम्मान गरिएको हो । आफुहरुको कामको मुल्याकन गरेर पुरस्कृत तथा समान गरेकोमा गाँउपालिकालाई हार्दिक धन्यवाद दिन चाहन्छौ पुरस्कृत कर्मचारी मनोज शर्माले भने ‘यो सम्मानले काम गर्न अझै जिम्मेवारीवोध र उर्जा मिलेको छ ।’

गाँउसभाले आगामी आर्थिक बर्षको बजेट ५३ करोड ३२ लाख ४२ हजार पारित गरेको छ । निति तथा कार्यक्रम गाँउपालिका अध्यक्ष वेदबहादुर शाही र बजेट उपाध्यक्ष विरेन्द्र शाहीले प्रस्तु गरेका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad