April 27 - 2024, Saturday१४ बैशाख २०८१, शुक्रबार

सलहको ठुलो समुह जाजरकोट प्रवेश

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा सलहको ठुलो समुह प्रवेश गरेको छ । जिल्लाको नलगाड नगरपालिका वडा नम्बर ८ मा सलहले जंगल र बालीनाली पुरै ढाकेको छ । जिल्लाका सवै ठाँउमा फाटफुट रुपमा साता अघि नै सहल देखिएपनि खासै क्षति भएको थिएन ।

विहिवार नलगाडमा भित्रिएको सलहले भने मकै र धानबालीमा क्षति पुरयाएको स्थानिय सरिता सिंहले बताईन । जंगल पुरै ढाकेको छ । मकै बारी र धान खेतीमा पनि सहल प्रवेश गरेको छ । किसानहरु चिन्तित भएका छन् उनले भनिन ‘सलह भगाउन स्थानियहरु बाजा बजाउने, आगो बालेर धुवाँ निकाल्ने, थाल ठटाउने गर्न थालेका छन् । त्यति गर्दा पनि भागेको छैन ।’

कृषि विकास कार्यालय जाजरकोटका प्रमुख गणेश अधिकारीले जिल्लाभर केही दिन देखि फाटफुट रुपमा देखिएको सलह विहिवार देखि नलगाडमा ठुलो समुह प्रवेश गरेको बताए । उनले बालीनालीमा क्षति हुन नदिन थाल ठटाउन र बाजा बजाउन आग्रह गरिएको बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad