April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

राउन्ड टेवल नेपालले बनायो दुर्गममा विद्यालय भवन

राजेन्द्र कार्की । जाजरकोट

राउन्ड टेवल नेपालले जाजरकोटको दुर्गम गाउँमा करीव डेढ करोड रुपैया खर्चेर विद्यालय भवन निर्माण गरिदिएको छ । जिल्लाको नलगाड नगरपालिका २ डाँडागाँउ रिजामा रहेको जनक आधारभूत विद्यालयको भवन निर्माण भएको हो । राउड टेवल नेपालले निर्माण गरेको उक्त भवन राउन्ड टेवल संस्थाका अन्तराष्ट्रिय अध्यक्ष डिके सिहले हालै उद्घाटन गरेका छन् ।

नलगाडका युवा समाजसेवी लवकुश ओलीको पहलमा विद्यालय भवन निर्माण भएको हो । उक्त भवन निर्माण गर्न डाडाँगाउँबासीले सक्दो साथ सहयोग गरेका थिए । झण्डै डेढ करोड रुपैयाको लागतमा निर्माण भएको उ्रक्त विद्यालय भवन जाजरकोटकै नमुना सामुदायिक विद्यालय भवनको रुपमा रहेको छ ।

नवनिर्मित विद्यालय भवन उदघाटन गर्न दाताहरु डिके सिहसहित पाँच जनाको टोली हेलिकोप्टर गरेर काठमाडौबाट सिधै नवनिर्मित विद्यालय भवन बनेको डाडाँगाउँ पुगेको थियो ।

उक्त टोलीलाई गाउँलेले भव्य रुपमा सम्मान गरेको युवा समाजसेवी लवकुश ओलीले बताए । विद्यालयले दाताहरुलाई सम्मान पत्र, खादा र मालाले सम्मान गरेको थियो । स्थानिय बासिले भवन बनाउन सहयोग गरेकोमा राउन्ड नेपाललाई धन्यवाद दिएका छन् । भवन बने सँगै पानी चुहिने र जिर्ण भवनमा पढ्नु पर्ने बाध्यता हट्ने भएको छ । आगामी दिनमा पनि अरु ठाउँका विद्यालय भवनलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता डिके सिंहले गरेका छन् । प्रतिकुल मौसम, समयको चाप आदि कारणले हेलिकोप्टर चार्टर गर्नु परेको अध्यक्ष सिंहले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad