April 27 - 2024, Saturday१४ बैशाख २०८१, शुक्रबार

हिड्दा हिड्दै पहिरो खसेर गंभिर घाईते युवतीको गाँउपालिकाद्धारा हेलिकोप्टर चार्टर गरेर उद्धार

राजेन्द्र कार्की । जाजरकोट

बाटोमा हिड्दा हिड्दै एक्कासी पहिरो खसेपछि जाजरकोटमा एक युवति गंभिर घाईते भएकी छन् । बारेकोट गाँउपालिका ९ निवासी खिमबहादुर विसीकी २२ बर्षिय छोरी टीका विसी गंभिर घाईते भएकी हुन् ।

घरबाट सदरमुकाम खलंगा आउँदै गर्दा नलगाड ५ स्थित गेरेनी भिर नजिक सुख्खा पहिरो खस्दा उनको टाउकोमा गंभिर चोट लागेको छ । घाईते टीकाको अवस्था गंभिर भएपछि उनलाई उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत पठाईएको छ । बारेकोट गाँउपालिकाले खर्च ब्यहोर्ने गरि माउन्टेन एयरको हेलिकोप्टरबाट उनको उद्धार गरिएको हो । घाइते युवतीको अवस्था निकै जोखिममा रहेकोले गाँउपालिकाले दुई लाख ७५ हजार रुपैयामा हेलिकोप्टर चार्टर गरेर उद्धार गरिएको बारेकोट गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।

युवति सँगै आएका आफन्तले उनको उद्धार गरेका थिए । घाइते टीकालाई इलाका प्रहरी कार्यालयका प्रहरीले प्राथमिक स्वास्थ्य केन्द्र दल्ली लगेर प्राथमिक उपचार गराएका थिए । घाइते युवतिको अझै होस खुल्न नसकेको र अवस्था निकै गंभिर रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad