April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

प्रहरी द्धारा नगरप्रमुख घर्ती सम्मानित

प्रवाह संवाददाता ।जाजरकोट

जिल्ला प्रहरी कार्यालय जाजरकोटले भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई कदर पत्र सहित सम्मान गरेको छ । नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जातीय छुवाछुत तथा भेदभाव लगायत जनचेतना मुलक कार्यक्रम मार्फत यस जिल्लाको अपराध नियन्त्रण तथा शान्ती सु–व्यवस्था कायम राख्ने कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै कदर पत्र सहित सम्मान गरेको हो । प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले घर्तीलाई कदर पत्र द्धारा सम्मान गरेका हुन् ।

जाजरकोट जिल्लामा शान्ती सु– व्यवस्था कायम राख्न महत्वपुर्ण भुमिका निर्वाह गरेकोले कदर पत्र सहित सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधुकुमार थापाले जानकारी दिए ।
प्रहरी–समुदाय साझेदारी कार्यक्रम अन्र्तगत भएको ब्याटमिन्टन प्रतियोगिताको प्रथम स्थान जनक भडेल र प्रहरी निरीक्षक खुमानन्द पाण्डेको टीमले हासिल गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटको आयोजनामा भएको प्रहरी र समुदाय कार्यक्रम अन्र्तगत भएको खेलमा भडेल र पाण्डेको टीमले प्रथम स्थान हासिल गरेको हो । द्धितिय स्थान महेन्द्र कुमार भडेल र प्रहरी जवान डिलबहादुर चन्दको टीमले प्राप्त गरेको छ । तृतिय स्थान प्रहरी नायव उपरिक्षेक मधुकुमार थापा र प्रहरी जवान नन्दलाल विकको टीमले जितेको छ । त्यस्तै तृतिय स्थान प्रहरी जवान लोकबहादुर विक र प्रहरी जवान डण्डविर बुढाथोकीको टीमले प्राप्त गरेको छ ।

विजेता टीमलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । विजेता टिमलाई नगरप्रमुख चन्द्र प्रकाश घर्ती, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, प्रहरी नायव उपरीक्षक मधुकुमार थापा, सहायक प्रजिअ झलक केसी, शसस्त्र प्रहरी बलका प्रमुख डिएस्पी नरेश भण्डारी लगायतले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । मेलमिलाप सहअस्तित्व र पारस्पारिक भुमिका बाट मात्रै राष्ट्रसेवक कर्मचारी र नागरिकले सामाजिक हितका लागि कार्य गर्न सक्ने भएकोले यस किसिमको रचनात्मक र स्वस्थ मनोरञ्जनको लागि समुदाय र प्रहरी वीच मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मधु कुमार थापाले बताए । खेलमा २१ वटा टिमको सहभागीता रहेको थियो । समापन कार्यक्रममा प्रहरी नागरिक साझेदारी कार्यक्रम अन्र्तगत प्रहरीहरुले नृत्य लगायतका प्रतिभा समेत प्रस्तुत गरेका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad