April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

प्रकाशकिय ः जिम्मेवार र विश्वसनिय पत्रकारीता

रियान्स मिडिया प्रा.लि. द्धारा संचालित प्रवाह डटकम अनलाइन आजकै दिन एक बर्ष पुरा भै दोस्रो बर्षमा प्रवेश गरेको छ । हामीले एक बर्षको अवधिमा थुप्रै आरोह अवरोह पार गदै अघि बढी रहेका छौ । हामी बामे सर्ने क्रममा छौ । हाम्रो अनलाईनको मुख्य आधार क्षेत्र जाजरकोट जिल्ला नै रहेको कुरा अवगत नै छ ।

जाजरकोट जिल्लाको समग्र विकासमा टेवा पुरयाउन र जिल्लाको कला संस्कृती, रहनसहन, रितिरिवाज र पर्यटकीय क्षेत्रको सम्बद्र्धन र प्रबद्र्धनमा सदा सर्मपित रहेका छौ र यो क्रम निरन्तर जारी रहनेछ । समाजमा हुने विभिन्न किसिमका अनियमितता तथा भष्ट्राचार विरुद्ध हाम्रो कलम निरन्तर चलिरहनेछ । त्यसको लागि यहाँहरुको साथ र सहयोगको ठुलो खाँचो छ । जिम्मेवार, उत्तरदायी र विश्वसनीय पत्रकारिता हाम्रो मूल मन्त्र हुनेछ । पाठकबाट अपेक्षित हरघडीका सूचना प्रवाह गर्न हामी प्रतिबद्ध रहनेछौ, साथै आफ्नो विश्वसनीयता कायम राख्न पनि हामी उत्तिकै सचेत रहनेछौं ।

पत्रकारीताका माध्यामबाट सुशासन कायम गदै विधिको शासन , लोकतन्त्रिक ब्यवस्था र लोकतान्त्रिक पद्धतिको विकासमा टेवा पुरयाउनु हाम्रो मुख्य ध्येय हो । लोकतन्त्र र लोकतान्त्रिक पद्धतिको विकास हुन सके मात्र पत्रकार र पत्रकारिताको उन्नती प्रगति संभव छ । लोकतन्त्र र पत्रकारीता एक अर्काका पर्याय हुन् । तसर्थ हामीलाई लोकतन्त्रको संस्थागत विकासमा बाधा हुने कुनै पनि कुरा स्वीकार्य हुँदैन । लोकतन्त्रको विकल्प अन्य ब्यवस्था हुन सक्दैन । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । यस कुरामा हामी प्रष्ट छौ ।

 

लोकतन्त्रमा नागरिकले प्रश्न गर्छन्, पारदर्शिता खोज्छन् । नागरिकलाई सुसूचित गर्ने जिम्मेवारी वहनका क्रममा हामी सधैं प्रश्न गरिरहनेछौं । राज्य सञ्चालन भित्रका बेथिति, अनियमितता र अराजकता उजागर गर्न हामी सधै प्रयत्नशील रहनेछौ । संविधानको प्रस्तावनामै उल्लेख प्रेस स्वतन्त्रता र नागरिकको मौलिक हकका रूपमा लिपिबद्ध विचार तथा अभिव्यक्तिको स्वतन्त्रता हाम्रा प्राण हुन् । तर, हामी अधिकारको उपभोग गर्ने क्रममा कर्तव्य भुल्ने छैनौं ।

 

अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपयोग गर्दै हामी जवाफदेही शासन सञ्चालनको पैरवी गर्ने नै छौं । साथै, समाजमा हुने हरेक सकारात्मक प्रयत्न पनि उजागर गर्नेछौं । आदरणीय पाठक हामीलाई त्यसका लागि सधैं बाटो देखाइरहनुहुनेछ । हामी विश्वस्त छौं ।
अन्त्यमा अनलाईनको एक बर्षको मुल्यांकनको जिम्मा विद्यत पाठक बर्गमा नै सुम्पिना चाहन्छौ । आलोचनात्मक सुझावको अपेक्षा पनि गर्दछौ । यस अवधीमा हामीलाई माया गर्ने पाठक, विज्ञापनदाता, लेखक, सुचनादाता, शुभेच्छुक सवै प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौ । आगामी दिनमा थप सहयोगको अपेक्षा पनि गर्दछौ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad