April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

थप एक जना चिकित्सकमा कोरोना संक्रमण

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा आइतवार थप एक जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । तीन सय ४० जनाको स्वाब परिक्षण गर्दा जिल्ला अस्पताल जाजरकोटमा कार्यरत एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । अन्य सवैको रिपोर्ट नेगेटिभ आएको प्रदेश अस्पताल पशुपंक्षी प्रयोगशाला सुर्खेतले जनाएको छ ।

यस अघि सोही अस्पतालका तीन र एक पाहुना आएका सहित चार चिकित्सकमा कोरोना संक्रमण भएको थियो । चिकित्सक सवैको जिल्ला अस्पतालको आईसोलेशनमा उपचार भैरहेको छ । यस अघि भेरी नगरपालिकाले स्वाव संकलन गरि पठाएका सदरमुकामका एक सय १४ जनाको रिपोर्ट नेगेटि भएको थियो । त्यस्तै नगरपालिकाले भुर, पुन्मा र जगतिपुरबाट स्वाब संकलन गरि पठाएको एक सय १४ जनाको रिपोर्ट सवैको नेगेटिभ आएको थियो । चौरजहारी प्रयोगशालामा पठाएका २० मध्य १९ जनामा कोरोना संक्रमण देखिएको थियो । एक साता यता विभिन्न मितिमा गरिएका परिक्षणमा जम्मा ३० जनामा संक्रमण देखिएको छ । उनीहरु सवैको आईसोलेशनमा उपचार भैरहेको छ ।

संक्रमणको दर न्युन भएको भएपनि कसरी कहाँबाट सर्यो भन्ने एकिन नहुँदा थप जटिलता हुन सक्ने निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक डा. सुनिल पुनले बताए । बाहिर कतै नगएका चिकित्सकमा संक्रमण भएकाले समुदायमा कोरोना फैलिसक्यो कि भन्ने चिन्ता हो उनले भने ‘अस्पतालमा धेरै ठाँउका मानिस उपचार गर्न आउने भएकोले कहाँबाट संक्रमण सरेको हो एकिन हुन नसक्दा थप अन्यौल देखिएको छ ।’

 

चिकित्सकमा संक्रमण देखिएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । सोमवार सम्म सदरमुकाममा निशेधाज्ञा जारी गरिएको छ । संक्रमण दर खासै नभएपछि निशेधाज्ञा खुल्ने संभावना बढेर गएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad