April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

विद्यार्थीलाई र्दुब्यसनी सम्बन्धी सचेतना

राजेन्द्र कार्की । जाजरकोट

स्कुले विद्यार्थी लागु औषध र्दुब्यसनीमा फस्दै गएपछि जाजरकोट सदरमुकाममा अध्ययनरत विद्यार्थीलाई जनचेतनामुलक लागि सचेतना कार्यक्रम संचालन गर्न थालिएको छ ।

 

भेरी नगरपालिकाको आर्थिक सहयोगमा डाँफे युवा क्लव जाजरकोटको आयोजना र च्याम्बर अफ कमर्स जाजरकोट तथा परिवर्तनका लागि युवा अभियानको संयोजनमा सदरमुकाम स्थित त्रिभुवन माध्यामिक विद्यालय, भेरी ज्ञानोदय क्याम्पस र फार्मेसी संकायमा अध्ययरत विद्यार्थीहरुलाई लागु औषध दुब्र्यसनी विरुद्धको प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो ।

कल्पबृक्ष हेल्थ फाउन्डेसनका चार जना मनोपरामर्शकर्ता तथा विज्ञ द्धारा विद्यार्थी सँग अन्र्तक्रिया तथा छलफल कार्यक्रम गरिएको च्याम्बर अफ कमर्स जाजरकोटका अध्यक्ष विश्वविक्रम शाहले बताए । कार्यक्रममा साढे तिन सय विद्यार्थीको सहभागिता रहेको थियो । यसैवीच, मनोपरामर्शकर्ताले त्रिभुवनन माविका शिक्षकहरु सँग पनि विभिन्न विषयमा अन्र्तक्रिया गरेका छन् । छलफलमा तनाव ब्यवस्थापनका साथै विद्यालयको शैक्षिक वातावरण सुधारका लागि अन्र्तक्रिया गरिएको थियो ।

 

फाउन्डेसनका तर्फबाट डा. विजय थापा, डा. बसन्त पौडेल, सुभाङ प्याकुरेल र प्रविण तिवारीले विद्यार्थीलाई मनोपरामर्श दिएका थिए । उनीहरुले शिक्षकहरु सँग समेत अन्र्तक्रिया गदै आवश्यक ठानेमा समस्याको पहिचान गरेर थप कार्यक्रम संचालन गर्ने बताएका थिए । त्रिभुवन माविका शिक्षकले तवाव ब्यवस्थापन लगायतका विषयमा मनोपरामर्श आवश्यक रहेको आवश्यकता औल्याएका थिए । भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले सचेतना कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad