April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

मेयरकै वडाबाट नेकपा र राप्रपा परित्याग गरि ८५ जना काँग्रेसमा प्रवेश

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको भेरी नगरपालिका मेयर चन्द्रप्रकास घर्तीको वडाबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि ८५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस भेरी नगरपालिका वडा नम्बर ६ स्थित वडा समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा नेकपा र राप्रपा परित्याग गरि ठुलो संख्यामा काँग्रेसमा प्रवेश गरेका हुन् । भेरी नगरपालिकाको जन्मस्थान रहेको उक्त वडाबाट उनकै पार्टीका दर्जनौ कार्यकर्ताले नेकपा छोडेपछि उनलाई राजनैतिक रुपमा ठुलो धक्का लागेको छ ।


नेकपा छोडेर काँग्रेसमा प्रवेश गर्नेहरुमा स्थानिय बलबहादुर वली , रणवीर पुन, नन्दे पुन, जसवीर घर्ती, कृष्णबहादुर, मानवहादुर नेपाली, महावीर घर्ती, पुर्णबहादुर पुन, दीपक गन्धर्व, पृथी सिंह, धनबहादुर वली,प्रेमबहादुर लोहार , धर्मबहादुर बुढा लगायतका रहेका छन् । त्यस्तै राप्रपा छोडेर टेकबहादुर पुन, चित्रबहादुर थापा लगायतका अगुवा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस जाजरकोटले जनाएको छ ।
वडा समितिका सभापति हस्तबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष शशि बुढाले स्वागत मन्तब्य राखेका थिए । नवप्रवेशीहरुलाई प्रमुख अतिथि एवं नेपाली काँग्रेसका नेता बेदराज सिह, महासमिति सदस्य मुुक्ति प्रसाद आचार्य, पार्टीका कोषाध्यक्ष तेजविक्रम शाह, कुशे गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेत, महासमिति सदस्य कमल चन्द लगायतका नेताहरुले स्वागत तथा अविराबरण गरेका थिए । उनीहरुलाई केही समय भित्रै पार्टीको क्रियाशिल सदस्याता प्रदान गरिने भएको छ ।


संघिय प्रतिनिधी सभाको एक र प्रदेश सभाका दुई सिट नेकपाका नेताहरुले जितेका छन् । प्रदेश र संघिय संसदमा जाजरकोटबाट नेकपाका निर्वाचित सहित ८ जनाले प्रतिनिधित्व गर्छन । जाजरकोटबाट निर्वाचित शक्ति बस्नेत बर्तमान सरकारका बन तथा वातावरण मन्त्री छन् । सरकार पनि नेकपाकै दुई तिहाई नजिक छ ।

स्थानिय तहमा पनि सात मध्य पाँच नेकपाकै छ तर नागरिकहरु सरकारको कामबाट सन्तुष्ट हुन सकिरहेका छैनन् । अगुवा कार्यकर्ताको असन्तुष्टि बढ्दै गएपछि पार्टी समेत त्याग्न थालेका छन् । नेकपा छोडेर काँग्रेसमा प्रवेश गरेका भेरी नगरपालिका वडा नम्बर ६ का जसवीर घर्तीले कम्युनिष्टहरुको बोली र ब्यवहार फरक रहेको बताए । जनताको लागि सवै गछौ भन्ने तर नेकपाका नेताहरुले आफ्नै दुनो सोझ्याउने गरेको उनको आरोप छ ।

यस अघि पनि नलगाड नगरपालिकामा दुई दर्जन कार्यकर्ताले नेकपा परित्याग गरेर काँग्रेसमा प्रवेश गरेका थिए । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा जिल्ला स्तरका नेताहरुले सक्रियता देखाउन थालेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad